आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसारकै धनी एलन मस्क प्रेमिकासँग छुट्टिए

प्रकाशित
517
SHARES

एजेन्सी। संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेजसिक्स जानकारी दिएको छ। स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध पृथकीकरण भएता पनि आफूहरुबीच राम्रै सम्बन्ध भएको र आफ्ना १ वर्षे छोरालाई मिलेरै हुर्काउने पेज सिक्ससँगको कुराकानीमा बताएका छन् ।

उनीहरुको छोराको नामX Æ A-Xii Musk हो । यो नाम अत्यधिक चर्चा भएको थियो । उनले भने, ‘हामी अर्ध पृथकीकरण भएका छौं तर अझै पनि एक–अर्कालाई माया गर्छौं, बारम्बार भेट्न मन पराउँछौं र राम्रो सम्बन्धमा छौं ।’

‘स्पेस एक्स र टेस्लाको कामले गर्दा म टेक्ससमा हुनुपर्छ, देश बाहिर पनि यात्रा गरिरहनुपर्छ । उनको भने काम विशेषगरी लस एन्जल्समा हुन्छ । उनी हाल मसँगै छिन् र बेबी एक्स हामीसँगैको कोठामा छन् ।’ मस्क र ग्राइम्स सन् २०१८ देखि सम्बन्धमा थिए । उनीहरुको छोरा सन् २०२० को मेमा जन्मिएका हुन् ।

अघिल्लो महिना आयोजित कार्यक्रम मेट गालामा यी दुईलाई सँगै देखिएको थियो । ३३ वर्षीया ग्राइम्स एक्लै रेड कार्पेटमा देखिएकी थिइन् जबकी ५० वर्षे मस्कले उनलाई भित्र भेटे ।

मस्कले पहिलो विवाह लेखक जस्टिन विल्सनसँग विवाह गरेका थिए । उनीसँग उनका पाँच छोरा छन् । जुम्ल्याहा ग्रिफिन र जेभियर, १७, र तिम्ल्याहा डेमियन, स्याक्सन र काई । यी तीनैजना १५ वर्ष पुगेका छन् ।

त्यसपछि उनले अभिनेत्री तलुलाह रिलेसँग दुईपटक विवाह गरे । उनले पहिलो पटक उनीसँग सन् २०१० मा विवाह गरे । त्यसको दुई वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । पछि पुनर्मिलन भयो र सन् २०१३ मा पुनः विवाह गरे र सन् २०१६ मा पुनः सम्बन्धविच्छेद गरे ।

प्रतिक्रिया