आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावमा एमालेलाई धुलो, कांग्रेसलाई लुलो, र माओवादी केन्द्रलाई सबैभन्दा ठूलो बनाउँछौंः दिपेश पुन

प्रकाशित
626
SHARES

काठमाडौ। अनेरास्ववियु  क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले नेपालमा परिवर्तनका सबै एजेण्डा माओवादीको भएको तर राज्य सत्ता चलाउने ठाउँमा परिवर्तन विरोधीहरु रहेको बताएका छन्।

अखिल क्रान्तिकारी कृषि तथा वनविज्ञान विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै उनले हिजोको माओवादीको परिवर्तनकारी एजेण्डा विरोधी कांग्रेस एमालेले सत्ता चलाएको बताए।

अब राज्यसत्ताको नेतृत्व पनि आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई लुलो, एमालेलाई धुलो र माओवादी केन्द्रलाई सबैभन्दा ठूलो पार्नेगरी अखिल क्रान्तिकारी अगाडि बढ्ने उनले उद्घोष गरे।

पुनले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको व्यवस्था आए पनि देश र जनताको आधारभूत जीवनमा परिवर्तन आउन बाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्ने चुनौती पनि माओवादीको काँधमा आएको बताए।

सम्मेलनले अनिश शाक्यको अध्यक्षतामा २७ सदस्यीय नयाँ राष्ट्रिय समिति निर्माण गरेको छ।अखिल क्रान्तिकारीले आउँदो असोज १४, १५ र १६ गते काठमाडौंमा २२ औं राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले पार्टी अध्यक्ष प्रचण्ड गुट तथा उपगुटबाट आजित भएको बताए ।

‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुभएको छ,’ उनले भने, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु, गुट र उपगुटको म सधै विरोधी हुँ ।’

समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाइ छ ।अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिका विषयमा गम्भीर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्च समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’

२०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थी लाग्नुपर्ने महराले बताए ।आगामी निर्वाचनमा माओवादीलाई मुलुककै पहिलो पार्टीको रुपमा स्थापित गरिने उनको दाबी छ ।

‘अब हामी गाउँ फर्कनुपर्छ, अहिले हाम्रो उठबस अलि बढी बुर्जुवाहरुसँग भयो कि भन्ने चिन्ता बढेको छ,’ महराले भने, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकताका लागि हामीले पहल गरिरहेका छौँ ।’ माओवादी पृष्ठभूमिका पार्टी र अन्य कम्युनिष्ट पार्टीबीचको बृहत एकता गर्ने अभियानमा आफूहरू लागिपरेको महराले बताए ।

पुर्व सभामुख कृष्ण बहादुर महराले अमेरीकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी फिर्ता हुने बताएका छन् ।सैन्य रणनीति अनुसार आएको उल्लेख गर्दै महराले एमसीसी पास नहुने र फिर्ता जाने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका महराले शनिबार पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रको अहित हुने कुनै पनि सहयोग स्विकार्न नसकिने बताए ।

आफू सभामुख रहँदा एमसीसी पास गर्न दवाव दिईएको खुलासा गर्दै महराले माओवादी पार्टीले राष्ट्रघाती र जनघाती सन्धी सम्झौतामा हस्ताक्षर नगर्ने जिकिर गरे ।त्यस्तै फरक प्रसङ्गमा महाराले सरकारले मंगलवारसम्म पुर्णता पाउँने बताएका छन् ।

राजनितिक दल सम्बन्धी अध्यादेश सोमबार फिर्ता हुने र मंगलवार मन्त्री परिषद् विस्तार हुने भएको उनको भनाई छ । २ दिनसम्म चल्ने क्रान्तिकारीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेशमा नयाँ समिति चयन गर्ने संगठनका नेता अनुप पोखरेलले बताए।

प्रतिक्रिया