आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यि हुन माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरु

प्रकाशित
801
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा छलफल सुरु गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दिन नै दुई जना मन्त्रीपरिषदमा सहभागी गराएको माओवादी केन्द्रले थप चार जना मन्त्री र एक राज्य मन्त्रीको नामका बारेमा स्थायी कमिटीमा छलफल सुरु गरेको बुझिएको छ ।

सरकार बनेको धेरै लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । त्यही भएर सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम माग्न थालेको पनि लामो समय भएको छ ।

तर गठबन्धनमा सहभागी दलहरुले मन्त्रीको नामावली नदिदा अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रले भने अब अन्य दलहरुले नामावली नदिएपनि आफ्नो तर्फबाट एक दुई दिनमा मन्त्रीको नाम देउवालाई बुझाउने तयारी गरेको छ ।

माओवादीबाट मन्त्री हुने सम्भावित व्यक्तिहरु: १) देवेन्द्र पौडेल। २) महेश्वर गहतराज। ३) सुदन किराँती। ४) शशि श्रेष्ठ। ५) हरि चौधरी। ६) अमनलाल मोदी।

यसै गरि, नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा तीनबुँदे फरक मत राखेका छन् ।

केन्द्रीय कमिटी बैठकमा छलफलका क्रममा उनले तीनबुँदे फरक मत राखेका हुन् । मैले तीनबुँदे फरक मत राखेको छु । केन्द्रीय कमिटीमा पेस भएको दस्तावेजमा आवश्यक र उचित कुरा पनि थिए । अपुग कुरामा थप्नुपर्‍यो भने र मैले फरक मत राखेको हुँ, बैठकपछि भुसालले भने ।

भुसालले पार्टी विभाजनले कम्युनिस्ट आन्दोलनमा धक्का पुगेकाले पार्टीले जिम्मेवारीपूर्वक मूल्यांकन गर्नुपर्ने प्रस्ताव राखेका छन् । कम्युनिस्ट आन्दोलनमा पुगेको धक्कामा कति जिम्मेवारी आफूले लिने हो त्यो कुरा नलुकाइन राखिनुपर्छ, भुसालले भने ।

यस्तै समाजवादको कार्यक्रमलाई पनि परिभाषित गर्नुपर्ने भुसालको प्रस्ताव छ । २०६४ सालदेखि नै समाजवादको कुरा उठाउँदै आएका छौँ । निजी सम्पत्तिको अन्त्य गर्ने समाजवाद सम्भव छैन । त्यसको कार्यक्रम अभाव छ । यसका कार्यक्रमहरू अघि सार्नुपर्छ, उनले भने ।

यस्तै जनताको बहुदलीय जनवादलाई पनि परिभाषित गर्नुपर्ने उनको प्रस्ताव छ । जबज जसले जे बुझ्यो त्यही भइरहेको छ । यसको व्यवस्थित परिभाषा आवश्यक छ, उनले भने ।

एकांगी प्रतिवेदन

उपमहासचिव भुसालले राजनीतिक प्रतिवेदन एकांगी रुपमा आएको उल्लेख गरेका छन् । ‘हामीले सानोतिनो धक्का खाएका छैनौं, ठूलो धक्का खाएका छौं । पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी छ,’ भुसालको भनाइ छ ।

पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको र बढी जिम्मेवार अध्यक्ष रहेको भुसालको भनाइ थियो । तर राजनीतिक प्रतिवेदनमा कमजोरीको पाटो छुटेको उनले बताए । ‘हाम्रै के कमजोरी भए भन्ने यो रिपोर्टमा भनेका छैनौं । जिम्मेवार पार्टीले आफ्नो कमीकमजोरी थिएन भन्ने एकांकी भएर चल्दैन । कमजोरी भएको छ । हामी सबै कमजोरीमा जिम्मेवार छौं र अध्यक्ष बढी जिम्मेवार हुनुहुन्छ,’ भुसालले भने ।

ठोस कार्यक्रम आवश्यक

एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरे पनि ठोस कार्यक्रम बन्न नसकेको उनको भनाइ छ । ‘२०६२÷६३ को क्रान्तिपछि नवौं महाधिवेशनबाट नयाँ कार्यदिशा तय गर्‍यौं । त्यो कार्यदिशा अनुसार ठोस कार्यक्रम पार्टीले कहिल्यै पनि बनाएन,’ भुसालले भने ।

ठोस कार्यक्रम नबन्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रष्ट हुन नसकेको उनको भनाइ छ । ‘के गर्दा सफल भइएन हो, के गर्दा असफल भइएन हो । केही मानक भएन,’ भुसालको तर्क छ । ठोस कार्यक्रम बनाएर मात्रै एमाले अगाडि बढ्ने उनले बताए ।

जबजको सैद्धान्तिक व्याख्या

केन्द्रीय कमिटी बैठकमा फरक प्रस्ताव राख्दै भुसालले जनताको बहुदलीय जनवाद ९जबज० जप्ने मात्रै भएको बताए । ‘जसले जप्छ, ऊ पुरस्कृत हुने र जसले लागू गर्छ त्यो चाहिं किनारा हुने अवस्था आयो,’ भुसालले भने ।

जबजलाई सिद्धान्त भने पनि त्यसको परिभाषा हुन नसक्दा यस्तो समस्या आएको उनको तर्क छ । ‘जबज भनेकै के हो रु भन्ने सैद्धान्तिक परिभाषा भएको छैन । जबज सिद्धान्त त भनियो । तर सिद्धान्तको परिभाषा अहिलेसम्म गरिएको छैन,’ भुसालको भनाइ छ । यी तीन प्रस्ताव एमाले निर्माणको आधारभूत कुरा भएको उनको दाबी छ ।

 

प्रतिक्रिया