काठमाडौ। पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रिसाएका छन्। एमालेमा भनेअनुसारको जिम्मेवारी नपाएपछि उनी माओवादीमा फर्किने तयारीमा छन् ।यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा पूर्णरुपमा नै एमालेमा लागेका छन् तर प्रभु शाह, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसँग असन्तुष्ट छन्।
एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ। पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ । एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ। एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छोड्न सक्ने स्रोत बताउँछ।
पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन्। उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन्। एमाले विधान महाधिवेशन चलिरहेका बेलामा साहले भने विधान महाधिवेशन रोकेर माओवादी समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन्। त्यही तर्कका आधारमा ८ वटा माग राखेका हुन्। त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले निडरता देखाएका छन्। प्रायः चाकडी पटक्कै नगर्ने सत्य कुरा बोलिहाल्ने नेताको पहिचान बनाएका उनले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको उनकै अगाडी धुवादार रुपमा खण्डन गरेका हुन् ।उनले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बताएका छन्।
अध्यक्ष ओलीले उनीहरूको अभाव नखड्किने बताएका थिए। उक्त अभिव्यक्तिको विरोध गर्दै भुसालले लामो समयका सहयात्रीको अभाव भैरहने बताएका थिए । शुक्रबार विधान महाधिवेशनस्थल गोदाबरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले लामो समयदेखि एमालेमा लागिरहेका साथीहरुको अभावै खड्किन्न भन्नु उदण्डता हुने बताए।
अभाव खड्किने भए पनि भावनाले भने पार्टी नचल्ने भुसालको भनाइ छ। ‘भावनाले चल्थ्यो भने उहाँहरु यहीँ हुनुहुन्थ्यो। उहाँहरु भावना, विवेक र राजनीतिक निर्णयका हिसाबले अर्कै निर्णय गर्नुभयो। उहाँहरुलाई पनि यस पार्टीसँग भावनात्मक सम्बन्ध थियो होला। तसर्थ भावनाको कुरा अगल हो। तर, व्यवहार र जीवनको कुरा, त्यसका वास्तविकता, व्यवहारिक कुरा फरक छन्’, उनले भने।
उनले आफूहरु एमालेभित्रका समस्या यहीँभित्र समाधान गर्न सकिने पक्षमा रहेको बताए। ‘एमालेमा यस्ता समस्या हिजो पनि आएको थियो। हामी लड्यौं। र, त्यसलाई समाधान गर्दै गयौं। विभाजन भएर पनि हामी एकै ठाउँमा भएर समाधान गर्ने दिशामा गयौं। हिजो हामीले सिकेर आएका हौं’, उनले भने।
एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन्। केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसंघर्ष गर्ने तयारीमा देखिएका छन् । यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा बादल पूर्णरुपमा नै एमालेमा लागेका छन्।
तर प्रभु शाह, मणि थापा टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसंग खासै सन्तुष्ट देखिएका छैनन्। एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ। पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ।
एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ। एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छोड्न सक्ने स्रोत बताउँछ। माओवादीमै भएका नेताहरु समेत अहिले पदका लागि मारामार गरिरहेका बेला टोप बहादुरहरु फर्किदा खुसी हुनुपर्ने माओवादी अध्यक्ष प्रचण्ड पदको व्यवस्थापन गर्न झनै कठिन हुने डरले तनावमा रहेका स्रोत बताउछ।
पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन्। उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन्। एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा पुगेका बेला साहले भने विधान महाधिवेशन रोकेर माओवादी समेत समेटेर एकता महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन्। त्यही तर्कका आधारमा ८ वटा माग राखेका हुन्। त्यसको खास मक्सद चाहिं एमालेका स्थायी कमिटी सदस्यको बार्गेनिङ रहेको बताइएको छ।
प्रतिक्रिया