आज : गते

ताजा शिर्षकहरु

ओली विरुद्ध एक्सनमा उत्रियो सरकार, एमालेका चर्चित नेता पक्राउ

प्रकाशित
1.5K
SHARES

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नेकपा एमाले विरुद्ध एक्सनमा उत्रिएको छ। नेकपा एमालेका नेता एबम् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेर सरकार एक्सनमा उत्रिएको हो। उनलाई प्रहरी ठगी आरोपमा पक्राउ गरेको हो । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो ।

उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए। व्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिएबाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो जाने तयारीमा रहेको पीडित एक बचतकर्ताले जानकारी दिए। त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताए।

२०५५÷५६ ताका तामाङलें आफू अध्यता रहेको सिभिल सहकारी खोलेका थिए। करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे। त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए।यसबीचमा तामाङले सिभिल गु्रपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए।

जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाधि छ। सिभिल सहकारीबाट ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने ।

त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो। निकट यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए । तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन।

रकम हिनामिनापछि सीआईबीमा उजुरी दिनेमध्येका एक डिल्लीप्रसाद भट्टराईका अनुसार सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ साँवा र त्यसको व्याज तामाङले तिर्न बाँकी छ। सहकारीबाट तामाङले मात्रै सिभिल ग्रुपअन्तर्गतका विभिन्न संस्थामा ९० प्रतिशत बढी ऋण लिएको तर बचतकर्ताले पैसा फिर्ता माग्दा नदिएको भट्टराईले बताए। आफूले मात्रै उक्त सहकारीमा ८३ लाख रुपैयाँ जम्मा गरेको उनले बताए।

‘बैंकमा भन्दा सहकारीम केही बढी व्याज दिने लोभ देखाइयो त्यसपछि बैंकमा भएको रकम झिकेर उता जम्मा गयौं तर अहिले आफ्नै पैसा देऊ भन्दा पनि ठगी भयो’, उनले भने। आफूहरू बाध्य भएर ठगीको उजुरी लिई प्रहरीमा पुगेको बताए। व्युरो प्रमुख सिंहले तामाङले सहकारीको नीतिविपरीत बचतकर्ताको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने सिंहले जानकारी दिए। सीआईबीको प्रारम्भिक सोधपुछमा तामाङले पीडितलाई रकम फिर्ता गर्ने बताएका छन् तर पकाउ पूर्जी लिएर आरोपितलाई नियन्त्रणमा लिइसकेको भन्दै ठगीमा अनुसन्धान अघि बढेको र कानुनले नै सबै कुराको छिनोफानो गर्ने व्युरोले जनाएको छ।

यसैगरि, अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेसँगै विभिन्न पार्टीहरूले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्। सोमबार बसेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको प्रदेश २ को संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको छ।

मुख्यमन्त्री कार्यालयले संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल आफ्नो नियन्त्रण लिई अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा नभएसम्म मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बैठकमा लोसपाका सांसद उपेन्द्र महतोले बताए ।

आर्थिक सुशासनको कुरा गर्ने प्रदेश सरकारले अख्तियारको टोलीले छापा मारेपछि त्यसको विरोध गर्नुको औचित्य नरहेको सांसद महतोको भनाइ थियो। त्यसैगरी डा। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै जनकपुरमा विरोध प्रदर्शन गरेको छ। साइकल चोर, सरकार छोड’लगायतका नारा लगाउँदै जनमतका कार्यकर्ताहरूले सोमबार नै विरोध प्रदर्शन गरेका हुन्।

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको अनियमितता ढाकछोप गर्न जनता समाजवादी पार्टीले अख्तियारको विरोध गरिरहेको जनमत पार्टीका नेताहरूले आरोप लगाएका छन्। १३ असोजमा महोत्तरीको बर्दिवासस्थित अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत खरिद गरिएका साइकलमा अनियमितता भएको आशंकामा छापा मारी फाइलहरू नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ