आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले उपाध्यक्ष सहित ३५० जना माओवादीमा प्रवेश, ओलीलाई खाना रुच्नु छोड्यो

प्रकाशित
1.5K
SHARES

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

वडा कमिटी सदस्यहरु क्या।सोमबहादुर गुरुङ, बिगत १७ बर्ष देखि गाउँकमिटी सदस्य हुदै हाल वडा कमिटी सदस्य बन्नु भएका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।एकै पटक काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठुलो धक्काको महसुस भएको बताइएको छ ।

यसैगरि,  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २र२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशीलाई नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् । राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि राजवंशी बिर्तामोड नगरपालिका ४ मा क्षेत्रीय प्रतिनिधि पदमा वडा राजु राजवंशी सन्तोषसंग पराजीत भएका थिए ।

एमाले र कांग्रेस त्यागेर माओवादी प्रवेश गर्नेको लर्को

सिराहाको लाहान नगरपालिका २० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।हरिनगरा स्थित आधारभूत विद्यालयको प्रांगणमा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एकभन्दा सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए।

हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबुत बनाएको माओवादी नगर कमिटीका नेता विजयकुमार गुप्ताको दाबी रहेको छ।

उक्त कार्यक्रममा मेयरका प्रत्यासी खडग नारायण चौधरी, नेता जिवछ यादव, वडा- २१ का वडा अध्यक्ष हेमन्त यादव, युवा नेता चन्देश्वर यादवलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यसै गरि

मोरङको कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४ को नेकपा माओवादीको सिंगो गाउँ कमिटी नै नेकपा एमालेमा प्रवेश गरेको छ ।माओवादी केन्द्रसँग कुनै एजेण्डा नभएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी एमालेजस्तो बनेको अभिव्यक्ति दिन थालेकाले आफूहरू समयमै एमाले प्रवेश गरेको उनीहरूले बताएका छन ।

शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा कानेपोखरीकको नारायण चोक, नर्सरी टोल, मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन माओवादी नेताहरु एमालेमा समाहित भएका हुन ।

यस अघि नेपाल कम्युनिष्ट (नेकपा) पार्टी बाट एमाले र माओवादी अलग हुदा गाउँ कमिटिमा जिम्मेवारी प्राप्त गरेका चित्रबहादुर राई, डम्बर कटुबाल र टेक बहादुर तामाङ भने एमालेमै बसेर पार्टीका गतिविधिहरु गर्दै आएका थिए । टेक बहादुर तामाङ भने गत स्थानीय तहको निर्वाचनमा माओवादी पाटीबाट ४ नं. वडामा वडाध्यक्ष उमेद्वार हुन ।

उदिप लिम्बुको नेतृत्वमा चमक बहादुर कार्की, यामबहादुर कार्की, राम बहादुर खड्का, भादुलाल चौधरी, कमला मगर, ज्ञान बहादुर मगर, सिचाई माझी, इन्दिरा राई९गीता०, सुनिल लिम्बु, सुरेश गुरुङ, खम्बरसिंह कटुवाल, लक्षमण कार्की, गंगा मगर, पदम कटुवाल, मन कुमारी माझी, फुलमाया माझी, सन्तकुमार राजबंशी, बालकृष्ण घोरसाई, विरवहादुर बम्जन, विमला कटुवाल गलाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं. ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले जिल्ला सदस्य भोला अधिकारी लगायतले एमालेमा स्वागत गरेका थिए।

प्रतिक्रिया