आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ सेनाले भारतिय सीमा भित्र घुसेर गर्यो बबाल, भारतमा खैलाबैला

प्रकाशित
560
SHARES

काठमाडौ। एक सयभन्दा बढी चिनियाँ जनमुक्ति सेना भारतीय भूमि उत्तराखण्डमा बिना अनुमति घुसेको इकोनोमिक टाइम्सले जनाएको छ। चिनियाँ सेनाले हालै उत्तराखण्डको सीमा पार गरेर बराहोटीको एउटा पुल भत्काइदिएको समाचारमा जनाइएको छ। लद्दाखका विवादित क्षेत्रबाट भारतीय र चिनियाँ सेना फर्किने सहमति कार्यान्वयन भइरहेको बेला चिनियाँ सेनाले उत्तराखण्डमा भारतीय पूर्वाधार भत्काएको खबर आएको हो।

सन् १९५४ मा पहिलोपटक चिनियाँ सेनाले उत्तराखण्डको सीमामा अवरोध सिर्जना गरेको बताइएको छ। त्यसपछि त्यही कारणले त्यहाँ सन् १९६२ मा युद्ध भएको थियो। इकोनोमिक टाइम्सका अनुसार सयजना चिनियाँ सेना ५५ वटा घोडासहित उत्तराखण्ड प्रवेश गरेका थिए। उनीहरु तुन जुन ला पास पार गरेर पाँच किलोमिटर परसम्म पुगेको बताइएको छ।

यो विषयमा भारतीय पक्षले कुनै प्रतिक्रिया जनाएको छैन। गतवर्षको जुन १५ मा लद्दाखको सीमा नजिकै हिंस्रक झडप हुँदा २० भारतीय सेना र ५ चिनियाँ सेनाको ज्यान गएको थियो। त्यसयता दुवै देशबीच सैन्यस्तरमा विवाद समाधान गर्ने प्रयास जारी छ। यो समाचार आएसँगै भारतका विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि निशाना साँधेका छन्।

काँग्रेसका वरिष्ठ नेता गान्धीले मोदीले दुश्मनले आक्रमण गरे उनीहरुको घरमै गएर आ’क्रमण गर्ने बताउने गरेता पनि वास्तविकतामा चीनले भारतमै घुसेर भारतीयमाथि आक्रमण गरेको बताए। उनले यति हुँदा पनि मोदी चुप बस्नु गलत भएको उल्लेख गरेका छन्। यस्तै भारतले सोमबार साँझ ‘आकाश प्राइम’ नाम दिइएको क्षे’प्यास्त्रको सफल परीक्षण गरेको छ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओका अनुसार नयाँ क्षेप्या’स्त्रको पहिलो परीक्षण सफल भएको हो। ओडिशाको चान्दीपुरबाट क्षेप्यास्त्रको परीक्षण गरिएको पीटीआईले जनाएको छ। आकाश प्राइमले पहिलो परीक्षणमै एरियल तार्गेट अर्थात हावामा उडाइएको मानवरहित बस्तुलाई ध्व’स्त बनाउन सफल भएको छ।

क्षे’प्या’स्त्रको सफल परीक्षणसँगै भारतका रक्षामन्त्री राजनाथ सिंहले डीआरडीलाई क्षेप्यास्त्र विकास गर्न सकेकोमा शुभकामना दिएका छन्। चीनसँग सीमा विवाद जारी रहेको समयमा भारतले क्षे’प्या’स्त्र परीक्षण गरेको हो। त्यस्तै यता उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्र’हार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।

सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्र’हार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रु’ज र ब्यालिस्टिक मिसाइल प्र हार गरेको दाबी गरेको थियो ।

जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

उनले विश्व आणविक हतियार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् । उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिएका हुन् । तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रुपमा रहेको उनले बताए ।

उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रुपमा रहेको पाइएको भएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए ।

त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाई थियो । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारेका थिए।

प्रतिक्रिया