आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिमाथि अण्डा प्रहार, के छ अबस्था ?

प्रकाशित
259
SHARES

काठमाठौं। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनलाई सोमबार एक प्रदर्शनकारीले अण्डाले हानेका छन् । म्याक्रेन त्यतिबेला लियोनको भ्रमणमा थिए । उनी यहाँ फ्रेन्च ग्यास्ट्रोनोमीलाई बढावा दिनको लागि पुगेका थिए । यही क्रममा एक व्यक्तिले ‘विवे ला रिभोल्युसन’को नारा लगाउँदै म्याक्रेनलाई अण्डाले हाने । अण्डा म्याक्रोनको काँधमा लाग्यो ।

विवे लारिभोल्युसनको अर्थ क्रान्ति जिन्दावाद हुन्छ । यो नारा १७८९ देखि १७९९ सम्म फ्रान्सको क्रान्तिका क्रममा लगाइन्थ्यो । घटनापछि म्याक्रोनले ‘उनीसँग मलाई बताउनको लागि केही छ भने उनलाई आउन देउ’ भनेका थिए ।

पछि म्याक्रोनले आफ्ना अंगरक्षकहरुसँग म उनीसँग पछि कुरा गर्छु, जाउ उनलाई लिएर आउ भनेका थिए ।म्याक्रोनलाई हानिएको अण्डा काँचो भए पनि उनलाई लाग्दा फुटेन । पछि केही फोटोमा त्यो अण्डा भुइँमा फुटेको देखिएको थियो ।

घटनाका बेला म्याक्रोन इन्टरनेशनल क्याटरिङ एण्ड हस्पिटलिटी फेयरमा सहभागी हुने क्रममा समर्थकहरुसँग कुरा गरिरहेका थिए ।यसअघि गएको ८ जूनमा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई थप्पड हानेका थिए । त्यतिबेला पनि उनी मानिसहरुसँग कुरा गर्दै थिए ।

बीचमा बेरिकेड पनि थियो तर भिडमा रहेका एक व्यक्तिले अचानक उनलाई थप्पड हानिदिए । राष्ट्रपतिको साथमा रहेका सुरक्षा एजेन्टले ती व्यक्तिलाई तत्काल समातेका थिए । यो घटनामा २ जनालाई पक्राउ गरिएको थियो ।

यसैगरि,  अमेरिका र अस्ट्रेलियाले परमाणु पनडुब्बी खरिद गर्ने सम्बन्धमा गरेको सम्झौताप्रति फ्रान्सले उग्र प्रतिक्रिया दिएको छ। खासमा अस्ट्रेलियाले पहिले यी परमाणु पनडुब्बीहरु फ्रान्ससँग किन्ने तय थियो । फ्रान्सको आक्रोशको अनुमान यसबाट पनि गर्न सकिन्छ कि फ्रान्सका विदेशमन्त्री जीन इभ ले ड्रियांले यसलाई ‘पिठ्युँमा छुरा रोप्नु’ भनेका छन् ।

फ्रान्सले ५ वर्ष पहिले पारम्पिरिक रुपले सञ्चालित १२ पनडुब्बीहरु अस्ट्रेलियालाई बेच्नको लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो। यो सम्झौता ५६ बिलियन युरोको थियो । तर, त्यसपछि खबर आयो कि बेलायत, अमेरिका र अस्ट्रेलिया एक रणनीतिक साझेदारीको डील गरिरहेका छन् ।

यी तीन देशको यो रक्षा सम्झौताले फ्रान्ससँग भएको पनडुब्बी सम्झौतालाई रद्द गरिदिएको छ । फ्रान्सका विदेशमन्त्री जीन इभ ले ड्रियाँले यसलाई पिठ्युँमा छुरा रोप्नुजस्तै भएको बताएका छन् ।

प्रतिक्रिया