आज : गते

ताजा शिर्षकहरु

बुद्ध एयरको अर्को जहाज पनि झन्डै दुर्घटना, इमेरजेन्सि ल्याण्डिङ्ग गरियो

प्रकाशित
1.6K
SHARES

काठमाडौ। काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाजको जहाजको ककपिटमा धुँवा देखिएपछि पोखरा नपुगी काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हो ।

जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको विमानस्थलले जनाएको छ । यस्तै आजै काठमाडौंबाट विराटनगरका लागि उडेको विमानको अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौं फिर्ता भएको छ ।

सो विमानले काठमाडौँको आकाशमा झन्डै २ घण्टासम्म फन्को मरेको थियो भने पछि सकुशल अवतरण भएको थियो । बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।

अत्याधुनिक ‘सिमुलेटर’ सञ्चालन गर्दै बुद्ध एयर

जी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो ।

बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।

बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ । एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीले बताएको छ। सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने छ ।

यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ। कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने कम्पनीले जनाएको छ।

एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ।

प्रतिक्रिया