आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालको अवस्था गम्भीर, के हो यथार्थ ?

प्रकाशित
2.7K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विरामी परेका छन् । नेपाललाई रुघा खोकी, ज्वरो आउने र शरीर दुख्ने समस्य देखिएको नेपालको सचिवलायले जनाएको छ ।युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

नेपाल घरमै आराम गरिरहेका छन् । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्।नेपालको स्वास्थ्यमा समस्या देखिएसंगै पार्टीका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएको छ । नेपालसंगै उनकी पत्नी गायत्रीलाई पनि उस्तै लक्षण देखिएको नेपालको सचिवालयले जनाएको छ।

नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेशनमा बसेका छन् ।नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले व्यवस्थापन गरिरहेको नेपालको सचिवालयले जनाएको छ ।

यता नेकपा एमालेबाट अलग भएको नेपाल पक्षद्वारा नवगठित नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन सहमतिअनुसार एक राज्यमन्त्रीसमेत ६ जना मन्त्री सरकारमा पठाउने तयारी गरेको छ।उसले भने नेता मन्त्री बनाउनेको नाम लगभग टुंगो लगाइसकेको छ।उनीहरू हुन्, विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ।बाँकी एक मन्त्रीमा भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनाको नाम पठाउने कुरा छ।

यता ,  शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापा मन्त्री नबन्ने निश्चित जस्तै भएको छ ।पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिल्यौ मन्त्री भइसकेकालाई मन्त्रीमा नपठाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।

यसअघि कृष्णप्रसाद सिटौला समूहमा रहनुभएका नेता थापा पछिल्लो समय पौडेल समूहमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसक्नु भएको छ ।

यो सँगै उहाँको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । उहाँले वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ। जबकी काँग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धन भित्र सहमति भएको बताइन्छ । सो अनुसार अब काँग्रेसको भागमा 3 मन्त्री छन् ।

पौडेल समूहमा मन्त्रीका लागि २ जना भाग पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्बभावना रहेको छ । सिटौला पक्षबाट पनि एक मन्त्री बन्ने निश्चित छ ।

जसमा उमाकान्त चौधरी र भीमसेनदास मध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेसका कारण लामो समयससम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन । तर राष्ट्रपति भण्डारीले केही दिनअघि उक्त अध्यादेश खारेज गरिदिएपछि मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ ।

यसै गरि ,

नेकपा एमाले सुदुरपश्चिम प्रदेशको इन्चार्जका विषयमा एमाले उपाध्यक्ष भिम रावल र नेता लेखराज भट्टविचको विवाद मिल्ने् सम्भावना प्रबल सम्भावना देखिएको छ । पछिल्लो समय पेचिलो बन्दैं गएका बेला भट्टले नै बाजी मार्ने सम्भावना देखिँदै गएको हो ।

जुन बिषयमा विवाद भएको छ त्यसको समाधानका लागी एमाले अध्यक्ष ओलीले कार्यदल बनाइदिएका छन् जसमा भिम रावल र लेखराज भट्ट दुवैलाई राखिएको छ । अझ रोचक कुरा त के छ भने आफ्नै वारेमा भएको विवाद समाधान गर्ने कार्यदलको संयोजननै भिम रावल रहेका छन् ।

एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलको जिम्मेवारी भीम रावललाई दिएपछि मंगलबार पहिलो बैठक बस्यो । बैठक पछि बारिह निस्कँदा भिम रावलको अनुहारमा चमक थिएन उनी खुलेर बोल्न समेत सकेनन् ।

इन्चार्ज तपाई की लेखराज भट्ट भन्ने प्रश्नको जवाफ समेत रावलले स्पष्ट दिन सकेनन् मलिन स्वरमा वार्ता भइरहेको र संवादकै माध्यम बाट हल खोजिने बताए । जबकी त्यहि बैठकमा सहभागी बनेर निस्किएका लेखराज भट्टले भने सुदुरपश्चिमको इन्चार्ज म हो नी भनेर सान दिएर निस्कीए ।१० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै हिजो बसेको स्थायी कमिटी बैठकले संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ ।

पार्टी कार्यालयमा बसेको कार्यदलको पहिलो बैठकमा १० बुँदे कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधि चयन गर्नेबारे उब्जिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको रावलले जानकारी दिए ।‘कार्यदलको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवशेनमा प्रतिनिधित्वको विषयमा जहाँ समस्या उत्पन्न भएका छन्, त्यसबारेमा हामीले छलफल गर्‍यौं,’ रावलले भने ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूका बारेमा छलफल गरेका छौं ।’

१० बुँदे कार्यान्वयन र सुदूरपश्चिम इन्चार्जबारे भने रावलले कूटनीतिक जवाफ दिए । ‘१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ,’ उनले भने, ‘जहाँ कार्यान्वयन हुन सकिरहेको छैन्, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने सहमति भएको छ।’ आफैं १० बुँदे कार्यान्वयनको जिम्मेवारी पाएका रावलले सुदूरपश्चिम इन्चार्जबारे नरम हुँदै भने, ‘त्यो विषय १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउँछ ।’

कार्यदलमै रहेका र रावलसँग विवाद गरिरहेका लेखराज भट्टले तीन पक्षलाई ख्याल गरेर जानेबारे कुरा भइरहेको बताए । उनले भने, ‘तीनटा पक्षलाई ध्यानमा राखेर जेठ २, जेठ ३ र क्रियाशील साथीहरू जो पछिल्लो चरणमा काम गरिरहेका छन्, सबैलाई समेटेर लिने नै भन्ने भएको छ।’

सुदूपश्चिम इन्चार्ज को हो भन्ने पत्रकारहरुको प्रश्नमा हाँस्दै भट्टले जवाफ फर्काए९ ‘सुदूरपश्चिमको इन्चार्ज त मै हुँ नि ।’कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट छन्।

प्रतिक्रिया