आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्रीको गाडीले ठक्कर दिदा ८ जनाको ज्यान गयो

प्रकाशित
689
SHARES

काठमाडौ। गृह राज्यमन्त्रीको गाडीले ठक्कर दिदा आठ  जनाको मृत्यु भएको छ। यो भारतको खवर हो। भारतीय राज्य उत्तर प्रदेशमा आइतबार केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले ८ जनाको ज्यान लिएको हो। नेपालको कैलालीसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतका किसानहरूलाई गाडीले कुल्चेर मारेको स्थानीयको आरोप छ।

एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्रको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रमा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए। केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम राखेका थिए।

कालोझन्डा देखाउने थाहा पाएपछि मिश्र र मौर्यले रूट बदलेका थिए। उनीहरूले रूट बदलेको थाहा पाएपछि फर्किन लाग्दा राज्यमन्त्री मिश्रका छोराले चलाएकोसहित गाडीहरू आएको देखेपछि किसानहरूले उनीहरूलाई नै कालो झन्डा देखाएको आन्दोलनरत किसानले जनाएका छन्। त्यसपछि मन्त्री मिश्रका छोराले कालो झन्डा देखाउने र अरू किसानमाथि गाडीले कुदाएको किसानहरूको आरोप छ।

गाडीले कुल्चँदा चार जना किसानको मृत्यु भएको छ। आफ्ना साथीहरू मारिएपछि आक्रोशित बनेका किसानले ती गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार चार जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ।

गृह राज्यमन्त्री मिश्रले भने आफ्ना छोरा घटनामा संलग्न नभएको दाबी गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटना दुस्खद भएको बताएका छन्। उत्तरप्रदेशका पूर्वमुख्यमन्त्रीहरूले केन्द्रीय मन्त्रीका छोरा नै घटनामा सहभागी भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

यसैगरि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सबै प्रजातन्त्रको जननी भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय ७६औँ महासभालाई शनिबार राति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन, गरिबी निवारण, विकासका विषयमा चर्चा गर्दै आफू विश्वका सबै प्रजातन्त्रको जननी मुलुकको प्रतिनिधिका रूपमा प्रस्तुत भएको बताएका छन् । मोदीले अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पुनर्संरचनाका विषयमा पनि बोलेका छन्।

‘म एक प्रजातन्त्रका जननीका रूपमा परिचित मुलुकको प्रतिनिधित्व गरेर यहाँ आएको छु,’ भारतीय प्रधानमन्त्रीको भनाई थियो, ‘भारत स्वतन्त्रताको ७५औँ वर्ष प्रवेश गरेको छ। तर, हामीकहाँ हजारौँ वर्षदेखि प्रजातान्त्रिक परम्परा कायम थियो। हाम्रो विविधता बलियो प्रजातन्त्रको प्रतीक हो, हाम्रा भाषाको सयौँ, दर्जानौँ बोली जीवन्त लोकतन्त्रको उदाहरण हो।

चिया पसलमा बाबुलाई सघाइरहेको व्यक्तिले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा उपस्थिति हुने अवसर पाएको भन्दै आफ्नो उदाहरण दिएर उनले भारतमा लोकतन्त्र स्थापित भएको तर्क गरे । वासिंटनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँगको भेटमा पनि मोदीले लोकतन्त्र भारत र अमेरिकाको साझा मूल्य रहेकोमा जोड दिएका थिए।

भारतले नियममा आधारित विश्व व्यवस्था बलियो हुनुपर्नेमा पनि मोदीले जोड दिएका थिए । मोदीले चीनप्रति लक्षित गर्दै कोभिड– १९ भारसको उत्पत्तिका विषयमा पनि अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए।

अमेरिकाको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेर मोदी न्युयोर्कस्थित राष्ट्रसंघीय महासभामा सहभागी भएका हुन्। उनले अफगानिस्तानमा तालिवानलाई पाकिस्तानले विगतमा सहयोग गरेको आरोप लगाए। तर, उनले पाकिस्तानको नाम लिएनन्।

प्रतिक्रिया