आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले अस्पतालमै सुन्नपर्यो फेरि दुखद खबर, बलियो खम्बा ढल्यो

प्रकाशित
757
SHARES

काठमाडौं । रुघाखोकी, ज्वरोले सताएपछि अस्पताल भर्ना  भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि दुःखद खवर सुन्न परेको हो । जिल्ला जिल्लामा पार्टी जिल्ला कमिटी घोषणा गरिरहेको नेकपा एसले काभ्रो ठूलो धक्का बेहोर्नु परेको छ । जिल्ला कमिटीमा राखेका धेरै नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन् ।

तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए ।

त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफूहरु एमाले मै रहेको घोषणा गरेका थिए । काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।

नेकपा एस काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ । भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिवसम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन ।

हाल लामा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन । त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार सम्बादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए । त्यस्तै नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ । महाधिवेशनमा ७० वर्ष उमेर पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउनेछ र एक कार्यकाल पूरा गर्न पाउनेछ ।

यसअनुसार ७० वर्ष पूरा हुनुअघि निर्वाचित भएको पदाधिकारी करिब ७५ वर्षसम्म पदीय जिम्मेवारीमा रहनेछ । ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन । अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन् ।

केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक जना र सचिव ७ जना रहने छन् । यसरी केन्द्रमा १५ जना पदाधिकारी हुनेछन् । केन्द्रमा एक सचिवालय रहने छ ।
पालिट ब्यूरोको व्यवस्था खारेज भएको छ ।

वडादेखि केन्द्रसम्म पार्टी कमिटीहरू रहनेछन् । पार्टी कमिटीको आधार संख्या ५० हुनेछ । यो संख्यलाई आधार मानेर जिल्ला कमिटीमा जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जना थपिने छन् । प्रदेशसभा निर्वाचन क्षेत्र दुई वटा रहेका जिल्लामा ६० जनाको जिल्ला कमिटी हुनेछ ।

सहभागीहरूका अनुसार महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्नुपर्ने कुरा जोडदार रूपमा उठेको छ । यो विषय यही महाधिवेशनले प्रस्तावको रूपमा पारित गर्नेछैन तर यसलाई बहसमा लगिने भएको छ ।

अनुशासन पालनाको कुरा पनि निकै जोडदार रूपमा उठेको छ । कार्यविभाजनमा पारदर्शिता, महिला सहभागिता वृद्धि, नेतृत्व तहमा महिलाको उपस्थिति लगायतको कुरा पनि निकै जोडदार रूपमा उठेको छ । सभामा विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनमा समूह छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रस्ताव तथा प्रतिवेदन प्रस्तोता नेताहरूले दिएका थिए । आजै सम्मेलन केन्द्रमा स्थायी कमिटी बैठक पनि भएको थियो ।

 

प्रतिक्रिया