आज : गते

ताजा शिर्षकहरु

प्रधानन्यायाधीशको ‘भिनाजु काण्ड’ बाहिरियो, यस्तो छ भित्रि रहस्य

प्रकाशित
1.9K
SHARES

काठमाडौ। धानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको ‘भिनाजु काण्ड’ बाहिरिएको छ। भिनाजु काण्ड’ बाहिरिएपछि उनको चौतर्फी आलोचना भएको छ। न्याय निरुपण गर्ने व्यक्ती पटकपटक राजनीतिमा मुछिएपछि उनको आलोचना भएको हो। पछिल्लो समय जवराले स्पष्ट रुपमा आफ्नो भाग खोजेका छन्।

उनले एक जनालाई मन्त्री बनाउन र अरु ४ जनालाई राजदूत बनाउन दवाव दिएको बालुवाटार श्रोतको भनाई छ। राजदूतमा आफुनो भिनाजुको नाम सिफारिस गरेको श्रोतले जनाएको छ। दक्षिण कोरियाको राजदूत आफ्ना भिनाजु केशव उप्रेतीलाई बनाउने अत्यन्तै प्रेसर दिएको प्रधानमन्त्रीको नीजी सचिवालयले जनाएको छ।

उनले मन्त्रिमण्डल विस्तार गर्दा आफूलाई पनि भाग दिनुपर्ने माग मात्र राखेका छैनन् नामै टिकेर दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधान्यायाधीशले आफ्नो सीमा नाघ्दै आफूलाई कोटा माग गरेका थिए। उच्च राजनीतिक स्रोतले दिएको जानकारीअनुसार उनको कोटामा विवादित व्यापारी दीपक तिमिल्सिनालाई मन्त्री बनाउने तयारी भएको छ।

राणाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत आफू निकट ४ जनालाई मन्त्री बनाउन माग गरेका थिए। तर, ओलीले राणाको माग ठाडै अस्विकार गरेपछि उनको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि जसपाको तर्फबाट मन्त्री बनेकाहरुको नियुक्त खारेज गरिएको थियो।तिमिल्सिनाले यसअघि सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरेका थिए । उनले एनसेलको कर छली प्रकरणमा विचौलियाको भुमिका खेलेका थिए।

त्यसका साथै उनले प्रधानन्यायाधीशका भाई प्रभु राणासँग मिलेर अदालतबाहिर बसेर मुद्दामामिलामा विचौलियाको काम गरिरहेका छन् । प्रभु पनि त्यही काम सक्रिय छन् । प्रधानन्यायाधीसले नेतृत्व गरेको संवैधानिक इजलासले ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटनको दोस्रो निर्णयलाई उल्ट्याएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

त्यही गुन तिर्न प्रधानमन्त्री देउवाले उनी निकट तिमिल्सेनालाई मन्त्री र भिनाजुलाई राजदूत बनाउन लागेका हुन । त्यसको सत्तारुढ दलभित्रै तिव्र विरोध भएको छ । पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणाबीच हरेक मुद्दा सेटिंगमा फैसला भइरहेको स्रोतले दावी गरेको छ । प्रधानन्यायाधीश राणाले अदालतलाई बदनामित बनाएको भन्दै सर्वोच्चभित्रै असन्तुष्टी छ । उनले न्यायालयलाई बिवादित बनाएको भन्दै सर्वोच्चका बहुमत न्यायाधीश उनको विपक्षमा छन् ।

सुन तस्करी प्रकरणको बहस सकियो, मंगलबारसम्ममा फैसला

करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । गत आइतबारदेखि जिल्ला अदालत मोरङमा सुरु भएको सुनुवाइ आइतबार सकिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा एक सातायता जारी सुनुवाइ आइतबार सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । उनका अनुसार प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि आइतबार नै सरकारी वकिलको कार्यालयले प्रतिउत्तर बहस गरेको थियो । एकसाता लामो बहस सकिएको बताउँदै उनले सोमबार नभए मंगलबारसम्म फैसला आइसक्ने बताए ।आइतबार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए।

२०७४ साल माघ ९ गते दुबईबाट आयात भएको साढे ३३ किलो सुन गायब भएको थियो । गायब सुन खोज्ने क्रममा चुणामणि उप्रेती गोरेसहितको समूहको यातना दिने क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको हत्या गरेको थियो । उनको हत्या अनुसन्धानका क्रममा सुन तस्करीको गिरोह पत्ता लागेको थियो । अनुसन्धानपछि २०७५ वैशाख १९ गते ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर भएको थियो।

दुई वटा पूरक अभियोगसहित सो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये २१ जना अझै फरार छन् । ५६ प्रतिवादीको तर्फबाट कानुन व्यावसायीले सात दिन बहस गरेका हुन् । सनम हत्याको प्रमाण र सुन तस्करीको विवरण पत्ता लागेपनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन ।

६ जनाको पक्षमा बहस

आइतबार अदालतमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ६ जना प्रतिवादीको प्रतिरक्षामा दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरुले बहस गरेका थिए। गोरेको पक्षमा अधिवक्ता गणेश भट्टराईले बहस गरे। व्यापारीको लगानी र प्रहरी अधिकारीसँगको ‘सेटिङ’मा गोरेको समूहले दुबईबाट नेपालतिर सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा करिब ३८ क्वीन्टल सुन तस्करी गरेको सरकारी पक्षको दावी छ।

२०७४ साल माघ ९ गते गोरेको समूहले ल्याएको साढे ३३ किलो सुन गायब भएपछि २०७४ साल फागुन १८ गते करेन्ट लगाएर सनम हत्या भएको थियो। सनमको हत्या हुँदा उनलाई करेन्ट लगाएर यातना दिइरहेको भिडियो बाहिरिएको थियो । भिडियोमा सनम हत्यामा गोरेको संलग्नता देखिन्छ। हत्या गरेपछि एक रात धरानमा राखिएको सनमको शव भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद भएको थियो।

शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गरेको थियो । फरार रहेका गोरेलाई प्रहरीले २०७५ साल जेठ ९ गते मोरङ अदालतमा हाजिर गराएको थियो । अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन्।

आइतबार सनमको शव बरामद हुँदा पक्राउ परेका टेकराज मल्ल ठकुरीको पक्षमा आइतबार अधिवक्ता नारायणप्रसाद दाहालले बहस गरे । नेपाल प्रहरीका एसएसपी दिवेश लोहनीको पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरु रामचन्द्र सुवेदी एवं देवेन्द्र कोइरालाले बहस गरे । जिल्ला अदालत मोरङको आदेशबाट थुनामा पुगेका उनी उच्च अदालत विराटनगरको आदेशबाट छुटेका थिए। डीआईजीमा बढुवा भइसकेका लोहनी अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख छन्।

वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता रामचन्द्र गौतमले मुद्दाका प्रतिवादी डीएसपी प्रजित केसीको पक्षमा बहस गरे। सई बालकृष्ण सञ्जेलको पक्षमा अधिवक्ता आशिष अधिकारी र विनोद तिमल्सिनाले बहस गरे। मोरङ अदालतले केसी र सञ्जेल दुवै जनालाई थुनामा राख्न आदेश दिएको थियो । पछि उच्च अदालतको आदेशबाट उनीहरु छुटेका थिए। अधिवक्ता भरतबहादुर थापाले हरिशरण खड्काको पक्षमा बहस गरे । मोरङ अदालतको आदेशबाट थुनामा रहेका उनी अहिले कारागारमै छन्। अभियुक्तहरु कपिलराज पुरीको तर्फबाट अधिवक्ता भक्तिनाथ माझी र गोपालकुमार श्रेष्ठको तर्फबाट अधिवक्ता कृष्ण दाहालले बहस गरे।

सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको जालो भेटिएपछि छानबिनका लागि गृह मन्त्रालयका तत्कालिन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएको थियो। समितिको प्रतिवेदनका आधारमा ७७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। मद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको उल्लेख छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ