आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महाधिवेशन चलिरहेका बेला ओलीलाई लाग्यो यस्तो झट्का, पूर्व माओवादीमा खुसियाली

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । एमालेभित्र रहेका पूर्वमाओवादी नेताहरू ओलीसंग फायर हुन् थालेका छन् । बिहिबार मात्रै प्रभु शाहले आफ्ना माग पुरा नभए महाधिवेशनमा सहभागी नहुने धम्की दिएका थिए ।

माग पुरा गर्ने आश्वासन दिएर एमाले अध्यक्ष केपी ओलीले उनलाई थामथुप पारेका छन् । ठिक त्यहि बेला यता  टोपबहादुर रायमाझी पनि ओलीसँग रिसाएका छन् । एमालेमा भनेअनुसारको जिम्मेवारी नपाएपछि उनी माओवादीमा फर्किने तयारीमा छन् ।

यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा पूर्णरुपमा नै एमालेमा लागेका छन् तर प्रभु शाह, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसँग असन्तुष्ट छन् ।

एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ । पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ । एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ ।

एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छोड्न सक्ने स्रोत बताउँछ । पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन् । उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन् ।

एमाले विधान महाधिवेशन चलिरहेका बेलामा साहले भने विधान महाधिवेशन रोकेर माओवादी समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन् । त्यही तर्कका आधारमा ८ वटा माग राखेका हुन् । त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ ।

यसैबीच नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिनेछ।

प्रतिक्रिया