आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मध्यरातमा प्रचण्डलाई देउवाको फोन, के के भयो कुराकानी ?

प्रकाशित
469
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । टेलिफोनमा मन्त्रीपरिषद् विस्तार, मन्त्रालय भागवडा लगायतका विषयमा छलफल भएको बालुवाटार श्रोतको भनाई छ ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता गर्न पठाएको सिफारिस प्रमाणित भएपछि देउवाले प्रचण्डलाई टेलिफोट गरेका थिए ।अध्यादेश फिर्ता भएको प्रमाणित भएपछि प्रचण्डले देउवालाई बधाई दिएको श्रोतको भनाई छ । ‘दुई वटा पार्टी फुटाउन सफल हुनुभयो ।

तराईमा राम्रो जनाधार भएको र पहाडमा राम्रो जनाधार भएको पार्टी फुटेपछि तपाईलाई पनि हाइसन्चो भयो होला ?’ ठट्यौली पाराको प्रचण्डको भनाई उदृढ गर्दैै श्रोतले भन्या, ‘तपाईँलाई बधाई छ । देश अग्रगमनको दिशातीर अगाडि बढ्यो ।

जवाफमा देउवाले ‘तपाईँलाई पनि बधाई छ’ भनेका थिए । देउवाले छिटो मन्त्रीको नाम दिनलाई दवाव दिन फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ । ‘भोली मन्त्रीपरिषद् विस्तार गर्नपर्छ छिटो नाम दिनुहोस् ।’ देउवाले भने, ‘तपाईँले अब कुन मन्त्रालय राख्ने हो ? त्यही अनुसार नाम पठाउनुहोला ।’

प्रचण्डले भोली होइन् पर्सि अर्थात बुधबार मन्त्रीपरिषद् विस्तार गर्न सल्लाह दिएका थिए । ‘भोली मन्त्रालय बाँडफाँड गरौँ, त्यसपछि हामीलाई मन्त्री छान्न पनि सजिलो हुन्छ ।’ प्रचण्डले भने, ‘पर्सि विस्तार गरौँला ।’ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी गठबन्धनमा सहभागी छन् ।

उनीहरुको भागमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय परेका छन् भने कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय भागमा परेको छ ।नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ४ जना र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनिसकेका छन् ।

माओवादीबाट जनार्धन सर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बनिसकेका छन् भने कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

मन्त्रिपरिषद विस्तारको गृहकार्य : उपप्रधानमन्त्री नबनाउने देउवाको तयारी

अध्यादेशसम्बन्धी विवाद टुंगो लागेका कारण अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा बुधबारभित्रै नयाँ मन्त्री चयन हुने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् ।

अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काँग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठाउनुपर्ने हुन्छ, तर उपप्रधानमन्त्री बनाउने हो भने देवेन्द्र पौडेललाई पठाए पनि हुन्छ ।

त्यसैगरी, एमालेबाट राजीनामा दिएका वामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने प्रस्ताव माधव नेपालसमक्ष राखिरहेको स्रोतको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले आफ्नो पार्टी र अरु गठबन्धन दलबाट पनि कनिष्ठ नेताहरुलाई मन्त्री बनाउन चाहेको सत्ता गठबन्धनका एक नेताले  बताए ।

 

प्रतिक्रिया