आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीमाथि अर्को बज्रपात, ५ जना स्थायी कमिटी सदस्यले गरे राजीनामाको घोषणा

प्रकाशित
1.7K
SHARES

काठमाडौ। नेकपा एमालेमाथि अर्को बज्रपात भएको छ । उसोको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले पदबाट राजीनामाको घोषणा गरेका हुन्। प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन्। उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन्।

उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि विभिन्न आरोप थोपरेका छन्। युवासंघमा यत्रो विवाद हुँदा पनि पार्टी नेतृत्व टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ। उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने राख्दै आएपछि मुल नेतृत्वले एकता नस्वीकारेर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको दावी गरेका छन्।

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने र पार्टी फुट्नेसम्मको चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार नै प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । विधान महाधिवेशनमा पनि त्यसै अनुसार प्रतिनिधित्व हुनुपर्छ । सुदूरपश्चिम प्रदेश होस् कि अन्य कुनै पनि ठाउँका नेता कार्यकर्तामाथि कुनै पनि अन्याय हुनुहुन्न।

फेरि पनि एमालेमा भएका सहमति कार्यान्वयन नगर्ने, यो गुट वा त्यो गुट भन्ने, पार्टी एकता बँचाएको हिसाबकिताब नगर्ने हो भने पार्टी फेरि संकटग्रस्त हुने उनको भनाइ छ ।उनले थपे, “सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने १० बुँदे सहमतिमै स्पष्ट भएको कुरा हो। हामीले नीति, निर्णय, विधि, पद्धति र प्रणालीमा जोड दिएका छौं।

पहिले म सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक थिएँ, एकीकरणपछि इन्चार्ज भएँ। २०७५ जेठ २ अगाडि जाने हो भने यसमा कुनै समस्या नै आउँदैन। आफूलाई जे मन लाग्यो, त्यही गर्ने छुट कसैलाई छैन। १० बुँदे सहमति कार्यान्वयनका लागि केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन–१२ कार्यान्वयन हुने आशा रहेको उनले बताए।

उनले थपे, “केन्द्रीय कमिटीबाट जारी अपानि–१२ कार्यान्वयनमा जहाँ जहाँ समस्या देखिएका छन्, त्यहाँ त्यहाँ पूर्ण रुपमा पालना हुनुपर्छ ।विगतमा भएका कमीकमजोरीको पुनरावृत्ति हुनुहुँदैन भन्ने मेरो धारणा हो। तर हिजोको बैठकमा हामी को इन्जार्च भन्ने विषयमा प्रवेश नै गरेनौं, छलफल पनि गरेनौं ।

नेता डा. रावलले अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव र दलाली गरी देशको स्वाभिमान कसैको पाउमा चढाउने प्रवृत्तिबाट आफू आश्चर्यचकित भएको पनि बताए ।उनले भने, “मलाई आश्चर्य लाग्छ, दुःख पनि लाग्छ। एमसीसीमा अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव देखाउने क्रमले हामीले महाकाली सन्धिभन्दा ठूलो दुर्दशा भोग्नुपर्ने हुन सक्छ।

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. वेदुराम भुषालले गरेको सार्वजनिक घोषणाले सो पार्टीका अध्यक्ष माधव नेपाल समेत झस्किएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यापक दबाबपछि केही नेताहरुलाई लिएर नयाँ पार्टी खोलेका र केही दिनमै माओवादीलगायतसँग एकता गर्ने अध्यक्ष नेपालको रोडम्याप भन्दा बाहिरको अभिव्यक्ती महासचिव भुसालको आएको हो।

भुसालको घोषणापछि प्रचण्डलाई झन् ठूलो तनाव हुने देखिएको छ। माधव नेपाल लगायतको पार्टीसँग एकता गरेर आगामी चुृुनावमा एक नम्बरको पार्टी बनाउने रणनीति बनाएका प्रचण्डलाई धक्का लाग्ने देखिएको छ ।महासचिव भुसालले नेकपा एमालेले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन्।

तर, एमाले नफुटाएको उनको दाबी छ ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले र आफूहरुको पार्टीमा धेरै फरक रहेको सुनाए।

उनले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि सुनाए। र, यो नै आफूहरुको मूल कार्यदिशा हुने पनि उनले जनाए। उनले एमाले अझैपनि समाजवादतर्फ जान नचाहेको टिप्पणी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ