आज : गते

ताजा शिर्षकहरु

देउवाका ज्योतिषले गरे अर्को भविश्यवाणी, प्रचण्ड तनावमा

प्रकाशित
1.3K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले असोज महिनाभित्र मन्त्रीपरिषद् विस्तार नगर्न सुझाव दिएका छन् । ज्योतिषको सुझाव अनुसार देउवाले अब कार्तिकमा मात्र मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् ।

देउवाका ज्योतिष सुरेश चन्द्र रिजालले असोज महिनामा मन्त्रीपरिषद् पूर्ण बनाउँदा सरकार ढल्ने सम्भावना रहेको बताएका छन् । बालुवाटार श्रोतका अनुसार एक दुई जनालाई मन्त्री बनाएपनि पूर्ण आकारको मन्त्रीमण्डल बनाउन ग्रह नक्षत्रले रोकेको बताएका हुन्् ।

आइतबारको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले यस विषयमा केही संकेत गरेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तारमा ढिलाई भए आफू सरकारबाट बाहिरिने चेतावनी दिदा पनि देउवा टसमन नभएको श्रोतको भनाई छ ।

सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिमण्डल बिस्तारवारे छलफल हुँदै थियो । बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशका विषयमा चर्को विवाद भयो ।

बैठकमा भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कसरी टुंग्याउने भन्नेबारेमै छलफल केन्द्रित रहेको बताइन्छ । ‘त्यसमा प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र माधवजीहरुलाई विश्वास दिलाउनुपर्ने,’भन्दै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो धारणा राखे ।

उनले अध्यादेशलाई छिट्टै फिर्ता लिएर भए पनि अहिलेको अन्योलको ‘च्याप्टर क्लोज्ड’ गर्नुपर्ने बताए । प्रधानमन्त्रीमु दाहालले राखेका धारणा उद्धृत गर्दै स्रोत भन्यो, ‘अब सरकार बिस्तारमा धेरै दिन अल्मलिन भएन । यस्तै हो र दुई वा तीन दिनभित्र मन्त्रिमण्डल बिस्तार नभएमा हाम्रा दुई जना मन्त्री फिर्ता गर्छौं, तर सरकारलाई समर्थन भने गरिहने छौं ।’

दाहाललगायत नेताले आफ्ना धारणा राखेपछि प्रधानमन्त्रीले देउवाले जवाफमा ‘पख्नुस्’ भनेका थिए । प्रधानमन्त्रीको “पख्नुस्”को रहस्य खोल्दै स्रोत भन्छ, ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।

ज्योतिषले ९० दिनको खड्गो कटाएपछि मन्त्रिमण्डल बिस्तार गर्दा हुने आशयको सुझाव दिएको चर्चा छ ।प्रधानमन्त्री ज्योतिषशास्त्रमा निकै विश्वास राख्ने पात्र हुन् । उनीले राजनीतिक अप्ठेरो परेको बेला ज्योतिष देखाएर निर्णय गर्दै आएका छन् ।

यसपटकसमेत उक्त ‘तत्व’ ले काम गरेको हुनसक्छ । यद्यपि भोलि पर्सि नै केही मन्त्री थपिने सम्भावना पनि उत्तिकै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्ति शुक्रबार उक्त अध्यादेशको बारेमा एक किसिमले बोलिसकेकाले मन्त्रिमण्डल बिस्तारबारे आजै टुंग्याउनुपर्ने नेताहरुको माग थियो ।

आज बैठकमा नेताहरुले कुन कुन मन्त्रालय कुन पार्टीलाई र तिनका को–कोले सपथ ग्रहण गर्ने भन्नेबार छिट्टै टुंग्याउँ भन्दा प्रधानमन्त्रीले ‘अहँ’ भनेका थिए । ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’ श्रोतले भन्यो ।

एकचोटी उनले सल्लाह गरौंलासम्म भनेको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाकसमेत गरेका थिए ।

बैठकमा अरु सबै दलका शीर्ष नेता उपस्थित भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित थिए । उनको सट्टा डा. बाबुराम भट्टराई र महेन्द्र यादव गएका थिए । जसपाले आज पनि अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

यसैगरि ,

तनहुँ जिल्लामा नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनमा केन्द्रीय नेताहरूको प्रभाव देखिएको छ । नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्ले, प्रदीप पौडेलको अधिवेशनमा प्रभाव देखिएको छ । रामचन्द्र पौडेल आफ्नै गृहजिल्ला तनहुँमा कमजोर देखिएका छन् । पौडेल दुई वटा पालिकामा सीमित भएका छन् ।

व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्ख विजयी भएका छन् । उनी पौडेल निकट मानिन्छन् । भानु नगरपालिका कार्यसमितिको सभापतिमा रामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ पनि पौडेल निकटका मानिन्छन् ।

शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ विजयी भएका छन् । उनी केन्द्रीय सदस्य प्रदीप पौडेल निकट हुन् ।प्रदीप पौडेल निकट यम थापा घिरिङ गाउँपालि समितिको सभापति बनेका छन् । आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णु पन्त विजयी भएका छन् । बन्दीपुरमा कर्णबहादुर खत्री विजयी भएका छन् । दुवै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकटका हुन् ।

माग्दे गाउँपालिका कार्यसमितिको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । घिमिरे कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य ध्रुब वाग्ले निकटका मानिन्छन् ।नेता पौडेलले पूर्वसह–महामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेर पार्टीबाट निस्काषित गरेपछि त्यसको प्रभाव वडा र नगररगाउँ अधिवेशनमा देखिएको छ ।

कांग्रेसको केन्द्रको राजनीतिमा अबरोध गरेर लफडा गर्दै आएका पौडेल आफ्नै गृहजिल्लामा नराम्रोसँग एक्लिएका छन् । पौडेलविरुद्ध अन्य नेताहरू एक भएर अगाडि बढ्ने संकेत पालिका अधिवेशनमा दिएका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ