आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नारायणकाजीमाथि अर्को बज्रपात, प्रचण्डले लिए एक्सन

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठमाथि अर्को बज्रपात भएको छ। एक महिनाअघि प्रबत्ताबाट हटाइएका थापालाई विदेश विभाग जिम्मेवारीबाट समेत हटाएपछि बज्रपात आइपरेको हो। नेकपा माओवादी केन्द्रको विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन ।

यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु। माओवादी केन्द्रीय कार्यालयनिकट स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरिसकेको छ। त्यसलाई औपचारिकता दिन भने बाँकी रहेको स्रोतले बतायो। सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम छ।

स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ। गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यसमा श्रेष्ठ असन्तुष्ट थिए। उनलाई भने प्रवास समिति इन्जार्जको भूमिका दिइएको थियो। प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ।

तर, पार्टीले अर्कै निर्णय गरेपछि उनी असन्तुष्ट बनेका हुन्। माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले स्थायी समिति बैठक बसेर श्रेष्ठको असन्तुष्टी सम्बोधन गर्ने बताए । पार्टीभित्र दोहोरो जिम्मेवारी नदिने भर्खरैको निर्णय अनुसार पनि विदेश विभागबाट कार्कीलाई हटाएर श्रेष्ठलाई दिन सकिने उनले बताए ।

यसैगरि,  मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका ओम सत्य साई प्रालि पर्सालेले साइकल खरिद गरेको खुलासा भएको छ। साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको एक सातापछि साइकल खरिद गर्ने कम्पनीको नाम सार्वजनिक भएको हो।

मुख्यमन्त्री लालबाबु राउतले बुधबार बस्ने प्रदेश सभाको बैठकमा विशेष समय लिएर साइकल खरिद प्रकरणमा आफ्नो धारणा राख्नुभन्दा अघि यो विषय सार्वजनिक भएको हो। साइकल खरिदका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा दुई खेपमा २७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो। मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटको १७ हजार २ सय ३८ साइकल खरिदका लागि ५ वटा कम्पनीले टेन्डर कबोल गरेको थियो।

ओम सत्य साई प्रालि पर्साले प्रति थान ५ हजार ७ सय, सान्यो इन्टरनेसनल जेभी काठमाडौंले ७ हजार ५ सय ७६ रुपैयाँ, द डिजाइनर्स नेपाल भरतपुरले ६ हजार ८ सय ३१ रुपैयाँ, म्याप इन्टरप्रिन्युर्स काठमाण्डौंले ६ हजार १ सय ५० र विकास जेनरल ट्रेडिङ जनकपुरले ८ हजार ५ सय १ रुपैयाँ प्रतिसाइकल खरिद गर्ने टेन्डर हालेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम कबोल गरेका ओम सत्य साई प्रालिलाई साइकल खरिदको सहमति दिएको थियो। प्रालिले भारतीय कम्पनी अम्बिकामार्फत ९ करोड ८२ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा १७ हजार २ सय ३८ साइकल खरिद गरेको थियो।यस्तै, दोस्रो लटमा खरिद गरिएको १० हजार साइकलको इबिडिङमा तीनवटा कम्पनीले टेन्डर कबोल गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

पहिलो लटमा साइकल खरिदको ठेक्का पाएका ओम सत्य साई प्रालिले दोस्रो लटको साइकल खरिदको ठेक्कामा प्रतिसाइकल ७ हजार ५ सय, सान्यो इन्टरनेसनलले प्रतिसाइकल ७ हजार ४ सय ७५ रुपैयाँ र म्याप हेलिक्स जेभी काठमाडौंले पनि टेन्डर हालेकोमा उनको कागजी प्रक्रिया नपुग्दा रद्द गरिएको थियो।

दोस्रो लटको साइकल खरिदमा कम मूल्य कबोल गरेका सान्यो इन्टरनेसनलले भारतीय कम्पनी हाई इन्ड ब्राण्डको साइकल खरिद गरेको थियो। साइकल खरिदको सबै प्रक्रिया कानुनबमोजिम नै भएको हो। कहीँकतै खरिदमा समस्या देखिन्न,’ मुख्यमन्त्री राउतले भने,‘मेरो छविलाई बद्नाम गराउन नियतवश अख्तियारको छापा मार्न लगाइयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा प्रचलित खरिद कानुन पूर्णरुपमा पालना गरी प्राविधिकबाट तयार गरिएको स्पेसिफिकेसन र लागत अनुमानका आधारमा विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिएको दाबी गरेको छ।

दोस्रो लटमा खरिद गरिएको साइकलको खरिद मूल्य बढनुको ३ कारण छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कागजातमा भनिएको छ,‘प्राविधिक स्पेसिफिकेशसनमा साइकलको नेट कुल तौल १९ किलो छ। उत्पादन कम्पनीको ब्रान्ड अनिवार्य उल्लेख गर्नुपर्दा स्पेसिफिकेसनस्तरीय बनाइको छ । र, तेस्रो कारण, अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ४० प्रतिशतभन्दा बढी बढेकाले साइकल खरिदको लागत बढेको हो।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ