आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि संसद विघटन गर्ने खेल सुरु, यस्तो छ भित्रि सड्यन्त्र

प्रकाशित
243
SHARES

काठमाडौ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेकपा एमालेले फेरि पनि संसद् विघटन गर्नका लागि तानाबाना बुनिरहेको आरोप लगाएका छन् । संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु चुट्न खोजेको पनि उनले बताए । आज बिहान पत्रकार अन्तरक्रिया  कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीजीले दुई चोटि प्रतिनिधिसभा भत्काउनुभयो ।

हामीले पुनःस्थापना गरेपछि पनि भत्काउनका लागि सांसदहरुलाई उफारिरहनुभएको छ । ओलीजीलाई त संसद् देख्नै नहुनी रहेछ । ओलीजीले सत्ताबाट हट्नुपरेको पिरलो र बदलाको भावनाले संसद्लाई अनिर्णयको बन्दी बनाइरहनुभएको छ । उहाँ संसद्लाई फेरि पनि भत्काउन लाख कोसिस गरिरहनुभएको छ ।

नेता केसीले ओलीले देशलाई रमिता बनाउन खोजेको आरोप पनि लगाए । उनले थपे, “ओलीले संविधानमा नै नभएको व्यवस्था अनुसार संसद् भत्काउनुभयो । अरु देशको कानुनको कुरा जिद्दी र ढिपी गरेर हुन्छ रु संसद्को आयु अझै एकाध वर्ष छ । कोभिडका बेला मुलुकलाई जबर्जस्ती चुनावमा धकेल्नै हुन्न । त्यो रमिता त देखाउने कुरा मात्रै हुन्छ ।”

कार्यक्रममा नेता केसीले एमसीसी खारेज हुनुपर्ने स्पष्ट पारे। उनले भने, “एमसीसी अमेरिकी साम्राज्यवादको षडयन्त्र हो । पहिले ओलीले सकेनन्, अहिले देउवाले कोसिस गरिरहेका छन् । तर यो नेपाली जनतालाई मान्य छैन। दान दिने मान्छे लौरो लिएर किन नेताको घरघरमा धाए रु यो जून घामझैं छर्लंग छ । अमेरिकाले एमसीसीलाई खाए खा नखाए घिच् किन भनिरहेको छ रु”

कांग्रेसले एमसीसी पास गर्ने एजेन्डा ल्याउँदा आफूहरुले न्यूनतम साझा कार्यक्रममा राख्न नदिएको पनि केसीले बताए। उनले भने, “त्यो ल्याउनै हुन्न संसद्मा । यहाँ विदेशी साम्राज्यवादीको एजेन्टका रुपमा काम गर्ने मान्छेहरु छन् ।त्यस्तो दुस्साहस गरे उनीहरुको पनि राजनीति सकिन्छ। एमसीसी नेपालीको टिठले आउन खोजेको हो कि चीन विरोधी अखडा बनाउनका लागि रु श्रीलंकाका जनताले जस्तै एमसीसीलाई खोटो मोहरझैं फर्काइदिनुपर्छ ।

यो चित्रबहादुर खत्रीको माग होइन, नेपाली जनताको माग हो । सत्ता गठबन्धनका दलहरुभित्रकै कचिंगलले मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनले बताए । केसीले भने, “हामी सरकारमा छैनौं, प्रतिपक्ष हौं। हामीले त जसपा र एकीकृत समाजवादीमा कचिंगल भए पनि कांग्रेस र माओवादी मिलेर एक दर्जन मन्त्री बनाउन सक्छौ, फर्मेसन गर भनेकै हो।

तर नेपाली प्रवृत्ति के रहेछ भने सबैलाई मन्त्री बन्नैपर्ने, त्यसमाथि मालदार मन्त्रालय नै चाहिने। देशको भन्दा व्यक्तिको स्वार्थमा चुर्लुम्म डुब्ने। यो कुरा त बारीमा कौवा पस्यो, कौवा पसेपछि मकै खायो भनेजस्तै हो। सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने प्रवृत्तिको सिकार नेपाली जनता भएका छन्। यो तरिका बेठीक हो।

यसैगरि, अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक दर्जन युवा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी प्रवेश गर्नेमा दिपक थापा, माधव भुसाल, लक्षमण थापा, सरोज जि। एम, नारायण राना, सागर राना, सागर थापा, कृष्ण थापा, बाबुराम थापा, सन्तोष राना, बलराम मरासिनी लगायतका युवा नेकपा एस मा प्रवेश गरेका हुन।

उनिहरु आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा उपस्थित भई पार्टी प्रवेश गरेका हुन। उनिहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानले सबैको आशा, भरोसा नेकपा एसमा रहेको बताएका छन्। उनले कुनै अप्ठ्यारो परेमा सधैं साथ दिने प्रतिबद्धता पनि जनाएका छन्।

यस्तै अध्यक्ष चौहानले आउदै गरेको विजय दशमी तथा शुभ दिपावलीको सबैलाई शुभकामना समेत व्यक्त गरेका थिए। यस्तै युवाहरुलाई स्वागत गर्दै युवा संघका अध्यक्ष पुष्कर पौडेलले पनि महत्त्वपूर्ण कुरा राखेका थिए। पार्टी प्रवेश कार्यक्रममा नेकपा एस अर्घाखाँचीका नेता सिद्वि प्रसाद भुसालले स्वागत मन्तव्य राखेका थिए भने युवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया