आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व राजनीति नै तरंगित हुनेगरी किमले आफ्नै बहिनीलाई सुम्पिए यति महत्वपूर्ण जिम्मेवारी

प्रकाशित
457
SHARES

काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई देशकै महत्वपूर्ण निकायको सदस्य बनाएका छन् । जोङलाई राष्ट्रिय मामिला परिषद (स्टेट अफेयर्स काउन्सिल) को सदस्य बनाइएको उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसिएनएले जनाएको हो । उक्त परिषद उत्तर कोरियाको सर्वोंच्च निर्णय–निर्माण निकाय हो र नेता किमले यसको नेतृत्व गर्दै आएका छन् ।

यसअघि नै देशको महत्वपूर्ण राजनीतिक व्यक्तित्व बनिसकेकी जोङ आफ्ना दाजु एवं सर्वोच्च नेता किमकी प्रमुख सल्लाहकार समेत हुन् । तर राष्ट्रिय मामिला परिषदको सदस्य पद उनले हालसम्म सम्हालेको सबैभन्दा ठूलो पद हो ।समाचारअनुसार जोङसँगै अन्य ७ जनालाई समेत परिषदको सदस्य बनाइएको छ । परिषद्मा भएको हेरफेरपछि नयाँ सदस्य बन्नेमा उनी एकमात्रै महिला हुन् ।

नेता उनले व्यवस्थापिकालाई दक्षिण कोरियासँग बन्द भएको सञ्चार–सम्पर्क लाइन पुनस् सुचारु गर्ने बताएको एकदिनपछि नै जोङलाई महत्वपूर्ण अंगको सदस्य बनाइएको छ ।दक्षिण कोरियामा भएको हिउँदो ओलम्पिक सहभागी भएकी, दक्षिणका राष्ट्रपति मुनसँग वार्ता गर्न दाईलाई सघाएकी र ट्रम्पसँगको वार्तामा समेत भूमिका खेलेकी हुनाले उनको बढुवालाई महत्वका साथ हेरिएको छ ।

दुबै मुलुकले एकअर्काका गतिविधि वा मनसायलाई अपव्याख्या वा अवमूल्यन गर्दा हुने सैन्य टकरावलाई रोक्न सक्ने भएकाले आपसी सञ्चार सम्पर्कलाई महत्वपूर्ण मानिन्छ । सञ्चार सम्पर्क पुनस्स्थापित गर्ने किमको घोषणालगत्तै दक्षिण कोरियाले समेत अन्तरकोरियाली सञ्चार ‘सुचारु एवं स्थिर व्यवस्थापन’का लागि तयारी गर्ने बताइसकेको छ ।

गत वर्षको जुनमा उत्तर कोरियाले सञ्चार–सम्पर्क लाइन (अयmmगलष्अबतष्यल ष्लिभक) विच्छेद गरेको थियो । तर यसै वर्षको जुलाईमा पुनस् सुचारु भएपनि लगत्तै अगस्टमा बन्द गरिएको थियो ।जोङ नेता किमको सबैभन्दा शक्तिशाली र विश्वासिलो सहयोगी हुन् । गत गर्ष दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले उनी ‘सेकेण्ड इन कमाण्ड’ भनेर व्याख्या गरेको छ । तर उनको आधिकारिक हैसियत सँधै अस्पष्ट रहँदै आएको छ ।

यसैगरि , चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । यस हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्छ । ब्याक टु ब्याक चमत्कार गर्दै आएको चीनले हतियारमा अत्याधुनिक हतियार बनाएर ईतिहास बनाएका हो । यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ ।

यो क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि रासायनिक विस्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठप्प बनाउने क्षमता यससँग छ । बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुसन्धाताहरूका अनुसार, यसले अन्तरिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ । टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासायनिक वि’स्फो’ट हुन्छ ।

यसले फ्लक्स कम्प्रेसर जेनरेटर भनिने विद्युतीय ऊर्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट शक एनर्जी बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ ।यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्युनिकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगारिदिन सक्छ । यस ह’तिया’रबाट यु’द्धको दिशा नै परिवर्तन हुन सक्छ । शत्रुलाई आफूमाथि प्र’हार भएको छ भन्ने नै थाहा हुन्न ।

चीनले देखायो आफ्नो अत्याधुनिक वायुसैन्य हैतियार: चीनले मंगलवार आफ्नो अत्याधुनिक वायुुसैन्य हतियारको प्रदर्शनी गरेको छ । त्यसक्रममा उसले निगरानी गर्ने ड्रोन र शत्रुका विद्युतीय उपकरणलाई जाम गर्ने जेटहरू पनि देखाएको छ । ताइवान, दक्षिण चीन सागर र अन्य क्षेत्रमा तनावको स्थितिमा चीनले यस्तो प्रदर्शन गरेको हो ।

दक्षिणतर्फ रहेको तटीय शहर चुहाईमा आयोजित विशाल एयरशोमार्फत बेइजिङले आधुनिक युद्धका लागि आफ्नो सेनालाई अद्यावधिक गराउन खोजेको छ । युद्धको प्रविधि तथा लगानीमा चीन अहिले पनि अमेरिकाभन्दा पछि परेको छ तर उसले त्यस अन्तरलाई घटाउँदै लगेको विज्ञहरू बताउँछन् ।प्रदर्शनीमा चीनको सिंगल इन्जिन जे–१० र जे–२० स्टेल्थ ल’डाकू विमान पनि १३औं चाइना इन्टरनेसनल एभिएसन यान्ड एरोस्पेस एक्जिबिसनमा देखाइएको छ ।

प्रतिक्रिया