आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुद्ध एयरको जहाजबारे अनुसन्धान हुने, जहाजमा के भएको हो ?

प्रकाशित
451
SHARES

काठमाडौं। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको फ्लाइट अप्रेशन डिपार्टमेन्टका प्रमुख एवम् प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक खराबीका विषयमा अध्ययन र छानविन हुने चेतावनी दिएका छन् ।

सोमबार बिहान दैनिक नेपालसँग कुरा गर्दै प्रवक्ता शेर्पाले भने, ‘बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर किन खुलेन ? के भएको थियो ? त्यसबारेमा हामीले बुझ्ने छौँ । छानविन हुनेछ । अनुसन्धान गर्छौं । कसको दोष हो छानविन हुन्छ । कारबाही हुन्छ ।

‘यो विषयलाई बुद्ध एयरले पनि आन्तरिक छानविन गर्नेछ । हामीले पनि छानविन र अनुसन्धान गर्नेछौँ’, प्रवक्ता शेर्पाले भने, ‘सत्यतथ्य बाहिर ल्याइनेछ ।’सोमबार बिहान काठमाडौंबाट खचाखच यात्रु बोकेर बुद्ध एयरको जहाज विराटनगर उडेको थियो ।

विराटनगरमा अवतरणका क्रममा जहाजको ल्याण्डिङ गियर (पाङ्ग्रा÷चक्का) समयमा खुलेको थिएन ।समयमा नखुलेपछि बुद्ध एयरका जहाज काठमाडौं फर्किएको थियो । काठमाडौं फर्कर्ने क्रममा बुद्ध एयरका अप्रेशनका कर्मचारी र पाइलटहरूको संयुक्त प्रयासमा जहाजलाई सकुशल त्रिभुवन विमानस्थलमा नियमित प्रक्रियाअनुसार अवतरण गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए ।

जहाज विराटनगरबाट फिर्ता भएपछि विमानस्थलमा सबै सुरक्षा सर्तकता अपनाइएको प्रवक्ता शेर्पाले बताएका छन् । उनले बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको भन्दै यात्रुलाई सकुशल अवतरण गराइएको बताएका छन् ।

बुद्ध एयरको जहाज करीव २ घण्टा आकाशमा उडेको थियो । सोही क्रममा जहाजको ल्याण्डिङ गियर मर्मत गरिएको थियो । त्यस क्रममा अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द गरेर बुद्ध एयरको जहालका लागि ट्राफिक क्लियर गरिएको थियो ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।सोमबार बिहान विराटनगरमा ल्यान्ड हुन नसकेर जहाज काठमाडौं फर्किएको थियो । चालक दलको कुशलताले जहाज सकुशल अवतरण भएको छ ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ ।

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ शुरू

दशैंका लागि काठमाडौं बाहिरका यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ ।

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर समेत थप गरिएको छ ।सरकारले दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै टिकट काउन्टर थप गरिएको छ ।

नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले अग्रिम टिकट बुकिङ बिहान ७ बजेदेखि सुरु गरिएको बताए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।सरकारले सार्वजनिक सवारीसाधनहरूको रुट इजाजत खुला गर्ने भएको छ ।

दशैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया