आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेलाई लाग्यो चारीको आरोप, केपी ओली तनावमा

प्रकाशित
549
SHARES

काठमाडौ। नेकपा एमाले को विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ। माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हँसिया हथौडा लोगोमा प्रयोग गरिएकाले माओवादी कित्ताबाट यसउपर प्रशन उठाइएको हो। माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।

एमालेले यसअघि वर्गाकार कोठामा सानो साइजको हँसिया हथौडा राखेर त्यसको मुनि युएमएल लेखिएको लोगो प्रयोग गर्दै आएको थियो। हिजो सम्पन्न विधान महाधिवेशनले पुरानो लोगो परिवर्तन गरी सूर्यभित्र गोलाकार आकारको हँसिया हथौडा राखिएको लोगो पारित गरेको छ।तत्कालीन नेकपाले प्रयोगमा ल्याएको लोगो नै विधान महाधिवेशनले पारित गरेको हो।

एमाले र माओवादीबीच पार्टी एकता हुँदा दुवै पार्टीका चुनाव चिन्हलाई मिलाएर लोगो प्रयोगमा ल्याइएकोमा पार्टी विभाजनपछि पनि एमालेले त्यसैलाई निरन्तरता दिएको छ। जसरी नेपालको झण्डा लोगोमा राख्न पाइँदैन त्यसैगरी अरु पार्टीको चुनाव चिन्ह राखेर लोगो बनाउन मिल्दैन।

नेकपा हुँदा कम्प्रोमाइजमा त्यसरी राखिएको ह। अहिले एमालेले त्यसैलाई निरन्तरता दिनेगरी बनाएको लोगोप्रति हाम्रो आपत्ति छ’, माओवादी नेताले भने। यो खबर जनआस्था दैनिकमा छ। फेरि दलहरु बीच बिबाद देखिने पक्का जस्तै भएको छ।

यसैगरि, रुपन्देही जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। मंगलबार बुटवलस्थित क्लब डेनोभोमा एक कार्यक्रम गरि नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराईएको छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह-ईन्चार्ज हकिकुल्ला खाँ र रुपन्देही जिल्ला ईन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणी’ ले पार्टी प्रवेश गर्नेहरूलाई अविर लगाएर स्वागत गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी एमाले तथा जनता समाजवादी पार्टी नेपाल परित्याग गरि १०० जना बढी जिल्ला स्तरीय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले बताए।

सो पार्टीका अनुसार रुपन्देहीको देवदह क्षेत्रवाट गणेश शेर्पाली, लिला बहादुर शेर्पाली, फुरसे सुनार, सुन्दर शेर्पाली, विशाल शेर्पाली, सन्जु शेर्पाली, सनम शेर्पाली, मिलन शेर्पाली, खेम बहादुर परियार, बाशु मुसहर, राजेन्द्र गैरे, उदय,नेपाली, मिलन सुनार, अर्जुब सुनार, कृष्ण नेपाली, प्रकाश सारु, सुकै चौधरी, सन्त राम मुसहर, गणेश शेर्पाली, बालु मुसहर, बलिराम थारु, नरेश चौधरी, लक्ष्मण विक, अनुवा चौधरी, राम चौधरी, फगुवा मुसहर, दिपु क्षेत्री, अजय चौधरी, गोविन्द्र बहादुर क्षेत्री लगायत ४२ जना पार्टी प्रवेश गरेको पार्टीले जनाएको छ।

त्यसैगरी, सियारी तथा ओमसतिया क्षेत्रबाट यज्ञ बहादुर थापा, मन्दराम यादव, बैंक शिवरतन हरिजन, राम अञ्चल लोध, सुरज प्रसाद केवह, राजु कुमार थापा, प्रेम बहादुर थापा, कलाल चन्द नाउँ, अदपक बहादुर खवास हरिजन, हरिप्रसाद शर्मा रामगति केवह, विद्यावती हरिजन, उदयराज पाठक, दुधनाथ थामी, उदय बहापुर थापा, हिरा केवट, मडरी लोध, प्रहलाद हरिजन, चन्द्रवली नाडे, लाल चन्द्र थारू, काशीनाथ थारु, वसन्त हरिजन, सुदर्शन धरिकार, जितमाम थारू, सुनकेशरी थारू, विपेन्द्र केवट, श्याम केवट लगायत माओवादी पार्टी प्रवेश गरेको पार्टीले जनाएको छ।

यसैगरि, सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन्। मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले भने। यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो।

उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ। उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए। बिहान शीर्ष नेताबीच छलफल भएको छ। सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ’,कार्कीको भनाइ छ।

प्रतिक्रिया