आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले दिए तीन बुदेँ सहमति भंग भएको सन्देश, विप्लवका नेताविरुद्ध पक्राउ पुर्जी

प्रकाशित
562
SHARES

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपासँग भएको तीन बुँदे सहमति भंग गरेको सन्देश दिएको छ। नेताहरुलाई पक्रा पुर्जी जारी गरेर सरकारले सहमति भंग भएको सन्देश दिएको हो। सरकारले तीन बुँदे सहमतिको उलङ्घन गरेको छ। सरकारले नेकपाका केन्द्रीय सदस्य तथा म्याग्दी बाग्लुङ इन्चार्ज ध्रुवको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेर भएपछि सहमति उलङ्घन गरेको हो।

२०७७ फागुन २१ गते सरकार र नेकपाबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि नेकपाका नेता तथा कार्यकर्ताको नाममा रहेका सम्पूर्ण झुठा मुद्दाहरु खारेज गर्ने, नेताकार्यकर्ता रिहा गर्ने सहमति भएको थियो। सरकारले ३ बुँदे सहमति कार्यावन्वयन गर्नुको सट्टा उल्टै पक्राउ पुर्जी काटेको छ। नेता ध्रुवको नाममा सार्वजनिक सम्पत्तिको बिनाश गरेको मुद्दामा २०७८ असोज ११ गतेको आदेश बमोजिम भन्दै अदालतका कर्मचारीले वडा कार्यालयमा पक्राऊ पुर्जी टाँसेका हुन्।

नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको बेला देउवा सरकारले नेकपाका नेता कार्यकर्तामाथि पक्राउ पुर्जी काटेर दमनको नीति लिन खोजिरहेको छ। ३ बुँदे सहमतिपछि त्यसको कार्यान्वयन गर्ने पर्ने भन्दै नेकपाले सरकारलाई दवाव दिएको छ। तर सरकार भने सहमति कार्यावन्यन गर्नुभन्दा उलङ्घन गरिरहेको छ।

अहिलेसम्म नेकपाका नेता संगमलगायत करिब सयभन्दा धेरै नेता कार्यकर्ताहरु जेलमा रहेका छन्। सरकारले नेकपाले उठाउदै आएको राजनीतिक मुद्दालाई कमजोर बनाउन र नेता कार्यकर्तालाई दुःख दिने नियतले सरकारले गतिविधि गरिरहेको भन्दै यसका विरुद्ध राजनीतिक तथा कानुनी दुवै हिसावले शसक्त प्रतिरोध गर्ने नेकपा स्रोतले बताएको छ।

नेपाल विद्युत प्राधिकरण एक्सनमा उत्रिएको छ। प्राधिकरण बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गर्ने इन्टरनेट र केबल टिभीको तार काटेर एक्सनमा उत्रिएको हो । विराटनगर वितरण केन्द्रले तीन ठाउँमामा इन्टरनेट र केबल टिभी तार काटेर एक्सनमा उत्रिएको हो।

शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए । विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ। बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो।

इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन्। बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद छ। सेवा प्रदायकहरुले भाडा प्रयोग गरे बापतको रकम भुक्तानी गर्न नमानेपछि तार कटौती गरेको हो। प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन्।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन्। ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन्। आर्थिक वर्ष २०७७÷७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी छ।

नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दैछ । मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ ।तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि समय तय नभएको बताए। ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए।

शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए। सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो। तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ ।सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन्।

यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन्। गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक जनालाई पनि सरकारमा पठाएका छैनन्। यसैगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री छन्।

प्रतिक्रिया