आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको अर्बौं कालोधन बारे भयो यस्तो खुलासा हल्लियो खुमलटार, अब के गर्लान् प्रचण्ड

प्रकाशित
504
SHARES

काठमाडौ। एमाले नेता महेश बस्नेतले कालोधनलाई सेतो बनाउने अभियानको नेतृत्वकर्ता बनेर पुष्पकमल दाहाल प्रचण्ड अघि बढेको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको थाहा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले यस्तो ठोकुवा गर्नुभएको हो।

ठूला भ्रष्टाचारी र तस्करले कमाएको कालो धनलाई सेतो बनाउने मार्गदर्शन बोकेर पूर्वमाओवादी नेता एक हुन लागेको र त्यसको नेतृत्व प्रचण्डले गरिरहनु भएको छ, बस्नेतले भन्नुभयो । उहाँले अहिलेको सरकार भ्रष्टाचार गरी अकुत सम्पति आर्जनको अभियानमा लागेको पनि उहाँको भनाई थियो । सरकारले १० करोडसम्मको योजना उपभोक्ता समिति मार्फत गर्न पाउने गरी कार्यक्रम ल्याएको छ।

यो काम माओवादी र कांग्रेसका कार्यकर्तालाई समितिमा राखेर भ्रष्टाचार गर्नकै लागि हो,’ बस्नेतले भन्नुभयो। सम्बोधनको क्रममा नेता बस्नेतले कांग्रेस र माओवादीलाई भोट हाल्नेलाई पाप लाग्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । केपी ओलीले ल्याएको श्रमजिवी नागरिक केन्द्रित बजेटलाई कटाएर तस्करलाई लाभ हुने गरी बजेट ल्याउने कांग्रेस, माओवादी र समाजवादीलाई भोट हाल्नेलाई पाप लाग्ने बस्नेतले बताउनुभयो।

बस्नेतले अहिलेको सरकारमा मन्त्री बन्न चाहनेहरु भविष्य नभएका ब्यक्ति भएको बस्नेतले ठोकुवासमेत गर्नुभयो । उमेर गएका, जनमत गुमाएका र वदनाम भएका व्यक्ति मन्त्री बन्ने र राज्यकोष दोहन गर्ने षडयन्त्रमा लागेका उहाँको भनाई छ। राज्यको सम्पत्ति दोहन गरेर एमाले सिध्याने षडयन्त्रमा नलाग्न पनि उहाँले आग्रह गर्नुभयो।

एमालेले त्याग तपस्या र वलिदान सबै कुरा गर्न जानेको उहाँले प्रष्ट पार्नुभयो। पूर्वमन्त्री बस्नेतले काम नलाग्ने अहिलेको प्रतिनिधि सभालाई जतिसक्दो चाँडो विगठन गरेर एमाले निर्वाचनमा जान चाहेको बताउनुभयो। फेरी आउने महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष र आम निर्वाचनमा प्रधानमन्त्री बनाएर सेनापति बनाइ अघि बढाउँछौँ’, बस्नेतले भन्नुभयो।

ब्याक टु ब्याक चमत्कार गर्दै आएको चीनले अन्ततः रच्यो ईतिहास, अमेरिका ठूलो तनावमा : चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । यस हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्छ । ब्याक टु ब्याक चमत्कार गर्दै आएको चीनले हतियारमा अत्याधुनिक हतियार बनाएर ईतिहास बनाएका हो ।

यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ । यो क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि रासायनिक विस्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठप्प बनाउने क्षमता यससँग छ । बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुसन्धाताहरूका अनुसार, यसले अन्तरिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ ।

टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासायनिक वि’स्फो’ट हुन्छ। यसले फ्लक्स कम्प्रेसर जेनरेटर भनिने विद्युतीय ऊर्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट शक एनर्जी बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ। यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्युनिकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगारिदिन सक्छ।

यस ह’तिया’रबाट यु’द्धको दिशा नै परिवर्तन हुन सक्छ। शत्रुलाई आफूमाथि प्र’हार भएको छ भन्ने नै थाहा हुन्न। चीनले देखायो आफ्नो अत्याधुनिक वायुसैन्य हैतियार: चीनले मंगलवार आफ्नो अत्याधुनिक वायुुसैन्य हतियारको प्रदर्शनी गरेको छ । त्यसक्रममा उसले निगरानी गर्ने ड्रोन र शत्रुका विद्युतीय उपकरणलाई जाम गर्ने जेटहरू पनि देखाएको छ। ताइवान, दक्षिण चीन सागर र अन्य क्षेत्रमा तनावको स्थितिमा चीनले यस्तो प्रदर्शन गरेको हो।

दक्षिणतर्फ रहेको तटीय शहर चुहाईमा आयोजित विशाल एयरशोमार्फत बेइजिङले आधुनिक युद्धका लागि आफ्नो सेनालाई अद्यावधिक गराउन खोजेको छ। युद्धको प्रविधि तथा लगानीमा चीन अहिले पनि अमेरिकाभन्दा पछि परेको छ तर उसले त्यस अन्तरलाई घटाउँदै लगेको विज्ञहरू बताउँछन्। प्रदर्शनीमा चीनको सिंगल इन्जिन जे–१० र जे–२० स्टेल्थ ल’डाकू विमान पनि १३औं चाइना इन्टरनेसनल एभिएसन यान्ड एरोस्पेस एक्जिबिसनमा देखाइएको छ।

प्रतिक्रिया