आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली काँग्रेस फुट्यो, समानान्तर कमिटी गठन

प्रकाशित
4.8K
SHARES

काठमाडौ। अन्तत नेपाली कांग्रेस विभाजित भएको छ। यो हुम्लाको खवर हो। हुम्लामा नेपाली कांग्रेस विभाजन भएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै हुम्लामा कांग्रेस विभाजन भएको हो। मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेको भन्दै पौडेल समूहले समानान्तर कमिटी गठन गरेको हो।

हुम्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो। कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले जानकारी दिइन्। सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले निर्वाचन क्षेत्र (क) प्रदेशमा फर्जी मतदान भएको दुखेसो गरिन्।

फर्जी मतदान गरेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेको सांसद शाहीको भनाइ छ। पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो। फर्जी मतदानको कुनै सुनुवाइ ‍भएन भने गाँउ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्न बाध्य हुने पौडेल समूहको भनाइ छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताएका छन् । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुनुहुँदै उनले पार्टीले वडास्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गरे ।लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । “लोकतान्त्रिक अभ्यास अवलम्बन गरकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ”, उनले भने ।

कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्नुहुँदै उनले लोकतन्त्रमाथि कसैले आघात पुर्‍याउन खोजे त्यसको प्रतिकार गर्ने बताए।“कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,” पौडेलले भने, “कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।” पार्टीँसँगै समाजलाई लोकतान्त्रिकरण गर्ने अभियानमा आफू लागि परेको उनले स्पष्ट पारे । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडलले बताए ।

नेताभन्दा पार्टी बलियो हुनुपर्ने उनले सुनाए ।कार्यक्रममा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला, नेता रामचन्द्र पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा आँबुखैरेनी गाउँ कार्यसमितिका नवनिर्वाचित सभापति विष्णु पन्तलगायत पदाधिकारी एवं सदस्यलाई पदस्थापन गराइएको थियो ।

कर्णालीमा माओवादी र कांग्रेसबीच भएको सहमति बिबादमा के हुन्छ अब ?

एमाले र माओवादीको बिबाद पछिको संकट सबैभन्दा पहिले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामना गरे । अल्पमतमा परेको भनिएका शाहीले गत वैशाख ३ मा विश्वासको मत पाए । उनलाई कांग्रेस र एमाले असन्तुष्ट पक्षले सघायो । एमालेका माधवकुमार नेपालपक्ष भनिएका नेताहरुले पार्टी ह्वीप उल्लंघन गरेर शाहीलाई विश्वासको मत दिए। भलै उनीहरुलाई एमालेले कारबाही गरेर सांसदविहीन हुनु पर्‍यो । उनीहरुले कारबाही भोगेर भएपनि शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएर सरकार जोगाइदिए ।

त्यतिबेला अप्ठ्यारोमा परेका शाहीलाई कांग्रेसले विश्वासको मत दिएर सहयोग गरेको थियो। त्यसक्रममा शाहीले कांग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने भद्र सहमति गरेको कांग्रेसका एक सांसद बताउँछन् । प्रदेश सभाको बाँकी अवधि डेढ वर्ष माओवादी र कांग्रेसले मिलाउने सहमति गरेका थिए । तर, त्यो सहमति लिखित रुपमा भने छैन।

संघमा गठबन्धनको सरकार भएकाले प्रदेशमा समेत गठबन्धनको भागवण्डाको सरकार बनाउने सहमति भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले बताए। तर, कुन प्रदेशमा कुन पार्टीको सरकार हुने भन्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताए। तर, माओवादीका अर्का नेताले कर्णाली र लुम्बिनी प्रदेशमा माओवादी र कांग्रेसबीच आधा – आधा कार्यकाल चलाउने सहमति भएको बताए । त्यो आधा कार्यकाल पनि संघको गठबन्धन सरकारका आधारमा तय हुने उनको भनाइ छ ।

माओवादी र कांग्रेसबीच भएको भद्र सहमति अनुसार माघ मसान्तसम्म शाहीले मुख्यमन्त्री छोड्नु पर्ने छ । कांग्रेससँग गरेको सहमति पालना हुने वा नहुने संघीय सरकारको गठबन्धनमा भर पर्नेछ । संघीय सरकारको गठबन्धन भत्किएमा त्यो भद्र सहमति त्यसै हराएर जाने देखिएको छ । अहिले माओवादीसँग भएको भद्र सहमतिको समय आउनुअघि कांग्रेसका नेताहरुले त्यसलाई सम्झाउन बारम्बार मिडियामार्फत् सार्वजनिक गर्ने गरेका छन् ।

तर, मुख्यमन्त्री शाही सजिलै आफ्नो पद छोड्ने मनस्थितिमा छैनन् । माओवादीका शाहीले मुख्यमन्त्री छोडेमा कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । अहिले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठ छन् । एकीकृत समाजवादी पार्टीबाट कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्।

अरु मन्त्री माओवादी केन्द्रबाट छन् । कर्णाली प्रदेशमा कुल ४० प्रदेश सभा भएपनि पाँच संसद् कारबाहीमा परेकाले ३५ सदस्यीय प्रदेश सभा छ। त्यसरी कारबाही पर्नेमा एमाले चार र माओवादी एक सांसद छन्। हाल भएका ३५ सदस्यमध्ये एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपा एक जना छन्।

यसैगरि, एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले माग पूरा नभएसम्म संसद अवरोध गरिरहेन बताएका छन्। सभामुख अग्नी सापकोटाले संविधान तथा ऐन नियम विपरित काम गरेकाले माफी मागी गल्ति नसच्याएसम्म संसद अवरोध कायमै रहने उनले बताए। शुक्रबार दिउँसो १ बजे बस्दैछ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निष्कासन गरी सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीका लागि गल्ती स्वीकार नगरेसम्म संसदमा अवरोध कायम रहने एमाले प्रवक्ता ज्ञवालीले जोड दिए।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएकाले लामो समयसम्म नटिक्ने दावी गरे।

अपवित्र गठबन्धन भएकै कारण सरकारले ३ महिनासम्म मन्त्रिमण्डल गठन गर्न नसकेको उनले जिकिर गरे। गठबन्धनमा संघीयताको घोरविरोधी जनमोर्चा, र विखण्डनवादी सोच भएकाले ७ प्रदेशलाई टुक्राएर तराई, पहाड अलगअलग प्रदेश बनाउनुपर्छ भनी वकालत गर्दै आएको उनले बताए।

जसपाजस्ता पार्टीको क्षणिक स्वार्थका लागि मात्र गठबन्धन भएको एमाले प्रवक्ता ज्ञवालीले बताए । उनले आउँदो स्थानीय निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगरी एकल उम्मेदवारी दिने बताए ।

मुलुकलाई अनिर्यणको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने धारणामा एमाले अडिग रहेको उनको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएका सरकारका प्रतिनिधिसँग यस विषयमा छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताए।

सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने बताए । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकाश पाउने दावी उनले गरे।

सरकार भारतीय सीमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्ने गरी गलत काम गरिहेको नेता ज्ञवालीको आरोप छ।

प्रतिक्रिया