आज : गते

ताजा शिर्षकहरु

अख्तियार पसेपछि मुख्यमन्त्रीको छटपटी, लहरो तान्दा पहरो झर्यो

प्रकाशित
1.2K
SHARES

काठमाडौ। अख्तियारले छापा मारेको विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको बताए । बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए । आज दिउसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको हो ।

सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न लागेको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल किनेर २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि भनी साइकल दिइएको थियो ।

प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो ।

यसैगरि, नेपाली कांग्रेसले अघि बढाएको प्रस्तावले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्न ढुक्क भएका राजेन्द्र पाण्डे हेरेको हेर्यै हुने भएका छन् । कांग्रेसले साढे दुई महिना बागमती सरकारको मुख्यमन्त्री आफ्नो दललाई दिन प्रस्ताव गरेको हो ।

तर पाँचदलीय गठबन्धनको अर्को सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले कांग्रेसको प्रस्ताव स्वीकार गरेको छैन । नेकपा एमाले विभाजनसँगै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । उनले दशैं अगाडि नै प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि इन्द्रबहादुर बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् । कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन्।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेका अनुसार २५ गतेसम्म प्रदेशसभाको नवौं अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी छ । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् । तर गठबन्धनबाट मुख्यमन्त्री को भन्ने टुंगो लागेको छैन । मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादी पार्टीको दाबी छ ।

७ वटा प्रदेश सरकारमध्ये दुई वटा ९प्रदेश १ र बागमती० को मुख्यमन्त्री आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ । प्रदेश १ को माधवकुमार नेपाल नेतृत्वको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने निश्चित जस्तै छ । तर बागमतीमा भने कांग्रेसले अढाइ महिना सरकारको नेतृत्व आफ्नो दललाई दिन प्रस्ताव गरेको छ ।

बागमतीमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ छन् । उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् । कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन् ।

तर सहमति भइसकेको छैन ।एकीकृत समाजवादीबाट संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छ । एक नेता भन्छन्, ‘भरेभोलि मन्त्रालय बाँडफाँटबारे छलफल हुँदा प्रदेश सरकारको नेतृत्वबारे पनि एउटा सहमति होला ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ