आज : गते

ताजा शिर्षकहरु

ओलीलाई मालामाल हुनेगरी एमालेभित्र लागु भयो यस्तो व्यवस्था, कार्यकर्ता खुसीले गदगद, नेताहरु फायर

प्रकाशित
1.7K
SHARES

काठमाडाैं । नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ ।

यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् ।  ७० वर्ष पूरा भएको व्यक्ति भने कुनै पनि तहमा कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।

अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने भनिएको राष्ट्रिय महाधिवेशनमा अर्को एक कार्यकालका लागि उम्मेदवार हुन पाउनेछन् । केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ । तर ओलीले यस्तो सुविधा पाएर दोहोरिएमा हाल उपाध्यक्ष, महासचिव र स्थायी कमिटीमा रहेका नेताहरु भने अध्यक्ष हुनबाट बञ्चित हुनेछन् ।

एमालेको विधान महाधिवेशनमा ओलीप्रति गरिएको देवत्वकरणको विरोध भइरहेका बेला महाधिवेशनमा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई…’ भनेर ओलीको देवत्वकरण र पुन अध्यक्ष बनाउन लविङ गरेको पाइएको छ ।

अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव एक जना र सचिव ७ जना रहने छन् । यसरी केन्द्रमा १५ जना पदाधिकारी हुनेछन् । केन्द्रमा एक सचिवालय रहने छ । पालिट ब्यूरोको व्यवस्था खारेज भएको छ ।

वडादेखि केन्द्रसम्म पार्टी कमिटीहरू रहनेछन् । पार्टी कमिटीको आधार संख्या ५० हुनेछ । यो संख्यलाई आधार मानेर जिल्ला कमिटीमा जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जना थपिने छन् । प्रदेशसभा निर्वाचन क्षेत्र दुई वटा रहेका जिल्लामा ६० जनाको जिल्ला कमिटी हुनेछ ।

सहभागीहरूका अनुसार महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अवलम्बन गर्नुपर्ने कुरा जोडदार रूपमा उठेको छ । यो विषय यही महाधिवेशनले प्रस्तावको रूपमा पारित गर्नेछैन तर यसलाई बहसमा लगिने भएको छ ।

अनुशासन पालनाको कुरा पनि निकै जोडदार रूपमा उठेको छ । कार्यविभाजनमा पारदर्शिता, महिला सहभागिता वृद्धि, नेतृत्व तहमा महिलाको उपस्थिति लगायतको कुरा पनि निकै जोडदार रूपमा उठेको छ ।

सभामा विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनमा समूह छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रस्ताव तथा प्रतिवेदन प्रस्तोता नेताहरूले दिएका थिए । आजै सम्मेलन केन्द्रमा स्थायी कमिटी बैठक पनि भएको थियो ।

प्रतिक्रिया