आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई फर्केर आउँछु भन्थे, कहिल्यौ नफर्किने गरी विदा भए

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्नभन्दा केही अघि छलफललाई त्रिब्रता दिएका थिए । त्यही क्रममा अन्तिम रात नेकपा एकीकृत समाजवादी पार्टी गएका माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई पनि भेटे ।

कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा एस पार्टीमा सक्रिय नेता पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा ओलीलाई भेटेर फर्किदा माधवकुमार नेपाललाई ल्याएर आउने बचन दिएका थिए । उनले ओलीलाई अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै फर्किएका थिए ।

प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए । माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न’ आफूलाई आग्रह गरेको पाण्डेले सुनाए ।

उनले भने, ‘हामी माधव नेपालको प्रतिनिधि भएरै तीनवटा प्रस्ताव लिएर गएका थियौं, राति १ बजेसम्म म बालकोटमै थिएँ र त्यसदिन निर्वाचन आयोगमा दल विभाजनका लागि गएको थिइन । तर, अन्तिममा मैले लौ मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो, अब एकताको लागि वार्ता गर्न तपाईंसँग फेरि आउँछु भनेर हिँडेको हुँ ।

पहिलो प्रस्ताव थियो माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ताको पत्र भदौ ९ गते दिउँसो १ बजेसम्म संसद सचिवालयमा पठाउने, त्यसपछि एमाले सम्पूर्णरूपमा जेठ २ मा फर्किने प्रतिबद्धता ओलीले मिडियाबाट बोल्ने अर्को थियो माधव नेपाललाई सम्मानजनक रूपमा पार्टीमा स्पेस दिन कुनै न कुनै परिभाषित जिम्मेवारी उल्लेख गर्ने हस्ताक्षरसहितको ।

पाण्डेले ओलीलाई भनेका थिए, ‘यी कुरा तपाईंले मान्नुस, माधव नेपाललाई मेरै गाडीमा हालेर ल्याउँछु र विभाजनबाट रोक्छु । तर, अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए ।‘मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्तीले पार्टी छाड्ने नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो’ पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने ।

एमाले विभाजन हुनुमा अध्यक्ष केपी ओलीभन्दा पनि दोस्रो तहका केही नेता र माधव नेपाल पक्षका पनि दोस्रो पुस्ताका दुई तीन जना नेताको भूमिका रहेको आरोपसमेत पाण्डेले लगाए । पाण्डे एकताको पक्षमा लागेकै कारण दल विभााजनको निवेदनमा उनको हस्ताक्षर थिएन । त्यहीकारण भदौ ९ गते सनाखतका लागि जाँदा निर्वाचन आयोगले उनको सनाखत लिएन ।

पाण्डे र राष्ट्रियसभा सदस्य शारदा भट्ट नेकपा एसमा जान पाउँ भनेर अदालत गए । अदालतले उनीहरूलाई नेकपा एस रोजेका आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । तर, मुद्दाको फैसला नहुन्जेल उनीहरूमाथि कारवाही गर्नमात्र रोकेको तर उनीहरूको हैसियत साविककै दलको हुने सर्वोच्चकै अधिकारीहरुले बताएका छन् ।

यो पनि : कर्णालीमा भत्कियो देउवाको किल्ला, दोब्बर ठाउँमा पौडेल समूह विजयी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको किल्ला भत्किएको छ । १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा भएको निर्वाचनमा देउवाको प्यान भत्किएको हो ।कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । ६२ मध्ये ३४ पालिकामा पौडेल समूहले विजयीको झण्डा फहराएको छ ।बागमती प्रदेशमा पनि देउवा समूह कमजोर देखिएको थियो ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक गरेको छ, अवको एकरदुई दिनभित्र अधिवेशन हुन सक्छ,’ कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने ।

कर्णालीमा पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ  । तर, तीव्र प्रतिस्पधाका बीच पनि धेरै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

कर्णालीमा निर्वाचन सम्पन्न भएका ६२ पालिकामध्ये ३४ पालिकामा पौडेल पक्षका सभापति चुनिए भने २७ पालिकामा देउवा पक्षका सभापति आएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने कतै पनि खुलेका छैनन् ।सल्यानमा नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखिएको छ । १० स्थानीय तह भएको सल्यानमा संस्थापन पक्ष र स्थापनइतर समूह ५–५ तहमा विजयी भएका छन् ।

देउवा समूहबाट बागचौरमा दीपेश डिसी, बनगाडमा पुरुषोत्तम आचार्य, छत्रेश्वरीमा सीता केसी, त्रिवेणीमा गंगाराम पुन र कुमाखमा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका छन् ।त्यस्तै पौडेलले समूहले सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका नगरपालिका, कपुरकोट गाउँपालिका, कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिका जित हात पारेको छ ।

जसमध्ये शारदामा दीपक हमाल, कपुरकोटमा यज्ञराज वली, कालीमाटीमा गणेश केसी, दार्मामा कृष्ण वली र सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन् ।६ वटा स्थानीय तह भएको रुकुमपश्चिममा संस्थापन पक्षभन्दा पौडेल पक्ष बलियो देखिएको छ ।सहमति गरिएका पाँचवटा पालिकाहरु चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दीपेन्द्र वली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनिहरु सबै पौडेल पक्षका हुन् ।

मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो । मुसीकोट नगर सभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै देउवा पक्षका प्रेम वली विजयी भएका छन् । कुल खसेको २३७ मतमध्ये वली १६० मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी मल्लले भने ६६ मत मात्र प्राप्त गरेका थिए ।११ स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सभापति चएन भएका छन् । पाँच वटा स्थानीय तहमा भने देउवा पक्षय सभापति चएन भएका छन् ।

पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको पाँच वटा स्थानीयतह नारायण नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, आठविस नगरपालिका र डुङ्गेश्वर गाउँपालिकामा देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ ।देउवा समूहबाट नारायणमा मनोज थापा, चामुण्डामा जगतबहादुर शाही, डुङ्गेश्वरमा भीमबहादुर भट्ट, दुल्लुमा लालबहादुर रावत र आठविसमा अर्जुनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै पौडेलले समूहले जिल्लाको महावु पाउँपालिका, गुराँस गाउँपालिका, ठाँटिकाध गाउँपालिका, भगवतीमाई गाउँपालिका, भैरवी गाउँपालिका र नौमुले गाउँपालिकामा जित हात पारेको छ ।जसमध्ये महावुमा कर्णबहादुर शाही, गुराँसमा चन्द्रबहादुर भट्टराइ, ठाँटिकाधमा विष्णु प्रसाद रिजाल, भगवतीमाईमा खगेन्द्रबहादुर शाही, भैरवीमा हेमलाल जैसी र नौमुलेमा गंगबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए ।९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता आएका छन् ।

पौडेल पक्षले नेतृत्व गरेको पालिकाहरू तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, पालाता गाउँपालिका, पचालझरना गाउँपालिका, सानी त्रिवेणी गाउँपालिका, महाबै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रहेका छन् । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ ।

सभापति बमका अनुसार उनकाअनुसार तिलागुफामा धिरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पालातामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानीत्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् ।

त्यस्तै रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चएन भएको सभापति बमले बताए ।जाजरकोटका सात वटै पालिकाको नेतृत्व चयन भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस जिल्ला सभापति दिपकजंग शाहले जानकारी दिए ।

जिल्लाको जुनीचाँदे, शिवालय पाउँपालिका र छेडागाड नगरपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन् । जस्मा जुनीचाँदेमा वीरेन्द्र बहादुर शाही, शिवालयमा जस्विर वली र छेडागाडमा टोपेन्द्र अधिकारी चएन भएका छन्। भेरी नगरपालिकामा शशि बुढा सभापतिमा निर्वाचित भएका छन् । उनि कुनैपनि समुहमा खुलेका छैन्न् ।

यस्तै, नलगाड नगरपालिकामा जय बहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकाका अमेर बहादुर थापा पौडेल पक्षका सभापति हुन् । ८ वटा स्थानीय तह रहेको जुम्लामा २ स्थानीय तहमा निर्वाचन गरिएको छ भने ६ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन भएको कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाहीले जानकारी दिए ।जिल्लामा देउवाभन्दा पौडेल पक्ष हाबी भएको देखिन्छ । आठ पालिकामध्ये ६ पालिकामा पौडेल पक्षका सभापति चएन भएका छन् भने दुई वटामा देउवा पक्षका सभापतिले जित हात पारेका छन् ।

पौडेलले समूहले चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका र पातारासी गाउँपालिका जित हात पारेको छ ।जसमध्ये चन्दननाथमा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, हिमामा नरबहादुर शाही, तिलामा भक्तबहादुर रोकाय, तातोपानीमा धनप्रसाद चौलागाँइ र पातारासीमा गोर बहादुर बोहोरा चएन भएका छन् ।

त्यस्तै देउवा पक्षका गुठिचौर गाउँपालिका र सिंजा गाउँपालिकामा सभापती चएन भएका छन् । जसमा गुठिचौरमा टेकबहादुर भण्डारी र सिंजामा गोविन्द शर्मा सभापतिमा निर्वाचित भएका छन् ।हुम्लाका सातवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । ६ वटा स्थानीय तहका सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । सर्केगाड गाउँपालिकामा मात्रै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको कांग्रेस जिल्ला सभापति जयपति रोकायले जानकारी दिए ।

सातवटा स्थानीय तहमध्ये ६ वटा पालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षले नेतृत्व हात पारेको छ । एउटा पालिकाको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता आएका छन् ।देउवा पक्षले नेतृत्व हात पारेका पालिकाहरू सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, ताँजाकोट गाउँपालिका, अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र नाम्खा गाउँपालिकामा रहेका छन् । सर्केगाड गाउँपालिकाको नेतृत्व पौडेल पक्षले हात पारेको छ ।

सभापति रोकायका अनुसार सिमकोटमा धर्मराज रोकाय, खार्पुनाथमा टेकबहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा विष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खामा सोनम लामा सभापति चयन भएका छन् ।यस्तै सर्केगाड गाउँपालिकामा पौडेल पक्षका धनराज शाही ७० मतसहित सभापतिमा चयन भएका छन् । उनका प्रतिद्वन्दी देउवा पक्षका बल खत्रीले ६३ मत प्राप्त गरेका छन् ।

मुगुका चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । छायानाथ रारा नगरपालिकामा भने मतदान गरिएको जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।सर्वसम्मतिबाट नेतृत्व चयन गरिएका सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन् । छायानाथ रारा नगरपालिकामा भने पौडेल पक्षीय सभापति चएन भएका छन् ।सोरुमा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगुमकार्मारोङमा गारा तामाङ निर्विरोध सभापति पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया