आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट बाहिरयो

प्रकाशित
870
SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेको अन्तिम लिष्ट बाहिरिएको बुझिएको छ । माओवादी केन्द्रले मन्त्री बन्नका लागि मापदण्ड बनाएपछि अन्तिम नाम सार्वजनिक भएको हो । माओवादी केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने, सबै समुदाय र भूगोलको प्रतिनिधित्व हुनेगरी सरकारमा पठाउने भएको हो ।

अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ । एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् । माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा सरकारमा जाने छ ।

त्यस्तै माओवादीबाट शशी श्रेष्ठ, सुदन किराती, महेश्वर गहतराज ‘अथक’लाई पनि मन्त्री बनाउने माओवादीको तयारी छ । यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङले पनि दावि त छोडेका छैनन् । तर पनि मापदण्डामा नपरेकाले मनाउन सकिने प्रचण्डको विश्वास छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकोको छ अब तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी छ । सरकारले एमाले विभाजनका लागि ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेसँगै आज या भोली सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

सरकारमा जान सबै भन्दा हतार भएको एमाले विभाजन गरेर बनेको नेकपा एसले मन्त्रीहरुको नामावली नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले गोजीमा बोकेर हिँडेका छन् भने सत्ताघटक अर्को दल माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम लगभग फाइनल गरेको छ ।

पार्टीका ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ त्यसकारण म ठूलो तनावमा छु भनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई सो पार्टीको स्थायी कमिटी बैठकले मन्त्री छान्ने एकल अधिकार दिएपछि नाम फाइनल गरेको स्रोतको दावी छ ।

नेकपा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

देउवालाई ओलीको सन्देश : राजनीतिक दलसम्बन्धी अध्यादेश एमाले फुटाउन आएको पुष्टि भयो

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि भएको बताएका छन् ।

मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताएका हुन् ।

ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलकोविरुद्धको षड्यन्त्र भएको बताइएको छ ।

विज्ञप्तिमा ओलीको सन्देश उद्धृत गर्दै भनिएको छ, ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको पुष्टि भएको छ । चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने कामप्रमुखप्रतिपक्षीदलका विरुद्धको षडयन्त्र थियो, जुन संविधानविपरीत थियो ।’

त्यस्तै संसद् अधिवेशन चलिरहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहे अन्यत्रबाट हुन नसक्ने पनि ओलीको सन्देश छ । ‘संसद्को अधिवेशनचालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामामात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेशमार्फत कानुनसम्बन्धी काम हुन सक्ने हो ।

तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दूःषित मनसायबाट अभिप्रेरित, दलीयव्यवस्था र प्रमुखप्रतिपक्षी दलविरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया