आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रालय भगबन्डा नमिलेपछि सत्ता गठबन्धन नै फुटदै

प्रकाशित
1.7K
SHARES

काठमाडौ। मन्त्रीको संख्या र मन्त्रालयको भागवण्डाले किचलो बढेसंगै सत्ता गठबन्धनमा नै फुटन सक्ने खत्तरा बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भूमिका प्रति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आशंका जनाउन थालेका छन् ।

समान हैसियतमा मन्त्रालय बाँडफाँड गर्ने पूर्व सहमति विपरित प्रतिनिधि सभामा सदस्य संख्याको हैसियत अनुसार मन्त्रीको संख्या र मन्त्रालय बाँडफाँडको विषय उठेपछि नेपाल र यादव दुवै झस्किएका छन्। त्यसमाथि नागरिक समाज या अन्य क्षेत्रबाट समेत कोटा छुट्याउने देउवाको तयारी देखेर नेपाल र यादव दुवै असन्तुष्ट बनेका हुन्।

प्रधानमन्त्री देउवाले यसअघि नेकपा एस र जसपालाई ६६ मन्त्रालय दिने सहमति गरेका थिए। माओवादी केन्द्र पनि उति नै संख्यामा मन्त्रालय पाउने सहमति भएको थियो। काँग्रेसले मात्र १ मन्त्रालय बढी लिने सहमति बनेको थियो । तर, मन्त्रालय बाँडफाँडमा किचलो निस्किएको छ। माधव नेपाल र उपेन्द्र यादवले आकर्षक मन्त्रालय मागेपछि विवाद देखिएको हो ।

सत्ता गठबन्धनभित्र बागमती र प्रदेश नं १ को मुख्यमन्त्री कस्ले लिने भन्नेमा पनि विवाद छ। नेकपा एसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको छ। काँग्रेसले बागमतीमा दाबी नछाड्ने भएको छ। गठबन्धनभित्र मन्त्रालय बाँडफाँड देखि प्रदेश सरकारमा नेतृत्वको विषयले समेत विवाद चर्किएको छ । यसले मन्त्रिपरिषद विस्तारमा अलमल देखिएको छ।

अर्कोतर्फ, अमेरिकी सहयोगसम्बन्धी एमसीसीमा पनि विवाद देखिएको छ। काँग्रेस यथास्थितिमै एमसीसी पारित गर्ने पक्षमा छ। सत्ता गठबन्धनका माओवादी र नेकपा एस संशोधनलाई सर्त राखेर प्रस्तुत भएका छन्। देउवाको पछिल्लो भूमिकालाई देशलाई वैशाखमै चुनावमा लाने रणनीतिका रुपमा लिन थालिएको छ। देउवा वैशाखमा चुनाव गरेर अहिलेको राजनीतिक परिस्थितिबाट फाइदा लिन खोजिरहेको विश्लेषणहरु भइरहेका छन्।

उनले त्यसैतर्फ केन्द्रित भएर कदमहरु चाल्दै गएका छन्। देउवाको अर्ली इलेक्शन रणनीतिप्रति प्रचण्ड र माधव नेपाल सतर्क भएका छन्। उनीहरुले घुमाउरो तरिकाले चेतावनीहरु दिइरहेका छन्। प्रचण्डले त परिआए फेरि जनयुद्धमा हामफल्ने भनिरहेका छन्। यसले कुनैपनि बेला सत्ता गठबन्धन टुट्ने संकेतहरु देखिनथालेको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भागवण्डा नमिेकै कारण मन्त्रीपरिषद विस्तार ढिलो भएको भन्दै यस्तो अवस्था आउनु लज्जास्पद भएको बताएका छन्। पत्रकार  सँगको विशेष कुराकानीमा अध्यक्ष केसीले सरकार बनेको यतिका लामो समय सम्म पनि मन्त्री परिषद विस्तार हुन नसक्नु अन्यन्तै नराम्रो कुरा भएको बताएका छन् ।

भागवण्डाकै कारण मन्त्री परिषद विस्तार गर्न नसक्दा बाहिर गलत सन्देश गएको पनि उनले बताए। कुराकानीका क्रममा अध्यक्ष केसीले सरकारले गर्ने नराम्रा काममा राष्ट्रिय जनमोर्चाले साथ दिन नसक्ने पनि प्रष्ट पारे। प्रतिगमनका विरुद्ध मात्रै देउवा, प्रचण्डहरुलाई आफुहरुले साथ दिएको र सबै नराम्रा काममा आफ्नो हिस्सेदारी नहुने उनले उनले प्रष्ट पारे।

प्रतिगमनका विरुद्ध लडेर पुरानो सरकार हटाएर नयाँ सरकार बनाउँन सक्ने तर सरकार बनिसके पछि मन्त्रीपरिषद समेत विस्तार गर्न नसक्ने यसले त जनतामा निकै नराम्रो सन्देश दिएको उनले बताए। भागवण्डाको किचलोमा आफ्नो पार्टी टाढै रहेको पनि उनले पनि बताए।

राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरे पनि आफुहरु प्रतिपक्षीमै बसेको भन्दै केसीले सरकारलाई समर्थन मात्रै होइन खबरदारी पनि गरिरहेको बताए। प्रतिगमनलाई पररास्त गर्नका लागी मात्रै अहिलेको गठबन्धनमा सहभागी भएको भन्दै उनले सरकारले गर्ने नराम्रा कामको भारी आफुले बोक्न नसक्ने प्रष्ट पारे।

काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान

सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए।

पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले बताए। दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो।

सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ