आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुद्ध एयरको जहाज झन्डै दुर्घटना आकाशमै घुम्दै, एयरपोर्टमा हाइ अलर्ट

प्रकाशित
755
SHARES

काठमाडौं। काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको छ ।

प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको हो ।जहाज अहिले काठमाडौंको आकाशमा घुमिरहेको छ । अहिले विमानस्थलमा कुनै उडान भरिएको छैन ।

विमान उड्ने बाटो: शको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त व्यस्त रहन्छ । यो विमानस्थलमा हरेक दिन पाँच सय वटाभन्दा बढी उडान तथा अवतरण हुने गर्छ । हजारौँ यात्रुलाई पाइलटले विमान उडाएर गन्तव्यसम्म पु¥याउँछन् । ती पाइलटलाई कन्ट्रोल रुममा बसेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले बाटो देखाउँछन् ।

धेरैलाई लाग्नसक्छ, खुला आकाशमा विमान जता उडाएपनि भइहाल्यो नि ! तर, त्यसरी विमान उडाउन सकिन्न, मिल्दैन । विमानको पनि एउटा निश्चित मार्ग हुन्छ । त्यसैअनुसार उडान गरे मात्र हवाई सेवा सुरक्षित हुन्छ ।

यसरी विमान उड्ने हवाई मार्ग नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गर्ने गर्छ । हवाई मार्ग कसरी निश्चित गरिन्छ ? त्यो मार्गमा सुरक्षित उडानका लागि पाइलट र एटीसीले कसरी सहकार्य गर्छन् ? काठमाडौँ भित्रिने र यहाँबाट बाहिरिने हवाई मार्ग कति वटा र कस्ता छन् ? सुरक्षित उडानका लागि अन्य कस्ता उपाय अपनाइन्छन् ? यिनै जिज्ञासाको जवाफ खोज्न हामीले प्राधिकरणका महानिर्देशक राजन पोखरेल, एटीसी ज्ञानेन्द्र भुल, इन्स्ट्रक्टर पाइलट प्रमोद थापा र बुद्ध एयरका अप्रेसन डाइरेक्टर सुवर्ण खरेलसँग कुराकानी गरेका छौँ ।

हवाई मार्गमा पाइलटलाई विमान उडाउन एटीसीले सघाउँछ । गत ६ वर्षदेखि एटीसीका रुपमा कार्यरत ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले निमार्ण गरेको हवाई मार्गका आधारमा एटीसीले पाइलटलाई गाइड गर्दछ ।

उनका अनुसार सामान्यतः हवाई रुट चार प्रकारका हुन्छन् । कन्ट्रोल (एयर वे) रुट, अनकन्ट्रोल रुट र टर्मिनल रुट पर्दछन् । कन्ट्रोल रुट ११ हजार ५ सय फिटभन्दा माथिको उचाइमा हुन्छ । यो रुटमा उडिरहेको विमान पूर्ण रुपमा एटीसीको नियन्त्रणमा हुन्छ । अनकन्ट्रोल रुटमा भने एटीसीको कुनै नियन्त्रण हुँदैन ।

यस प्रकारको रुटमा पाइलटले आफ्नै आँखाले बाहिरी वातावरण हेरेर (भिजुअल फ्लाइट रुलका आधारमा) विमान उडाउँछ । त्यस्तै, एडभाइजरी रुट हुन्छ । यसमा केही स्थानमा एटीसीले नियन्त्रण गर्ने र केही ठाउँमा पाइलटले आफ् नो विवेकले उडान गर्ने गर्छ । यीबाहेक विमानस्थलबाट उडेपछि मुख्य रुट सुरु हुने ठाउँसम्म पु¥याउने र अवतरण गर्दा विमानलाई मुख्य रुट सकिएपछि विमानस्थलसम्म पुग्ने रुटलाई टर्मिनल रुट भनिन्छ ।

नेपालमा रहेका हवाई मार्गलाई विभिन्न नाम दिइएको भुल बताउँछन् । नेपालबाट बाहिर जाने एउटा रुटको नाम हो, लिमा ६२६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धार्के कम्पलसरी रिपोर्टिङ प्वाइन्ट, भरतपुर, पाल्पा, सुर्खेत, धनगढी हँुदै महेन्द्रनगर (ओनिसा) विन्दुबाट विमान बाहिरिने रुट हो यो । यही रुट हँदै भरतपुर, धनगढी, महेन्द्रनगर लगायतका विमानस्थलमा आन्तरिक उडान पनि हुने गर्छ । ब्राभो ३४५ रुट भने धार्के रिपोर्टिङ प्वाइन्ट, भरतपुर, मेघौली हुँदै भैरहवा (लुम्बी) विन्दुबाट लखनऊतर्फ जान्छ ।

गल्फ ३३६ रुट गुराँस रिर्पोटिङ प्वाइन्ट, हुँदै सिमरा विन्दुबाट पटना जान प्रयोग गरिन्छ । सिमराबाट गल्फ ३३६ संगै अन्य तीन वटा रुट छन् । ती रुटबाट दिल्ली, लखनऊ, बनारस र कोलकाता जान सकिन्छ ।

रोमियो ३२५ र गल्फ ३३५ रुट इग्रिस कम्पलसरी रिपोर्टिङ प्वाइन्ट हँुदै जनकपुर (जनक) विन्दुुबाट बाहिरिन्छ भने रोमियो ३४४ रुट इग्रिस, आहाले, चुरे हँुदै विराटनगर (विराट) विन्दुबाट दिल्लीतर्फ लाग्छ । गल्फ ३४८ रुट इग्रिस प्वाइन्ट, खिम्ती, फाप्लु, तुमलिङटार, हुँदै मेचीबाट भुटानतर्फ जान्छ भने ब्राभो ३४५ मेचीबाट नुनिम विन्दुबाट ल्हासातर्फ जान्छ ।

नेपालबाट बाहिरने यी सबै मार्गबाट विमानले नेपाल प्रवेश गर्न भने पाउँदैनन् । नेपाल भित्रिने जम्मा दुई वटा मात्र हवाई मार्ग छन् । जसमध्ये एक हो, नुनिम विन्दु हुँदै आउने ब्राभो ३४५ रुट । चीनबाट आउने सबै विमान यही रुटबाट आउँछन् । त्यस्तै सिमरा विन्दु हुँदै जाने गल्फ ५९० नेपाल प्रवेशको अर्को रुट हो । पश्चिमबाट आउने सबै विमान यही रुटबाट भित्रिन्छन् । दुवैतर्फबाट आउने विमान गुराँस विन्दुबाट काठमाडौँ छिर्छन् ।

‘अन्तर्राष्ट्रिय उडानका लागि तय भएका रुटबाट आन्तरिक उडान पनि गर्न सकिन्छ,’ एटीसी भुल भन्छन्, ‘तर ‘आन्तरिक उडानका लागि पनि छुट्टै रुट पनि तोकिएको छ ।’ आन्तरिक उडानका लागि तराई भेगमा निश्चित रुट तोकिएको हुन्छ । तर, पहाडी भेगमा भने त्यस्तो निश्चित रुट हुँदैन, भूगोल हेरेर पाइलटले आफैँ बाटो तय गर्नुपर्छ ।

आन्तरिक उडानका लागि ह्विस्की ४१, ह्विस्की १७, ह्विस्की १९ जस्ता निश्चित मार्ग तोकिएका छन् । ह्विस्की ४१ रुट काठमाडौंबाट धार्के, पालुङटार, पोखरा, दाङ हुदै नेपालगन्जसम्म जान्छ । भरतपुरबाट दाङसम्म जानु परेमा ह्विस्की १७ रुट प्रयोग गरिन्छ । ह्विस्की १९ रुट भैरहवाबाट दाङ जाँदा प्रयोग हुन्छ ।

विमान इन्स्टु«मेन्ट फ्लाइट रुल (आईएफआर) प्रणालीमा उडेको बेलामा १५ हजार फिट भन्दा माथि र २९ हजार फिटभन्दा तल रहेर उडान गर्नु पर्ने हुन्छ । भिजुअल फ् लाइट रुल (भीएफआर) उडानको बेलामा भने विमान डाँडाकाँडामा नठोक्किने गरी २० हजार फिटसम्मको उचाइमा रहेर उडान गर्नुपर्ने हुन्छ ।

आईएफआर प्रणालीमा विमान उडाउँदा पूर्व दिशातर्फ जाँदा अड थाउजेन्ड अर्थात् १५, १७, १९ हजार फिटमा रहेर उडान गर्नु पर्ने हुन्छ । पश्चिम दिशातर्फ जाँदा इभन थाउजेन्ड अर्थात् १६, १८, २० हजार फिटमा उडान गर्नुपर्छ । ‘भीएफआरमा रहेर उडान गर्नु परेमा पूर्वतर्फ उडान गर्दा अड थाउजेन्ड प्लास फाइव हन्ड्रेड अर्थात १९ हजार ५००, १७ हजार ५०० फिट मा रहेर उडान गरिन्छ,’ भुलले भने, ‘पश्चिमतर्फ उडान गर्दा इभन थाउजेन प्लस फाइव हन्ड्रेडको उचाइमा उडान गर्ने व्यवस्था छ ।’ यी दुईमध्ये जुनसुकै प्रणालीमा उडान गर्दा पनि दुई विमानबीच एक हजार फिटको दूरी रहनुपर्छ ।

माउन्टेन फ्लाइटमा भने आईएफआर प्रणालीमा उडाए २५ हजार र भीएफआरमा उडाए २४ हजार फिटसम्म मात्र उडाउन पाइने प्रावधान छ ।

‘हरेक रुटमा निश्चित रिपोर्टिङ प्वाइन्ट हुन्छन्,’ एटीसी भुल भन्छन्, ‘त्यहाँ पुगेपछि पाइलटले एटीसीलाई विमानको अवस्थाबारे रिपोर्ट गर्नुपर्छ ।’ उनका अनुसार काठमाडौँबाट पोखरा जाँदा धार्के र पालुङटारमा रिपोर्टिङ प्वाइन्ट छन् । त्यस्तै अन्य रुटमा पनि छुट्टाछुट्टै रिपोर्टिङ प्वाइन्ट रहेको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमानले धार्के र इग्रिस रिपोर्टिङ प्वाइन्टबाट भने अनिवार्य रिपोर्ट गर्नुपर्छ । त्यसैले यी दुई स्थानलाई कम्पलसरी रिपोर्टिङ प्वाइन्ट नाम दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानलाई १० देखि १८ किमि (५ देखि १० नटिकल माइल) सम्म त्यहाँस्थित एरोडम कन्ट्रोल टावरले गाइड गर्छ । १९ देखि ९० किमिसम्म अर्थात् ५० नटिकल माइल (मनकामना, नारायनघाट, सिमरा, रामेछाप, लालबन्दी, आदि) सम्मका क्षेत्रमा एप्रोच कन्ट्रोल टावरले गाइड गर्छ भने त्यसभन्दा बाहिर एरिया कन्ट्रोल टावरले पाइलटलाई आवश्यक निर्देशन दिने गर्छ ।

उदाहरणका लागि, काठमाडौंबाट धनगढी भीएफआर उडान गरी जानु परेमा १८ हजार पाँच सय फिटमा उडान गरिन्छ । काठमाडौं विमानस्थलबाट १० देखि १८ किलोमिटर (५ देखि १० नटिकल माइल) सम्म एरोडम कन्ट्रोल टावरले, १९ देखि ९० किलो मिटर सम्म अर्थात ५० नटिकल माइलसम्म एप्रोच कन्ट्रोल टावरले र त्यसपछि तुल्सीपुर नपुग्दासम्म एरिया कन्ट्रोल टावरले मार्गनिर्देशन गर्छ । तुल्सीपुर पुगेपछि नेपालगन्ज टावरले विमानलाई गाइड गर्छ । नेपालगन्जबाट टीकापुर पुगेपछि विमान धनगडी टावरको कन्ट्रोलमा हुन्छ ।

प्रतिक्रिया