आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले अस्पतालमै सुन्नपर्यो अत्यान्तै दुखद खवर, बलियो खम्बा ढल्यो

प्रकाशित
2.7K
SHARES

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। अस्पतालमै उपचार गराइरहेका नेपालले अत्यान्तै दुःखद खवर सुन्न परेको हो। जिल्ला जिल्लामा पार्टी जिल्ला कमिटी घोषणा गरिरहेको नेकपा एसले काभ्रो ठूलो धक्का बेहोर्नु परेको छ। जिल्ला कमिटीमा राखेका धेरै नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन्।

तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए । त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफूहरु एमाले मै रहेको घोषणा गरेका थिए।

काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।नेकपा एस काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ।

भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिवसम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन। हाल लामा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन। त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार सम्बादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विरामी परेर त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेका छन्। रुघाखोकी, ज्वरो र पखालासमेत नरोकिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो। बोल्न पनि नसक्ने अवस्थामा रहेका नेपाल शुक्रबारदेखि सामान्य कुराकानी गर्ने अवस्थामा पुगेका छन्।

शुक्रबारै उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्ग्याएका छन् । उनले अन्तिम रुप दिएका नेताहरु पहिलो पटक मन्त्री बन्ने छ। समाजवादीले एक राज्यमन्त्रीसहित ६ जना मन्त्रालय पाएको छ। एकीकृत समावादीबाट सरकारमा पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्व गर्ने छन्।

समाजवादीले खतिवडासहित, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाईको नाम फाइनल बनाएको छ।उनीहरुमध्ये प्रेम आलेबाहेक सबै पहिलो पटक मन्त्री बन्दैछन्। सिंहदरबारका लागि उनीहरु नयाँ अनुहार हुन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेसँगै समाजवादी सरकारमा जाने बाटो खुलेको थियो।

आज वा भोली सरकारले पूर्णता पाउने छ। देउवा मन्त्रिमण्डल विस्तारका लागि अन्तिम तयारीमा जुटेका छन्। गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँडमा सहमति जनाउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बालुवाटार श्रोतको भनाई छ । गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मन्त्रालय भागवडामा कुरा मिलेको छैन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले आफू पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।यता एकीकृत समाजवादीले पनि भौतिक पूर्वाधार वा सहरी विकास मध्ये एउटा आफ्नो पार्टीले पाउन पर्ने अडान राखेको छ।

यसैगरि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लब सँग नयाँ प्रस्ताव राखेका छन् । सार्वजनिक मन्चबाटै प्रचण्डले नयाँ जनयुद्ध गर्ने प्रस्ताव राखेका हुन्। पछिल्लो समय निकै निराशावादी अभिव्यक्ती दिदैं आएका प्रचण्डले आफू विप्लव लगायत पूर्वमाओवादीहरुसँग मिलेर नयाँ जनयुद्धको खोजीमा रहेको सार्वजनिक घोषणा गरेका हुन्।

पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ । शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन्।

फेरि नयाँ जनयुद्ध गर्नुपर्छ। म हाम्फालेको छु। हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु। उनले भने। प्रचण्डले अगाडि भने, ‘प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने छ। ‘सबैले आ–आफ्नो समीक्षा गरौं। समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं। त्यसका लागि हामी सुध्रिन पर्छ’, उनले भने।

प्रतिक्रिया