आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धेरै गनगन गर्दा नमज्जाले पछारिए गगन थापा, प्रधानमन्त्री देउवाले गरे यस्तो बोल्ड निर्णय

प्रकाशित
506
SHARES

काठमाडौं । चर्चाको लालसा भएका नेतामा गनिने नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीको सरकारको धुवादार विरुद्ध गरेको कुरा अहिले उनलाई निकै भारी परेको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापालाई देउवाले मन्त्री नबनाउने निर्णय नै गरेका हुन् ।

पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिल्यौ मन्त्री भइसकेकालाई मन्त्रीमा नपठाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा रहनुभएका नेता थापा पछिल्लो समय पौडेल समूहमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसक्नु भएको छ ।

यो सँगै उहाँको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । उहाँले वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ । जबकी काँग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धन भित्र सहमति भएको बताइन्छ । सो अनुसार अब काँग्रेसको भागमा ३ मन्त्री छन् ।

पौडेल समूहमा मन्त्रीका लागि २ जना भाग पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्बभावना रहेको छ । सिटौला पक्षबाट पनि एक मन्त्री बन्ने निश्चित छ । जसमा उमाकान्त चौधरी र भीमसेनदास मध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेसका कारण लामो समयससम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन । तर राष्ट्रपति भण्डारीले केही दिनअघि उक्त अध्यादेश खारेज गरिदिएपछि मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ ।

त्यस्तै मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ । गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल विरामी भएपछि बैठक नै बसेको थिएन ।

शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय भागबण्डा टुंग्याउने कार्यादेश दिएपछि नेताहरु छलफलमा जुटेका हुन् । कार्यदलले सम्भवत आजै मन्त्रालयको भागबण्डा टुंग्याएर शीर्ष नेताहरुलाई ब्रिफिङ गर्ने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने कोसिस भइरहेको जनाइएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया