आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बर्षमान बिरामी परेको फाइदा उठाउँदै जनार्दनले हाने गोल

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्त उपचारका लागि थाइल्याण्डमा छन्। जण्डिसका विरामी पुनको कलेजोमा समस्या देखिएपछि थप उपचारका लागि थाल्याण्ड लगिएको थियो। थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ। जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ।

उनको कलेजोमा वंशानुगत समस्या छ। कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन्। उनी विरामी परेर देश बाहिर रहेको फाइदा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले उठाएका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यर्थी युनियन क्रान्तिकारीको सम्मेलन जारी छ।

सो सम्मेलनमा अध्यक्षका लागि दुई जना प्रतिशपर्धी थिए। जनार्दन निकट पञ्चा सिंह र अनन्त निकट सुरेन्द्र बस्नेत। आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका छन्। प्रचण्डको सो निर्णयले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ।

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो। नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताए।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ। उनी क्रान्तिको रर्वरभुमी, जनयुद्धको आधारक्षेत्र कालिकोटकी हुन्। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको किचेन क्याविनेटकी सदस्य सिंहलाई उनको र जनार्दनको प्रेसरमा परेर प्रचण्डले अध्यक्ष बनाएका हुन्।

बर्षमान पुन स्वस्थ भएको भए सुरेन्द्र बस्नेत अध्यक्ष बन्ने सम्भावन रहेको अखिल क्रान्तिकारीका नेताहरुले बताए छन्। माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा दुई नेताविच चर्को अन्तरविरोध छ। प्रचण्डले कहिले जनार्दनको पक्षमा त कहिले बर्षमानको पक्षमा निर्णय गर्दै सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन्।

यसैगरि,  समाजवादी केन्द्र नेपालले उद्योगी विनोद चौधरीको नाम कालोसूचीमा परेको जनाएको छ। प्रेस विज्ञप्ति निकाल्दै समाजवादी केन्द्रले चौधरीसहित अजय राज सुमार्गी, गोल्छा ग्रुपका संचालक, याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेडका संचालक राधेश्याम सराफलाई कालोसूचीमा राखेको जनाएको हो

सो पार्टीले उनीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गर्न समेत माग गरेको छ। इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट आईसीआईजेको रिर्पोट अनुसार चौधरीले विदेशमा गैरकानुनी रुपमा लगानी गरेको भन्दै यसको निश्पक्ष छानविनका लागि पक्राउ गरी बैंक खाता रोक्का गर्न माग गरेको हो।

सोमबार एक विज्ञप्ति निकाल्दै समाजवादी केन्द्रले प्यान्डोरा पेपर्समार्फत सार्वजनिक गरेको विवरणप्रति समाजवादी केन्द्र नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सो पार्टीले पेपर्समा नाम सार्वजनिक भएका विनोद चौधरी, अजय राज सुमार्गी, गोल्छा ग्रुपका संचालक, याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेडका संचालक राधेश्याम सराफ लगायतले नेपालको कानुन विपरित ट्याक्स हेभन मुलुकमा अर्बौ रुपैयाँ लगानी गरी मुलुकको अर्थतन्त्रमा गम्भीर राष्ट्रघात गरेको भन्दै विरोध गरेको हो।

पार्टी अध्यक्ष युवराज सफलद्धारा जारी विज्ञप्तिमा उक्त रिर्पोटमा समावेश भएको व्यक्तिहरुलाई कानुन बमोजिम पक्राउ गरी आवश्यक कारबाही गर्न तथा निजहरुको स्वदेशमा संचालित उद्योग धन्दाहरुको बैँक खाता बन्द गरी विदेशमा समेत त्यहाँको निकायसँग समन्वय गरी खाता रोक्का गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

समाजवादी केन्द्र नेपालको माग बमोजिम सरकारले सो नगर्ने हो भने यस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई समाजवादी केन्द्र नेपालले जनस्तरबाट जस्तोसुकै कारबाही गर्ने र सो जिम्मेवारी नेपाल सरकार र सम्बन्धीत पक्षले नै लिने भनिएको छ।

‘यहाँभन्दा अघि नाम सार्वजनिक भएका व्यक्तिहरु र अहिले नाम सार्वजनिक भएका व्यक्ति, निकायलाई समाजवादी केन्द्र नेपालले कालो सूचिमा राखेको र निजहरुलाई आवश्यक कारबाही गर्न गराउन समाजवादी केन्द्र नेपाल जस्तोसुकै जोखिम मोल्न तयार रहेको पनि यसै विज्ञप्तीमार्फत अवगत गराउन चाहन्छौँ , विज्ञप्तिमा भनिएको छ। समाजवादी केन्द्रले कालाधन थुपार्नेमाथि अनुसन्धान गरेकोमा आईसीआईजेलाई विशेष धन्यवादसमेत दिएको छ।

‘खोज पत्रकारिता केन्द्र नेपाललाई समेत प्राप्त जानकारी सार्वजनिक गरेकोमा विशेष आभार प्रकट गर्दै यस विषयको समाचार सम्प्रेषण गर्ने सम्पुर्ण संचार माध्यमलाई समेत समाजवादी केन्द्र नेपाल विशेष धन्यवाद दिदैँ हाम्रो पार्टी समाजवादी केन्द्रले उठाएका विषयहरुको समाचार सम्प्रेषण गरी सहयोग गरिदिनुहुन विशेष अपिल गर्दछ। विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया