आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बादल र खनाल जेल जाने पक्का, अदालतले दियो यस्तो आदेश

प्रकाशित
1.2K
SHARES

काठमाडौ। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्कान्टर प्रकरणमा यस्तो आदेश भएको हो।

‘इन्काउन्टर’मा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ५ असार २०७६ मा पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट उनको हत्या भएको निष्कर्ष निकालिसकेको छ। जसमा संलग्न इन्सपेक्टर केडी साह लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेपनि प्रहरीले अस्वीकार गर्दै आएको छ। अब सर्वोच्चको आदेशसँगै यससम्बन्धि मुद्दा नयाँ चरणमा पुगेको छ।

तत्कालिन प्रहरी प्रमुख खनालकै निर्देशनमा सो इन्काउन्टर भएको थियो । जसको जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई खनालको निर्देशनमा हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए। सो घटनामा खनाललाई समेत कारबाहीको सिफारिस मानव अधिकार आयोगले गरिसकेको छ।

यसैगरि , नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानो एउटा काम गरे ८० प्रतिशत नेताहरु जेल जाने ठोकुवा गरेका छन् ।नेताहरु गैरजिम्मेवार र भ्रष्ट भएको भन्दै राज्यका संयन्त्रहरुले राम्रोसँग काम गरेको खण्डमा ८० प्रतिशत नेता जेलमा हुने उनको भनाई छ र

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्, धर्म बेच्नेहरु पूज्य भएका छन् । भण्डारीले पछिल्लो ३० वर्षमा सिमित मान्छेमात्रै धनी भएको उल्लेख गर्दै भने, ‘यदि साँच्चै २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जाने अवस्था छ।

राजनीतिमा नैतिकता रित्तिएकोप्रति चिन्तित भण्डारीले उन्नत लोकतान्त्रिक मुलुकमा भ्रष्टाचारको आरोप लागेपछि पद छाड्ने तर हाम्रोमा भने भ्रष्टहरुलाई खोजेर नेतृत्वमा पुर्याउने उल्टो चलन हाबी हुँदै गएको बताएका छन्।

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । यसको अन्त्य नगरी देशले विकासको पाइला चाल्न सक्दैन,’भण्डारीको निश्कर्ष हो यो ।आठ दशक पाका नेताहरुले पुनः नेतृत्वमा दाबी गरेपछि नेपाली काँग्रेसको युवा पंक्ति आसन्न १४औँ महाधिवेशनमा तिनै बूढा नेतालाई मार्गप्रशस्त गरिदिने मुडमा पुगेका छन् ।

काँग्रेसमा वैचारिक नेताको छवि बनाएका युवानेता चन्द्र भण्डारीले ‘१४ औँ महाधिवेशन संयुक्त, १५औँ महाधिवेशनमा नेतृत्व’ भन्ने नारासहित आफू अघि बढेको बताए ।नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन।

नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन् । त्यहि कारण यसपटक नेतृत्वको दौडबाट युवा पुस्ता पछि हड्न बाध्य भएको भण्डारीको भनाइ छ।

पछिल्लो समय राजनीतिमा नीति,सिद्धान्त र विचार पातलिँदै गएकाले आसन्न महाधिवेशनपछि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको उनले बताए ।जबसम्म देश बनाउने आमदृष्टिकोण बन्दैन,तबसम्म परिवर्तन जनताको तहमा पुग्न नसक्ने नेता भण्डारीको निश्कर्ष छ । त्यसका लागि वैचारिक रुपले प्रतिबद्ध युवा पार्टी नेतृत्वमा पुग्नै पर्ने उनको निचोड छ ।

प्रतिक्रिया