आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ताइवानका सेनाले यु’द्ध अभ्यास गर्न लागेको ठाउँमै चिनियाँ लडाकु विमानहरु पुगेपछि…

प्रकाशित
5.4K
SHARES

एजेन्सी। मंगलबार चीन र ताइवानका सेनाबीच केहीबेर तनावको अवस्था सिर्जना भएको छ। मंगलबार बिहानै चीनका ११ लडाकु विमानहरु ताइवान स्ट्रेट चीन र ताइवानबीचको समुद्री सीमा’ पार गर्दै ताइवानका सेनाले यु’द्ध अभ्यास गर्न लागेकै ठाउँमा पुगेपछि तनाव उत्पन्न भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो मंगलबार बिहान साढे ९ बजेदेखि १० बजेर २२ मिनेट जाँदा सम्म चिनियाँ युद्धक विमानहरु ताइवानको आकाशमा अनुमति बेगर उडेका थिए।

६ फाइटर जेट, दुई बम्बर जेट र तीन जासुसी विमान ताइवानको हवाई क्षेत्रमा घुसेको बताइएको छ। यतिबेला आफूले रेडियोमार्फत् चिनियाँ युद्धक विमानलाई बारम्बार चेतावनी दिइरहेको र त्यस्ता विमानको निगारनी गर्न क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको ताइवानको भनाइ छ।

ताइवानले बिहान साढे १० बजेदेखि साढे २ बजेसम्म युद्ध अभ्यासको तालिका बनाएको थियो। हवाई सेना र जल सेनाले संयुक्त अभ्यास गर्न लागेका थिए। ताइवानका स्थानीय संचारमाध्यमले चिनियाँ विमान ताइवानमा घुसेको विषयमा समाचार बनाएका थिए।

ताइवानले चेतावनी दिइँरहँदा पनि अटेर गर्दै चिनियाँ लडाकु विमानहरु उडेको सेट टीभीले जनाएको छ। समाचारअनुसार चीनको पनडुब्बी पत्ता लगाउने विमान त जिउपेङ हवाई बेससम्मै आइपुगेको थियो।

सो बेस ताइवानको नेसनल चुंगसान इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीको हतियार परीक्षण गर्ने ठाउँ हो। यसवर्ष चीनका युद्धक विमानले ३९१ पटक ताइवान स्ट्रेट पार गरेको खबर छ। जसमध्ये जुन १५ मा चीनका २८ लडाकु विमान एकसाथ ताइवान घुसेका थिए।

चीन र ताइवान विवाद के हो? चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ।

पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए।

ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ।

बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ।

तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

यसैगरि, चीनले पछिल्लो समय हतियार विकासको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ। सेनालाई शक्तिशाली बनाउन चीनले प्रविधिलाई पनि जोड दिएको पाइएको छ।युद्धक विमानको स्टिल्थ क्षमतालाई सुधार गर्न चीन लागि परेको छ।

स्टिल्थ प्रविधि जडित विमानलाई दुश्मनको राडारले पत्ता लगाउन सक्दैन जसका कारण युद्धमा स्टिल्थ प्रविधि भएका विमानले सहजै दुश्मनमाथि जित निकाल्न सक्दछन्।चीनले डीएफ–२६ नामक क्षेप्यास्त्र धेरै मात्रामा उत्पादन गरिरहेको एससीएमपीले जनाएको छ।

यो क्षेप्यास्त्रले ४ हजार किलोमिटरसम्म पुगेर मार हान्नसक्छ। सन् २०१९ को सैन्य परेडमा चीनले मानवरहित विमान यूएभी सार्वजनिक गरेको थियो। चीनले अन्तरमहादेशीय र हाइपरसोनिक अर्थात ध्वनीको गतिभन्दा ६ गुणा तिव्र क्षेप्यास्त्र पनि विकास गरिरहेको छ।

हिन्द–प्रशान्त क्षेत्रमा यतिबेला चीनलाई घेर्ने हिसाबले अमेरिकाले विभिन्न मोर्चाहरु खडा गरेको समयमा चीनले सैन्य क्षमतालाई थप मजबुत बनाइरहेको हो। चीनको आक्रामकता रोक्ने भन्दै संगठित रुपमा क्वाड समूह र अकस समूह खडा भएका छन्।

एससीएमपीका अनुसार चीनले डीएफ–१७ नामक हाइपरसोनिक क्षेप्यास्त्र र डीएफ–४१ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाएको छ।यो ब्यालेस्टिक क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्नसक्ने बताइन्छ।

यसरी चीनले सैन्य क्षमता बढाइरहँदा यतिबेला अमेरिकाका सहयोगी जो हिन्द–प्रशान्त क्षेत्रमा छन् उनीहरुले हतियारको किनमले गर्न थालेका छन्। चीनबाट खतरा महसुस गरेका हुनाले उनीहरुले हतियार खरिद गर्न थालेको बुझिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ