आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावमा ओलीलाई पत्तासाफ पार्न सत्ता गठबन्धनले थाल्यो यस्तो तयारी

प्रकाशित
298
SHARES

काठमाडौ। सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सत्ता गठबन्धनले चुनावमा पनि एमाले बिरुद्ध गठबन्धनलाई नै निरन्तरता दिने र थप रणनीति बनाउँने निर्णय गरेको छ । र त्यसको जिम्मा सत्ता गठबन्धनका शिर्ष नेताहरुलाई दिएको छ ।

सरकार गठन भएको दुई महिनासम्म पनि मन्त्रालयको भागभण्डा टुंगो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिन शीर्ष नेतालाई मन्त्रालय बाँडफाँडको जिम्मा दिइएको जनता समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले जानकारी दिए ।

अहिलेसम्म मन्त्रालयको भागबण्डा नटुंगिएको कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । आजको बैठकमा शीर्ष नेतालाई टुंगो लगाउने जिम्मेवारी दिइएको छ, उनले भने । बैठकमा गठबन्धनलाई बलियो बनाउन खाका तयार गर्ने जिम्मा शीर्ष नेताहरूले लिएका छन् ।

गठबन्धनलाई चुनावसम्म लैजानका निम्ति आवश्यक नीति, कार्यक्रम र एजेण्डा तयारीको जिम्मा शीर्ष नेतालाई दिइएको छ, यादवले भने ।शीर्ष नेताहरूले गठबन्धनको निर्वाचन केन्द्रित एजेण्डा, सहकार्यका मुद्दालगायतका विषयमा खाका निर्माण गर्ने यादवले बताए ।

बैठकमा राष्ट्रिय जनमोर्चाले सरकारले पूर्णता नपाउँदा गठबन्धनप्रति वितृष्णा बढिरहेको भन्दै मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । राष्ट्रिय जनमोर्चाले नागरिकमा वितृष्णा बढिरहेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ नगर्न ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीले अब छिट्टै सरकार विस्तार हुने बताउनुभयो, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।जनता समाजवादी पार्टीले अध्यादेशलाई छिटो निष्क्रिय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । हामीले अध्यादेशलाई पनि टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई भनेका छौँ, यादवले भने ।

सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको बताएका हुन्।त्यस्तै, बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका थिए।

स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा (एकीकृत समाजावादी) र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गरेका थिए।अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ।

प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला,माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले भने,मन्त्रालय भागबण्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन।अब यस विषयको समेत टुंगो लाग्छ भनेर भन्नुभएको छ।

माओवादी केन्द्रले मंगलबार पनि स्थायी कमिटी बैठक बोलाएको छ।बैठकमा पुसमा हुने राष्ट्रिय सम्मेलनबारे छलफल हुने साहले बताए। आइतबार बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए मन्त्री फिर्ता बोलाउने चेतावनी दिएका छन् । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बोलाइएको सत्ता गठबन्धन बैठकमा यस्तो चेतावनी दिएका हुन् ।

सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए ।

यति लामो समयसम्म सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । उनले आजै विहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि यसबारे छलफल गरेका छन् ।माओवादीका मन्त्री छान्नलाई प्रचण्डले जिम्मा पाइसकेकाले कुनै समस्या नरहेको निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया