आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव नेकपाले कब्जा गर्यो एमसीसीको जग्गा, जनतालाई वितरण

प्रकाशित
687
SHARES

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ। नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरेको हो।

नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडी विज्ञप्ति टाँगेर कब्जा गरेको हो। पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको छ। स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाडेर र विज्ञप्ती टाँगेर कब्जा गरिएको जानकारी दिदै विरोध प्रदर्शनसहित कोणसभा गरेको छ।

कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ। जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलालहरूलाई त्यही धर्तीमा गाड्ने चेतावनीसमेत दिएको छ। उक्त विरोधसभा तथा जग्गा कब्जा कार्यक्रममा स्थानीय बासिन्दा र नेकपाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।

यसैगरि,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टी माओवादी केन्द्रको भन्दा नेकपा एमालेको बढी चिन्ताले सताउन थालेको छ। माओवादी केन्द्रको संगठनदेखि भातृसंगठनसम्म विभिन्न लफडा परिरहेका छन् तर प्रचण्डले भने एमालेकै चिन्ताका भाषण गर्न थालेका छन्।

अहिले माओवादीका नेताहरू अवसरवादी भएको र विलासी भएको आरोप लागिरहेको छ। प्रचण्ड आफैले पार्टीमा अवसरवाद हाबी भएको भन्दै पार्टी नै विघटन गर्नुपर्ने बताउंदै आएका छन्। तर पार्टी बनाउने र पार्टीलाई सक्रिय बनाउने भन्दा धेरै उनले एमालेकै बखान गरेर समय बिताउने गरेका छन्।

सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले एमालेकै कुरा गरेर भाषण सकाए। अहिले एमालेमा विचार नभएको समेत उनले दावी गरे। मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ  ‘एमालेमा अहिले विचार छैन्, सूर्य चिन्ह छ, जबज छ,’ प्रचण्डले भने, ‘मदन भण्डारी छन्। अहिले मदनभण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजेका छन्।

अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। ‘ओलीको विचार के कति कारणले मार्क्सवादविरोधी छ भन्ने कुरा हामीले प्रष्ट पारेर तलसम्म जानुपर्ने छ,’ उनको आग्रह छ, ‘माओवादीले लिएको विचार सही छ भन्ने कुरा तथ्य तथ्यांकसहित, विचार, अन्तरक्रियासहित स्थापित गर्नुपर्‍यो।

एमालेभित्र विचारशील भनेर चिनिएका ‘१० भाइ’ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए। कतिपयले आफूलाई रुँदै हिँडेको र सक्किएको प्रचारवाजी गरे पनि आफू कुनै आवेगमा नभएको बताएका छन्। उनले आफू नाअत्तिएको भन्दै बाहिर विभिन्न हल्ला फैलिएको बताए। बाहिर अहिले एकथरी लौ प्रचण्ड सकियो, रुँदै हिँड्यो भनेका छन्, त्यो गलत हो,’ उनले भने, ‘म आवेगमा पनि छैन।

म आत्तिएको पनि होइन। उनले भने। आफूले माओवादी विघटन गरे पनि हुन्छ भन्ने कुरा पार्टी थप बलियो बनाउने अर्थमा भनेको पनि प्रचण्डको भनाइ छ। ‘नत्र माओवादी विघटन गरे हुन्छ भन्छु नि कहिलेकाँही, त्यो सशक्त पार्टी गठन गर्नुपर्छ भनेको हो। उनको भनाइ छ, ‘मैले कहिलेकाँही एक्लै भइन्छ कि क्या हो भन्छु नि। म एक्लै भएँ भनेको होइन। गुट बन्नु हुँदैन भनेको हो। गुट बने त पार्टी सकिहाल्छ नि।

आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै प्रचण्डले केही ठूला नेता माओवादीमा फर्किनँ लागेको दावी गरे र, केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए। ‘माओवादीमा ठूला-ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ,’ प्रचण्डले भने, ‘अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ। म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु।

प्रतिक्रिया