आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतको उत्तराखण्डमा चिनियाँ सेनाको प्रवेश, भारतको पुल ध्वस्त पारिदिए

प्रकाशित
4.4K
SHARES

काठमाडौ। चिनियाँ सेनाले सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यमा प्रवेश गरेको छ। १ सयभन्दा धेरै चिनियाँ सैनिकहरु ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। उनीहरु सीमा पार गर्दै उत्तराखण्डको बाराहोती क्षेत्रमा प्रवेश गरेका थिए।

यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन्। रिपोर्टका अनुसार यो घटना ३० अगष्टको हो। यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए।

उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए । यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए । इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए।

चिनियाँ सेना प्रवेश गरेको तुन जुन ला पास लिम्पियाधुराबाट नजिकै पर्छ। नेपालको सीमाको नजिकै भारत र चीनबीच यस किसिमको घटना हुनुले नेपाललाई पनि रणनैतिक र कूटनैतिक रुपले गम्भीर प्रभाव पर्न सक्छ। तुन जुन ला पासबाट लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको विन्दू लगभग ७१ किलोमिटरको दूरीमा छ।

रिपोर्टका अनुसार चिनियाँ सैनिकले फर्किनुभन्दा पहिले भारतमा एउटा पुलमा आक्रमण गरेर पुललाई ध्वस्त पारिदिएका छन् । यो रिपोर्ट प्रकाशित भएसँगै भारतका विपक्षी दलका नेता राहुल गान्धीले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् ।

यो क्षेत्रमा भारत–तिब्बत सीमा पुलिस तैनाथ छ। रिपोर्टका अनुसार चिनियाँ सैनिक आएको सूचना पाएपछि भारतीय सेनाले यो क्षेत्रमा गस्ती पनि गरेको थियो तर भारतीय सेना पुग्दासम्म चिनियाँ सैनिक फर्किइसकेका थिए।

रिपोर्टका अनुसार दुई देशबीच सीमाको रेखांकनलाई लिएर अस्पष्टता छ जसका कारण बाराहोतीमा उल्लंघनका घटना भइरहन्छन् । भारतीय अधिकारीहरुले ३० अगष्टका दिन सीमा पार गरेर आएका चिनियाँ सैनिकको संख्यालाई लिएर निकै आश्चर्य व्यक्त गरेका थिए । यसअघि सेप्टेम्बर २०१८ मा पनि यो क्षेत्रमा चिनियाँ सैनिक पसेका थिए।

यसैगरि, भारतीय र चिनियाँ सेना दुवै देशको सीमा जोड्ने पूर्वी लद्दाखमा फेरी आमुन्नेसामुन्ने भएका छन्। भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतीय सेनालाई उद्धृत गर्दै पछिल्लो पटक २९ र ३० अगष्टको राति चिनियाँ सेना प्याङगोङ्ग छोको दक्षिणी तटमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको जनाएको छ।

सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको, तर आफूहरु रोकेको भारतीय सेनाले बताएको छ। पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई रोकेको भन्दै भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ–‘

भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ। गत जुन १५ मा भारत र चीनबीच सीमा जोडिएको क्षेत्रमा विवाद हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

गत मध्य जुलाइदेखि भारत र चिनियाँ सेनाबीच पूर्वी लद्दाखको विवादलाई लिएर विभिन्न चरणमा वार्ता हुँदै आएको छ । चीनले भने उक्त विवादबारे खुलाइसकेको छैन।

दुवै देशबीच प्योङगोङ छोको उत्तरी तटलाई लिएर विवाद हुँदै आएको छ। तर पछिल्लो पटक भने दक्षिणी तटमा विवाद देखिएको छ। भारत र चीनबीच चार हजार किलोमिटरको सीमा क्षेत्र रहेको छ।

चिनियाँ सैनिक भारतीय भूमिमा घुसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। चिनियाँ सेनाले भारतीय सेनाका अधिकारीहरुलाई जाँच गर्न समेत नदिएको समाचारमा जनाइएको छ ।भारतबाट गएको सीमा जाँच अधिकारीको टोलीलाई चिनियाँ सेनाले रोकेको थियो ।

स्थानीय नदीमा आएको बाढीपछि अवस्था जाँच गर्न गएको टिमलाई चिनियाँ सेनाले रोकेको समाचारमा उल्लेख छ। भारतीय टोली सीमा क्षेत्र पुग्नु भन्दा ८ किलोमिटर अघि नै चिनियाँ सेना तैनाथ रहेको भेटेपछि तर्सिएको थियो।

भाारतीय जाँच दललाई चिनियाँ सेनाले तत्काल फर्किन चेतावनी दिएको समेत बताइएको छ। चिनियाँ सेनाले चेतावनी दिएपछि भारतीय सेना तत्काल फर्किएको थियो।

प्रतिक्रिया