आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा सुनेपछि प्रचण्ड बेहोस

प्रकाशित
7.3K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन्।

बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल लाई बोलाइएको छ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ। सो अवरोध खुलाउने विषय नै सर्वदलीय बैठकको मुख्य एजेण्डा रहेको छ।

त्यस्तै अर्को प्रस्तावमा अर्लि इलेक्सनको हुने छ।सबै दल संसद खुलाउन सहमति नभए अन्तिम विकल्प संसद विघटन गरेर अर्लि इलेक्सन नै भएको बालुवाटारको बुझाई छ। देउवाले यसका लागि बातावरण तयार पारिरहेका छन्।

आजसम्म तीन पटक आफ्ना दूतलाई पठाएर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई फकाइरहेका छन्। देउवाले सर्वदलिय बैठकमा राख्ने एजण्डाको कुरा सुनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ।

लोकतन्त्र र संविधानको रक्षा गर्ने भन्दै प्रचण्ड संसद विघटनको विपक्षमा छन्। दुई दुई पटक हत्या भएको संसदलाई अदालतबाट फिर्ता ल्याएको भन्दै प्रचण्डले यसको विरोध गर्दै आएका छन्।

यसैगरि,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुन्दै एलर्जी हुने कुरा अर्थमन्त्री जनार्दन शर्माले बोलेका छन् । समाजवादको ‘स’ उच्चारण नगर्ने देउवालाई अथृमन्त्रीले समाजवादका आधारहरुको बर्णन गरेका छन् ।

शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका हुन्। पुँजीवादमा लिप्त कांग्रेस समाजवादको कुरा आउँदा मुन्टा बटार्ने गर्दछ।

आफ्नै क्याविनेटका सदस्यले यस्तो अभिव्यक्ति दिएपछि देउवा छटपटी भएको छ। बुधवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

श्रम शक्तिलाई तालीम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो कार्यक्रम लागू गर्न युवाहरुले टोल टोलमा नेतृत्व गर्नुपर्छ। उनले भने, ‘समाजवाद निर्माणको नेतृत्व तपाईहरुले गर्ने हो हामीले त्यसमा सहयोग गर्ने हो। सरकारले पहिलो पटक गरिबलाई सम्झेर,

पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने, दीर्घरोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रीत भएर काम नगर्ने प्रतिवद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गर्दै मन्त्री शर्माले कहीँ कतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रह समेत गरे।

कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी, पूर्व प्रदेशमन्त्री विमला केसी, माओवादी नेता डिलाराम आचार्यलगायतले वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ल्याएको कार्यक्रमहरुले जनतामा नयाँ आशा जगाएको,

शहीद परिवार, दीर्घरोगी तथा विपन्नहरुले देशमा सरकार छ। भन्ने कुराको महसुस गर्न पाएको उल्लेख गर्दै प्रगतिशील कर प्रणालीमार्फत हुनेखानेहरुबाट अलिकति लिएर हुँदाखानेहरुलाई दिने नीति ल्याउन सुझाव दिए।

यसैगरि,  राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन्। बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन्।

संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन। आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तत्कालीन केपी ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले आर्थिक विधेयक ल्याएको थियो।

प्रतिक्रिया