आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाललाई अर्को झट्का, अत्यन्त्रै नजिकका नेताले छोडे साथ

प्रकाशित
651
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई अर्को झट्का लागेको छ । अत्यन्त्रै नजिकका एक नेताले उनको साथ छोडेपछि झट्का लागेको हो ।पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छोडेका छन् ।

नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै फर्किएका हुन् । पौडेल माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा पनि आबद्ध भइसकेका थिए । तर उनले एक महिनामै माधवलाई त्याग गरेका छन् ।

समाजवादीले पदाधिकारी चयन गर्दा वेवास्ता गरेको भन्दै मुल पार्टीमा फर्किएका हुन् ।तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुद मन्त्री बनेका थिए । पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकोले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय गरेको जानकारी दिएका छन् ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनको भनाइ छ ।उनले विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने बताएका छन् ।

‘पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ उनले भनेका छन् ।विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन् ।

यसैगरि , सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने सहमति भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए । बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग गरेको थियो ।

नेकपा एकीकृत समाजवादी विरुद्धको मुद्दामा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकोले अध्यादेश निष्क्रिय पार्नु उपयुक्त हुने निष्कर्षमा गठबन्धनका नेताहरू पुगेका हुन् । बैठकमा सहभागि एक नेताले १÷२ दिनमै सरकार विस्तार हुने दावी गरे ।

अध्यादेश निष्क्रिय बनाइहाल्ने र सरकार विस्तार गरिहाल्ने कुरा भएको छ’, ती नेताले भने। बैठकमा सरकार विस्तारमा ढिलाइ हुँदा गठबन्धनको आलोचना भइरहेको भन्दै नेताहरुले जतिसक्दो चाडो अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

गठबन्धनकै नेता माधवकुमार नेपाल अध्यादेश निष्क्रिय बनाउने विषयमा सहमत थिएनन् । तर अन्तिम घडिमा आएर उनले पनि सहमति जनाएका हुन् ।

यसै गरि , एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।

केन्द्रीय कमिटीको दुई दिन चलेर आइतबार सकिएको बैठकले ओलीको राजनीतिक प्रतिवेदन पास गर्‍यो । तर प्रतिवेदनका केही विषयमा भुसालले विमति सहित फरक मत राखेका छन् ।

उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने,समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै आफ्नो फरक धारणा राखेका छन् ।

‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ । फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा छ ।

प्रतिक्रिया