आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी फुट्यो एमाले, यस्तो छ नयाँ पार्टीको नाम

प्रकाशित
2K
SHARES

काठमाडौ। नेकपा एमाले दोश्रो पटक फुटेको छ । माओवादी परित्याग गरी एमाले बनेको ९ महिना पछि प्रभु शाहले एमाले फुटाएका हुन् । पार्टी फुट रोक्नलाई अध्यक्ष ओलीले बिहीबार अन्तिम प्रयास गरेपनि त्यस सफल हुन सकेन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता प्रभु साहबीच भेटबार्ता भएको थियो ।

पार्टीमा असन्तुष्ट शाहलाई बालकोटमै बोलाएर ओलीले छलफल गरेका थिए । बिहीबार साहलाई बालकोटमा बोलाएर आफ्नो तर्फबाट सहमति गर्न तयार भएकाले मिलेर जान ओलीले आग्रह गरे  । मैले तपाईंसँग के–के सहमति गर्नुपर्ने हो, त्यो गर्न तयार छु। तपाईं हामी मिलेर जाऔं,’ ओलीको भनाइ उदृढ गर्दै ओली निकट एक नेताले भने।

तर, साहले तत्कालीन नेकपामै निरन्तरता हुनुपर्ने बताए। ‘नेकपाले मान्दै आएको विचार सिद्धान्त मान्ने भएमा त्यो सबै लिखित रुपमा सहमति भए एउटै पार्टीमा बस्न तयार छु,’ उनले भने। तत्कालिन नेकपामा विवाद आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपक्षलाई छोडेर साह ओलीपक्षमा गएका थिए।

प्रचण्ड–नेपालको साथ छोडे लगतै ओलीले उनलाई सहरी विकासमन्त्री बनाएका थिए। उनी ओलीपक्षमा पुगेपछि गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूउँत्याइदिएको थियो। साह एमाले भएपछि पार्टीमा असन्तुष्ट बढ्दै आएको छ। उनी पछिल्लो समय आईटी आर्मीको रुमपा सक्रिय छन्।

पछिल्लो समय साह आफूलाई एमाले भन्न समेत रुचाउँदैनन्। बालकोटबाट निक्लिएका शाहले तराईमा आईटी आर्मी नामको एउटा संगठन चलाएका छन् ।उनले उक्त संगठनलाई नै पार्टीमा उपान्तरण गर्ने योजना बनाएका छन् । शाह तराईमा राम्रो जनमत भएका नेताको रुपमा चिनिन्छन् ।

माओवादीमा हुँदा त्यही जनाधारलाई देखाएर शाह बारम्बार मन्त्री बनेका थिए । उनले सकेसम्म एक्लै पार्टी चलाउने, नसके क्रान्तिकारी पार्टीसँग एकता गर्ने तयारी गरेका छन् । त्यसका लागि विप्लव नेतृत्वको नेकपसँग छलफल चलाएको शाह निकट श्रोतको भनाइै छ ।

माधव नेपालले ‘जबज’ राख्न नमानेको भन्दै एमालेमै बस्ने बामदेव गौतमको घोषणा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको पार्टीले जनताको बहुदलीय जनवाद जबज नसमेटेपछि साथ दिन नसकेको बताएका छन्। माधवको पार्टी नेकपा एसमा गौतमले सहअध्यक्ष नपाएपछि साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै कारण गौतमले नेपाललाई साथ दिन नसकेको बताएको छ।

उनको सचिवालयले भन्यो, ‘सहअध्यक्ष मागेको होइन। जबज राख्न नेपाल सहमत नभएपछि मैले साथ दिन नसकेको हो। गौतमकी श्रीमती सांसद तुलसा थापा भने नेपाल पक्षमा लागेकी छिन्। थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् ।

गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् । गौतम एमालेभित्र जबजका पक्षधर मानिन्छन्। बामदेव गौतमको घोषणा- उपाध्यक्षबाट राजीनामा पठाइदिन्छु, बैठकमा जान्नँ,ओलीलाई नेता मान्दिन, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’

गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले रातोपाटीलाई बताए ।एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु’, गौतमको भनाइ छ । तपाईंले राजीनामा दिनुअघि आजै तपाईंमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन् राम्रो नि । गरुन् न !’

माधब नेपालसंग ‘बार्गेनिङ्ग’मा बामदेव गौतम !

नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा विगतमा बोलेका माधव नेपालले एकता अभियानका आफू पक्षधरसँगको छलफलमा पनि एमाले छाड्ने बताएका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गरेर छाड्ने भन्दै त्यसपछि मात्र कम्युनिस्ट एकताको ढोका खुल्ने धारणा राखेका थिए । तर, अहिले आएर बामदेव पार्टी छाड्ने ढिलो गर्न थालेका छन् ।बामदेवले माधव नेपालसँग शक्ति बाँडफाँडको कुरा गरिरहेका छन् ।

जसमध्ये नेकपा एसमा पद र भूमिका, आफूनिकटस्थले पाउने मन्त्रीको संख्याको विषय छ । गौतम स्वयं उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन चाहन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । यसकारण गौतम रोकिने सम्भावना बढेको छ ।गौतम आफू सरकारमा नगए आफू पक्षधर कम्तिमा २ जनालाई महत्वपूर्ण मन्त्रालय दिने गरी सहमति गर्न खोजिरहेका छन् । यसमा माधव नेपालसँग उनको छलफल चलिरहेको बुझिएको छ ।

यसलाई कतिपयले बामदेवको माधव नेपालसँगको बार्गेनिङ्गका रुपमा लिन थालेका छन् ।माधव नेपालको साथमा एमालेबाट नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । यसले पनि उनलाई चुनौती बढेको छ । नेपाल बामदेवलाई पार्टीमा ल्याएर भएपनि प्रतिष्ठा जोगाएर ऊर्जा बढेको सन्देश दिन चाहिरहेका छन् । यसकारण पनि उनको बामदेवसँग सम्झौता हुने सम्भावना छ ।

प्रतिक्रिया