आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मधेसबाट लखेटिए उपेन्द्र यादव, ज्यान जोगाउन मुस्किल

प्रकाशित
3.2K
SHARES

काठमाडौ। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मद्येशबाट लखेटिएका छन्। आफ्नै किल्लामा उनलाई ज्यान जोगाउन मुस्किल भएको छ। मधेस आन्दोलनमा मधेसीको अधिकारका लागि सोझा–साझा मधेसी जनतालाई शहिद बनाएको भन्दै उनी मद्येशबाट लखेटिएका हुन्। अधिकारका लागि ज्यान गुमाएका परिवार र सम्पूर्ण मद्येशी जनताले भनेजस्तो अधिकार नपाएपछि उनीमाथि शहिद परिवार खनिएको हो।

त्यो मधेसीको आन्दोलन, मधेसी नागरिकको शहादत उपेन्द्रका लागि खाली सत्ताको सिँढी चढ्ने माध्यम बन्यो। भन्दै जनताहरु आक्रोशित भएका हुन्। कतिसम्म भने शहिदका परिवारले वर्षौ वित्दा पनि राहत र क्षतिपूर्ति पाएका छैनन्। पटक पटक सत्तामा पुगेका उपेन्द्रले ठोस प्याकेज ल्याउन कुनै चासो दिएनन् शहिद परिवारका लागि।

पटक पटक आश्वासनमात्रै बाँडिरहे। मधेसी जनतालाई ठगिरहे। पटकपटक ठगेपछि शहिद परिवारको धैर्यताको बाँध टुटेको छ। हालै जनकपुर पुगेका उपेन्द्रलाई शहिद परिवारका सदस्यले नाराबाजी गरेर लखेटेका छन्। भित्र कार्यक्रम हुँदा बाहिर शहिद परिवारका सदस्यले आफूहरुलाई पटक पटक ठगेको भन्दै नाराबाजी गरेका थिए।

उनीहरुको नाराबाजीका बिच केही शहिद परिवारका सदस्यलाई एउटा गम्छन दिएर सम्मानका नाममा भुल्याउन खोजे पनि सफल भएनन्। अन्तत मधेसी शहिद परिवारको नाराबाजीबिच उपेन्द्र त्यहाँबाट बाहिरिए। विभिन्न आश र भरोसा बोकेर उपेन्द्र कहाँ गएका शहिद परिवारलाई उनले एक गम्छा दिएर ठगे।

शहिदको परिवारले पाउने क्षतिपूर्ति पहिला संघीय सरकारले दिन्थ्यो। अहिले संघबाट तानेर प्रदेशमा ल्याइएको छ। तर ३ वर्ष वित्दा पनि उपेन्द्रका कार्यकर्ता लालबाबु राउत मुख्यमन्त्री बनेर आफ्नै पार्टीको सरकार हुँदा बाँडिएको छैन।

उपेन्द्रले शहिद परिवार भुल्याउन यसपालि पनि आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई शहीद परिवारको भरण पोषण तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन निर्देशन पनि दिए। यो निर्देशन यादवले विगत ३ वर्षदेखि दिँदै आएका छन्। तर शहिद परिवार रोडमा छन्। शहिद परिवारको भावनासँग खेलवाड गरी विभिन्न कार्यक्रममा सहयोगको नाममा बोलाएर गम्छा दोसल्ला दिएर नै ठग्दै आएका छन्।

शहिद परिवारहरुलाई रोजगारी, घाईतेको उपचार सहितको वाचाहरु यादवले विगतदेखि नै गर्दै आएका छन्। शहिद परिवारको नाममा विनियोजन गरिएको रकमलाई विभिन्न योजना र जनप्रतिनिधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए।

प्रदेश सरकार बनेको ४ बर्ष भएपनि शहिद परिवारहरुले रोजगारी पाउन सकेको छैनन्। कार्यक्रममा सहभागी शहिद परिवारका सदस्यले पटक पटक आश्वासन दिएर आफूहरुलाई ठगेको गुनासो गरेका थिए।

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डिप्रेसनको शिकार भएको बताएका छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले प्रचण्ड डिप्रेशनको सिकार भएको बताएका हुन् ।सार्वजनिक मन्चबाट प्रचण्डले एमालेसँग प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएपछि बस्नेतले यस्तो कुरा लेखेका हुन्।

प्रचण्डले एमालेलाई दिएको धम्की एमालेले ‘फु’ गर्दा धुलोमा विलिन हुने बस्नेतले बताए। उनले सामाजिक संजाल मार्फत प्रचण्डलाई खवरदारी गरेका छन्। अध्यक्ष प्रचण्डले ललितपुरमा आयोजित एक कार्यक्रममा एमालेसँग देशैभर प्रतिवाद तथा विभिन्न आक्षेपहरु नलगाए चुनाव जितिन नसक्ने भन्दै कार्यकर्तालाई सोही अनुसार एमालेले गरेका राम्रा कामहरुलाई समेत नराम्रो भनि व्यापक मात्रामा प्रचार गर्न निर्देशन दिएका थिए।

सोही प्रसंगलगायतका अध्यक्ष प्रचण्डका पछिल्लो समयका अभिव्यक्ति तथा गतिविधिहरुलाई लक्षित गर्दै नेता बस्नेतले प्रचण्डमा ठूलो डिप्रेशन देखिन खोजेको आरोप लगाएका छन्। एमालेलाई कमजोर नबनाई अरु पार्टीले चुनाव जित्न सक्दैनन् भन्ने कुरा आजको यथार्थ प्रचण्डले विश्लेषण गरेका उल्लेख गर्दै नेता बस्नेतले समकालिन नेतृत्वमा केपी ओलीको शिखर ब्यक्तित्व सबैको लागि डाँह र इर्स्याको विषय बनेको बताए।

एमालेको संभाबित बिजयको यात्राबाट आतंकित भएको देखिएको उल्लेख गर्दै नेता बस्नेतले एमाले आफ्नो बाटोमा निरन्तर हिडिरहन्छ बाधा अडचन गर्न आउनेलाई पन्छाएर हिड्न सक्षम रहेको उल्लेख गरे। प्रचण्डको एमालेलाई पछिल्लो समय दिएको धम्कि हात्तीलाई भुसुनाले टोके जस्तै मात्र भएको उल्लेख गर्दै एमालेले फु गर्दा प्रचण्डको धम्कि धुलोमा बिलिन हुने दावी गरे।

बिगतको हत्या, हिंसा भ्रष्टाचार र आतंककारी गतिविधिको पश्चाताप र भबिष्यमा हुन सक्ने सजाय र दुर्गतिको आंकलनले प्रचण्डको बिक्षिप्त भएको समेत नेता बस्नेतले आरोप लगाए।

यसैगरि, नेकपा एमालेले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुबै व्यवस्था कायम राख्ने भएको छ। तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्यख्या गरिएको छ। ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो।

त्यसको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए । एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए। ७० वर्ष उमेर हद कायम राख्दै भन्दै पौडेलले भने भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ।

उनले हाँस्दै भने, ‘कमरेडहरुले बुझ्नुभयो होला। पौडेलसँगै हलमा उपस्थिति प्रतिनिधिहरु पनि हाँसे। उनको आशय, ७० वर्षे उमेर हदको यो व्याख्या अध्यक्ष केपी शर्मा ओलीको अनुकल हो भन्ने सबैले बुझेका छन् । एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन्।

तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ। एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन्।

प्रतिक्रिया