आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बास बस्न सुटुक्क चन्द्रागिरिको रिसोर्टमा किन पुगिन् राष्ट्रपति भण्डारी, खुल्यो यस्तो रहस्य

प्रकाशित
5K
SHARES

काठमाडाै। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ।उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीँ बस्नुभयो, आज फर्किनुहुन्छ,’ स्रोतले भन्यो।

औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्। पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन्।

सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् ।

उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले वातावरण प्रदुषण, विषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादक पदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताइन्।

राष्ट्रपति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोली प्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टिकृत सेवा प्रदान गरेको पनि बताइन्।

२२ वर्ष अघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक बर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ। अघिल्लो वर्ष आएका १५ जनाको विशेषज्ञ चिकित्सको टोली आफ्नो कार्यकाल पुरा गरी फर्कन लागेको हो ।कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र आफुहरुले काम गर्दाको अनुभव व्यक्त गरेका थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेकी थिइन्।

यसैगरि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा विचार र सिद्धान्त दुवै नभएको बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अहिले विचारविहीन भएको बताएका हुन्। उनले एमालेमा अहिले पनि मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद मात्रै रहेको बताए । एमालेमा भण्डारीको ठाउँमा ओलीलाई लैजान खोजेको पनि उनले बताए।

उनले भने, एमालेमा अहिले विचार, सिद्धान्त केही पनि छैन। त्यहाँ त मदन भण्डारी छन्, उनले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद छ। सूर्य चिन्ह छ।अहिले एमालेमा मदन भण्डारीको ठाउँमा केपी ओलीलाई लैजान खोज्दैछन्। ओली मदन भण्डारी हुन खोज्दैछन्।

उनले एमालेमा विचार नै नभएको बताउँदै त्यहाँ बहस नै नहुने गरेको टिप्पणी गरे। एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको प्रचण्डको भनाई छ। उनले भने, ‘एमालेमा विचार र बहस हुँदैन।

त्यहाँ त स्वार्थका लागि मिल्छन्। देख्नु भएन ती दोस्रो तहका भनिएका १० भाइ, उनीहरुले हामीलाई झुक्याए क्या। तिनीहरुलाई फकाउन नारायणकाजी र मैले धेरै मिहिनेत गरेका थियौँ । तर तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा आत्मसमर्पण गरेर टुंगियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संसद विघटन गरेर संविधान खारेज गर्ने ठूलो डिजाइन परास्त गरिएको भन्दै अहिले फेरि माओवादी कमजोर पार्ने षडयन्त्र भइरहेको बताए।

गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो। हामी एक नम्बर हुनुपर्छ। हुन्छौं। विरासत र एजेण्डाले हामी हुनुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं,’ उनले भने, ‘अहिले लडाइँ ठूलो हुनेवाला छ।

कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ। एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो । दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताए। ‘यो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घटनामा पार्ने हो।

यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो। नत्र देश दुर्घटनामा पर्छ। संविधान र संघीयता खारेज हुन्छ। देश सामन्तवाद र अराजकतातिर जान्छ,’ उनले भने। अध्यक्ष दाहालले नेकपा क्रान्तकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको पनि आलोचना गरे।

वैद्यले परिवर्तन भएर आए देशको स्वानिधता जोगाउन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि प्रचण्डले यो चानचुने कुरा नभएको टिप्पणी गरे। कोही हाम्रै साथीहरु समान्तवाद र साम्राज्यवाद आए हुन्थ्यो भन्दैछन्। यो सानो कुरा होइन । ठूलो कुरा छ। त्यसकारण देशलाई बचाउन र नयाँ चरणमा लैजान माओवादी बलियो हुनै पर्ने छ,’ उनले भने, ‘हामीहरु सचेत नहुने हो भने देशमा दुर्घटना हुने सम्भावना छ।

हामी लड्ने हो भने जित्ने निश्चित छ। प्रचण्डले माओवादीका पक्षमा देशैभर जागरुकता र सल्बलाहट आइरहेको बताए। ‘हिजो माओवादी के हो के हो भन्नेहरु पनि फर्केर आउँदैछन्। केपी ओली गएर के भो अरु कम्युनिस्टहरु एकताका लागि सम्पर्कमा छन्। गैरकम्युनिस्टसँग पनि एकता हुन्छ,’ उनले भने।

प्रतिक्रिया