आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डका लागि ओलीभन्दा झन् कडा बनेर निस्किए भीम रावल, हल्लियो खुमलटार

प्रकाशित
841
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा भीम रावल झन् कडा आलोचक बनेर निस्किएका छन्। प्रचण्डले नेकपा एमालेका ‘१० भाइ’ले आफूहरूलाई झुक्याएर केपी शर्मा ओलीसँग ‘आत्मसमर्पण गरेको भनेर आलोचना गरेपछि एमाले उपाध्यक्ष भीम रावलले कडा प्रश्न गरेका हुुन्।

एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’ भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ’, सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले प्रश्न गरेका छन्, ‘एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर जनयुद्धबाट सत्ता हत्याउँछु भन्नेले गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागी पद हत्याउँदा आत्मसम्मान हुने ?

नेकपा छँदा ओलीको तीव्र विरोध गर्दै माधव नेपालको समूहमा रही आफूनिकट रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत दोस्रो पुस्ताका १० जना एमाले नेता सर्वोच्च अदालतको फैसलाका कारण नेकपा भंग भई एमाले र माओवादी केन्द्र अलग भएपछि अन्ततः ओली समूहमै समावेश भएका हुन्।

माधव नेपालले एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनीहरु एकाएक नेपालको साथ छाड्दै एमालेमै रहेका हुन्। यसप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले सोमबार एक कार्यक्रममा एमालेका १० भाइले आफूहरूलाई झुक्याएर आत्मसर्पण गरेको आरोप लगाएका थिए।

नेकपा एमालेले नेकपा माओवादी केन्द्र कब्जा गर्ने रणनीतिका साथ एक्सन लिन थालेको छ । माओवादीको चुनाव चिन्ह हँसिया हथौडा एमालेले सूर्यभित्र राखेपछि प्रचण्ड आगो भएका हुन् ।ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको एमाले विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष केपी ओलीले नयाँ चुनाव चिन्ह सार्वजनिक गरे ।

झन्डामा सूर्यभित्र हँसिया हथौडा थियो । जबकि एमालेको चुनाव चिन्ह सूर्य हो । २०४८ सालदेखि एमालेले सूर्य चुनाव चिन्ह प्रयोग गर्दै आएको छ । पार्टी नाम र सूर्य चुनाव चिन्हकै कारण अहिले पनि लाखौं कार्यकर्ता सोही पार्टीमा आबद्ध छन् ।

माधवकुमार नेपालले नेकपा ९एकीकृत समाजवादी० दर्ता गर्दा पनि सो पार्टीमा धेरैको आकर्षण नदेखिनुको मुख्य कारण नै एमाले र सूर्य चुनाव चिन्ह भएको सबैलाई थाहा छ । तर, अहिले आएर एमाले अध्यक्ष ओलीले हँसिया हथौडा पनि चुनाव चिन्हमा दाबी गरेका छन् ।

जबकि यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा छ। निर्वाचन आयोगले नै उक्त चुनाव चिन्ह दिएको हो । अहिले एमालेले सूर्यभित्र हँसिया हथौडा राख्न खोज्नुको अर्थ दुवै आफ्नै भन्ने भ्रम छर्न खोजेको देखिन्छ।

एमालेले आफ्नो पार्टीको नयाँ चुनाव चिन्ह निर्वाचन आयोगमा प्रस्ताव गर्न सक्छ । उसले माग र दाबी राख्न चाहनु अन्यथा होइन । तर, उसले अर्काको चुनाव चिन्हकै दाबी गर्न खोज्नु सामान्य होइन ।ओलीको यो हर्कतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगो भएका छन् । माओवादी केन्द्रको अस्तित्व नै देख्न नचाहने ओली प्रवृत्ति अहिले एमालेमा हाबी हुँदै गएको छ ।

यदि सूर्यभित्र हँसिया हथौडा चुनाव चिन्ह राखेमा हिजो नेकपाकालीन सबै माओवादी केन्द्रले आफ्नो पार्टीलाई भोट दिन्छन् भन्ने सोच र भ्रम ओलीमा देखिएको छ ।निर्वाचन आयोगले यसअघि नै अर्को पार्टीसँग मिल्ने किसिमको चुनाव चिन्ह नदिएको सबैले जाने बुझेकै हो । तर पनि ओलीले माओवादी केन्द्रलाई नीच देखाउन विभिन्न हथकण्डा प्रयोग गर्न छाडेका छैनन्।

यसैगरि , एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रन्थनिदैं कदम चाल्नुभएको छ ।उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाउनु भएको छ । सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ । सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो।

यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले जानकारी दिनुभयो।

उहाँका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ। आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्धा सुनवाई गर्ने न्यायाधीशहरुको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ। यो बीचमा बन्दीप्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ गर्न सीमित न्यायाधीशलाई जिम्मा दिने चलन छ । कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने रुटिनमा पनि फुलकोर्टमा छलफल हुने छ।

प्रतिक्रिया