आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद बैठकले एकाएक किन गर्यो यस्ता निर्णय, देशैभर तरंग

प्रकाशित
1.8K
SHARES

काठमाडौ। मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । बैठकले विभिन्न तीन विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिएको छ ।सोमबार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बैठकले सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक, तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृती दिने निर्णय गरेको हो ।

त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदीसहितका पदाधिकारीको राजीनामा स्वीकृत गने निर्णय गरेको कार्कीले जानकारी दिए। त्यस्तै सरकारले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए।

सत्ता गठबन्धनको एक दल जसपाले अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जनाउदै आएको छ। यादवलाई अध्यादेश खारेज नभए आफ्नो दल विभाजन हुने चिन्ता छ।

यही अध्यादेशका कारण सरकार गठन भएको तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । एकीकृत समाजवादीले अध्यादेश फिर्ता लिन मानेको थिएन भने जसपाले अध्यादेश रहँदासम्म मन्त्रीको नाम पठाउन नसक्ने बताएको थियो ।

त्यही अलमलका बीच सरकारले २३ भदौको संसद बैठकमा यो अध्यादेश टेबल गर्‍यो । तर सरकारले न अध्यादेश पास गर्‍यो, न प्रतिस्थापन विधेयक ल्यायो । सत्तारुढ गठबन्धनमा पटकपटक छलफल गर्दा पनि अध्यादेश फिर्ता गर्ने सहमति जुटेन भने प्रतिस्थापन विधेयक ल्याएर पास गर्न लामो समय लाग्ने भयो ।

पछिल्लो पटक सर्वोच्च अदालतले अध्यादेश र त्यसका आधारमा भएका कामकारबाही रद्द गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएपछि अध्यादेश फिर्ताका लागि एकीकृत समाजवादी नेताहरु सहमत भएका छन् । त्यसअनुसार मन्त्रिपरिषद्ले सोमबार अध्यादेश खारेजीका लागि सिफारिस गरेको छ ।अब मन्त्रालय भागवण्डा टुंग्याएर पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ दलहरुको तयारी छ।

भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएको छ । उक्त प्रकरणपछि ढकालले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट राजीनामा दिइसकेका छन् ।

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गर्ने सरकारको निर्णयसरकारले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको कार्यकारी नियुक्ती गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यसैगरी सरकारले वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका थप निर्णय

सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ ।
रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने । तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने । समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने । वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने । -गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ