आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाठो बन्दा फसे जनार्दन शर्मा, अर्थमन्त्रीबाटै बर्खास्त गर्ने तयारी

प्रकाशित
899
SHARES

काठमाडौ। मन्त्रीमा नियुक्त भएपछि शुरुवातमा राम्रै काम गरेका अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै गएका छन् । आफन्तलाई विश्व बैंकका आकर्षक पदमा नियुक्ति, बजेटबाटै केही व्यापारी पोस्ने योजना पछि अहिले आम चेलिबेटीको स्वास्थ्यसँग जोडिएको वस्तुमासमेत कर लिएर सरकारलाई जबर्जस्त विवादमा तान्ने काम गरेका छन् ।

अर्थमन्त्री शर्माको एकलौटी कार्यशैलीबाट प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । खासगरी आफूलाई थाहै नदिइ बजेट निजी लगानीको स्रोत खुलाउन नपर्ने, अझ अहिले बाहिर आएको सेनेटरी प्याडमा समेत कर लिने र मूल्य बढ्नेगरी बजेटमा राखेपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् ।

जनार्दनका कारण एक पछि अर्को गर्दै सरकारमा विवादमा पर्दै गएको र आम जनतामा नकारात्मक धारणा बनाउने काम गरिरहेको भन्दै जनार्दनको विकल्प खोज्नेबारे प्रधानमन्त्री देउवाले परामर्श थालेका छन् ।

यसबारे उनले प्रचण्डसँग पनि गुनासो गरेको र सच्चिनका लागि भन्न भनेको बालुवाटार स्रोतबाट बुझिएको छ । नभए हटाएर नयाँ ल्याउनुपर्ने धारणा देउवाले राखेका थिए । यसमा प्रचण्डले आफूले सम्झाउने वचन दिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

महिलाहरुको स्वास्थ्यसँग जोडिएको सेनेटरी प्याडमा समेत कर लिएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । युवती तथा महिलाहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न थालेका छन् । सामाजिक सञ्जालमा समेत चर्को विरोध भइरहेको छ ।

ुस्यानिटरी प्याड विलासिताको बस्तु हैन । अत्यावस्यक बस्तु हो । यसलाई करमुक्त गरेर आर्थिक भार कम गरौं । सबैको कमाइ र आर्थिक स्रोत तपाइँको जस्तै छैन । जनार्दन शर्मा र अर्थ मन्त्रालयका हाकिम ज्यु, कर लगाउने कुराहरू धेरै छन बजारमा,ु महेश क्षेत्रीले भनेका छन् ।

जनार्दन शर्मा कम्युनिस्ट नेता हुन् । उनको पार्टीले सर्वहारा वैज्ञानिक समाजवादको कुरा गर्छ । जहाँ स्वास्थ्य शिक्षालाई निशुल्क मानिन्छ । तर आफ्नै आदर्श विपरीत कम्युनिस्ट पार्टीकै अर्थमन्त्री शर्मा महिला स्वास्थ्यसँग संवेदनशील र अतिआवश्यक सेनेटरी प्याडमा कर थोपरेर मूल्य बढाउने र प्याड नै प्रयोग गर्न नसकिने अवस्था बनाउँदैछन् ।

कम्युनिस्ट विचारधारा अनुसार यसलाई निशुल्क बनाउनुपर्नेमा बढाउनेतिर लागेका छन् । त्यहीँ भएर पनि विरोध भइरहेको छ । उनको विरोध भयो भयो । पुरै सरकारकै छवि खराब हुने स्थिति बनेको छ ।

यसै गरि,  अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता जनार्दन शर्माले माओवादी पार्टी विघटन हुनुको कारणले देशभरका पार्टी नेताकार्यकर्तालाई सिरियस बनाएका छन् । आज चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन सुरु भएको दाबी गरे ।

मन्त्री शर्माले विचारको केन्द्रीकरणको महत्त्व अहिले आएर बुझेको बताएका छन् । मन्त्री शर्माले भने, ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन सुरू भयो, गुटबन्दी सुरू भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्त्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामबाट स्थापित प्रचण्डपथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माले बताए ।‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं । प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथभन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन,

नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो,’ मन्त्री शर्माले भने, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामन्तवादविरुद्ध प्रस्टरूपमा प्रहार गरेका थियौं ।

यसै गरि, पुर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाडेका छन् । नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुगेका हुन् ।

तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुदमन्त्री बनेका थिए । पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकाले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय लिएको जानकारी दिएका छन् ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनको भनाइ छ । ‘विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढीकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ उनले भनेका छन् ।

विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया