आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड–देउवा फेरी खटपट, मन्त्री फिर्ता बोलाउने प्रचण्डको चेतावनी

प्रकाशित
540
SHARES

काठमाडौ।  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धमा दरार आएको छ । केपी ओलीलाई सत्ता च्युत गर्न देउवाको खुट्टा मालिस गरेका प्रचण्डले अहिले धम्की दिन थालेका छन् ।

सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिमण्डल बिस्तारवारे छलफल हुँदै थियो । बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका विषयमा चर्को विवाद भयो ।

बैठकमा भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कसरी टुंग्याउने भन्नेबारेमै छलफल केन्द्रित रहेको बताइन्छ । ‘त्यसमा प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र माधवजीहरुलाई विश्वास दिलाउनुपर्ने,’भन्दै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो धारणा राखे ।

उनले अध्यादेशलाई छिट्टै फिर्ता लिएर भए पनि अहिलेको अन्योलको ‘च्याप्टर क्लोज्ड’ गर्नुपर्ने बताए । प्रधानमन्त्रीमु दाहालले राखेका धारणा उद्धृत गर्दै स्रोत भन्यो, ‘अब सरकार बिस्तारमा धेरै दिन अल्मलिन भएन । यस्तै हो र दुई वा तीन दिनभित्र मन्त्रिमण्डल बिस्तार नभएमा हाम्रा दुई जना मन्त्री फिर्ता गर्छौं, तर सरकारलाई समर्थन भने गरिहने छौं ।’

प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाक समेत गरेका थिए । दाहाललगायत नेताले आफ्ना धारणा राखेपछि प्रधानमन्त्रीले देउवाले जवाफमा ‘पख्नुस्’ भनेका थिए ।

प्रधानमन्त्रीको “पख्नुस्”को रहस्य खोल्दै स्रोत भन्छ, ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’

ज्योतिषले ९० दिनको खड्गो कटाएपछि मन्त्रिमण्डल बिस्तार गर्दा हुने आशयको सुझाव दिएको चर्चा छ ।प्रधानमन्त्री ज्योतिषशास्त्रमा निकै विश्वास राख्ने पात्र हुन् । उनीले राजनीतिक अप्ठेरो परेको बेला ज्योतिष देखाएर निर्णय गर्दै आएका छन् ।

यसपटकसमेत उक्त ‘तत्व’ ले काम गरेको हुनसक्छ । यद्यपि भोलि पर्सि नै केही मन्त्री थपिने सम्भावना पनि उत्तिकै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्ति शुक्रबार उक्त अध्यादेशको बारेमा एक किसिमले बोलिसकेकाले मन्त्रिमण्डल बिस्तारबारे आजै टुंग्याउनुपर्ने नेताहरुको माग थियो ।

आज बैठकमा नेताहरुले कुन कुन मन्त्रालय कुन पार्टीलाई र तिनका को–कोले सपथ ग्रहण गर्ने भन्नेबार छिट्टै टुंग्याउँ भन्दा प्रधानमन्त्रीले ‘अहँ’ भनेका थिए । ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’ श्रोतले भन्यो ।

एकचोटी उनले सल्लाह गरौंलासम्म भनेको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाकसमेत गरेका थिए ।

बैठकमा अरु सबै दलका शीर्ष नेता उपस्थित भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित थिए । उनको सट्टा डा. बाबुराम भट्टराई र महेन्द्र यादव गएका थिए । जसपाले आज पनि अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।तर,अध्यादेश फिर्ता लिँदा कानुनी प्रक्रियामा गडबड हुन्छ कि भन्नेमा नेकपा एकीकृत समाजवादीका नेताहरुको चासो देखिन्छ ।

तर यसअघिका सरकारले जारी गरेका कतिपय अध्यादेश फिर्ता लिँदा त्यसबीच भएका नियुक्ति र कानुनी कुराहरुले वैधानिकता पाएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

मन्त्रिपरिषद बैठक बस्दै, दल विभाजन सम्बन्धी अध्यादेश के होला ?

दुई महिना समय बित्ता समेत प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णमन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन्। गत भदौ २ गत बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरलाई राहत र माधव कुमार नेपाललाई नयाँ दल दर्ता गर्न सहज बनेको थियो।

तर,अहिले सम्म सरकार बिस्तार हुन नसक्नुमा दल विभाजनको विधेयक नै सत्ता गठबन्धनमा आबद्ध नेताहरुलाई टाउको दुखाईको विषय बनेको छ। यो विधेयक खारेज नभएसम्म उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा नजाने यादवले बताइसकेका छन्।

विधेयक खारेज नभएसम्म जसपाबाट मन्त्री बन्न नसकेकाहरुको थोरै संसदहरुले पनि नयाँ दल दर्ता गर्ने सक्ने भएपछि उक्त कुराको त्रासले यादव सकसमा परेका छन्।

लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्दा देशको दैनिक प्रशासनिक काम ठप्प बनेको छ। तर,यो अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा गठबन्धनबीच नै विवाद छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश भदौ २३ गते प्रतिनिधिसभामा टेबल गरेको छ। तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा को अडान छ।

तर,आइतबार बसेको सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो।

त्यसका लागि सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। अध्यादेशको विषय पेचिलो बनिरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने आजको बैठक नियमित प्रक्रिया मात्र रहेको बताएका छन्।

उनले भने डिसी नेपालसँग भने, ‘आज बस्ने मन्त्रिपरिषदको बैठक नियमित प्रक्रिया मात्र हो। विधेयक खारेज हुने विषय आजको बैठकको एजेण्डा रहेको छैन र यो विषयले प्रवेश पनि पाउँदैन।’

प्रतिक्रिया