आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले बैठकमै ओलीलाई कारबाही गर्न व्यापक माग, दश बुँदेले चर्काचर्की

प्रकाशित
2.3K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

पार्टीमा छलफल नै नगरी दुईरदुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो धारका केही केन्द्रीय सदस्यहरूले यो विषयलाई चर्को रूपमा उाठाएका थिए ।

विगतमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बसेका ती नेताहरूले पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष ओलीलाई कारबाही गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए ।

बैठकमा ओली समूहका नेताहरूले आफ्नै पार्टीको सरकार गिराउने, पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा हटाउने खेलमा लागेका नेतालाई कारबाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारबाही गर्नुपर्ने आवाज उठाएका थिए ।

‘पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा दुई÷दुईपटक विघटन गर्नेलाई कारबाही गर्न मिल्छ कि मिल्दैन रु असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले दुईपटक नै पुनस्र्थापना गर्यो ।

के संविधान र लोकतन्त्रको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाही गर्नुपर्दैन रु असंवैधानिक कार्य गर्ने हाम्रा अध्यक्षज्यू कतिपटक उठबस गर्नुपर्छ रु’ बैठकमा तेस्रो धारका एक नेताले प्रश्न गरेका थिए ।

बैठकमा सरकार गिराउने र प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाहीको आवाज उठेपछि केहीबेर हंगामा नै भएको थियो । दोहारो सवाल जवाफ चलेपछि केहीबेर बैठक तनावपूर्ण बनेको थियो ।

तर, पछि शीर्ष नेताले यसबारेमा पनि छलफल गर्ने भन्दै कुरा मिलाएपछि बैठक निर्धारित कार्यक्रमअनुसार अगाडि बढेको एमाले स्रोतले जनाएको छ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरेको छ ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन गरि तीन दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । र, तीनै दस्तावेजका लागि १० वटै समूहबाट टोली नेता चयन पनि गरिएको छ ।तर, माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुले भने कुनै समूहबाट कुनै जिम्मेवारी पाएका छैनन् । ते

स्रो धारका नेताहरु पार्टी एकता गर्न १० बुँदा जस्ताको तस्तै पारित गर्न माग गर्नुपर्ने अडानमा रहेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विधान महाधिवेशन र १० बुँदे माग फरक रहेको भन्दै कुनै एजेन्डा नमिल्ने बताएका थिए । आज शनिबार दस्तावेजमाथि छलफल गर्न बनाइएको १० समूहमा उनीहरु कोही परेका छैनन् ।

सबै प्रदेशबाट ओलीनिकट नेताहरु मात्र चयन गरिएको छ । प्रदेश नं। १ बाट हिक्मत कार्की, प्रदेश नं। २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा, विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

१० समूहले ल्याएको सुझावपछि अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् ।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका मध्यमार्गी नेताहरूको अपमान भएको छ । मध्यमार्गी नेताहरुलाई बोल्ने अवसरबाट समेत बन्चित गरिएकोछ ।

शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि १० वटा समूह बनाएर गरिएको छलफलको निष्कर्ष सुनाइदा नेपाल छोडेर आएका नेताहरुलाई कुनै अवसर नदिइ बन्चित गरिएको छ ।

शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिए पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल प्रारम्भ गरिएको थियो । तर १० वटा समूहमा नेपाललाई छाडेर आएका नेताहरुलाई समेटिएको छैन् ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो ।

तर दशवटै समूहको टोली नेता चयन गर्दा नेपाल छाडेर आएकाहरुलाई बन्चित गरिएको बैठकमा सहभागि एक नेताले बताए । टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र राखिएको छ ।

जस अनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल टोली नेता चयन भएका छन्।

सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन् ।

नेकपा एमालेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसालले नेता नेपालको साथ छाडेर ओलीसँगै पुगेका छन् ।

त्यस्तै सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले नेपाल समूह छाडिसकेका छन् ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ