आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीमा विलय हुँदै माधव नेपालको नयाँ पार्टी, नजिककै नेताले गरिदिए खुलासा

प्रकाशित
621
SHARES

काठमाडौँ । माधवकुमार नेपालले नेकपा एमाले परित्याग गरि बनाएको नेकपा (एकीकृत समाजवादी पार्टी) नेकपा माओवादी केन्द्रमा विलय हुने खुलासा भएकाृे छ ।

माले उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीमा विलय हुनकै लागि एमाले फुटाएको तथ्य खोलेपछि रहस्य खुलेको हो । एमाले पाल्पाको जिल्ला कार्यकर्ता भेलामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले यस्तो तथ्य राखेका ह्न ।

‘एमालेबाट छुट्टिएर गएको माधव नेपालको समूह पाँच–छ महिनाभित्र नेकपा माओवादी केन्द्रमा विलय हुन्छ, त्यसका प्रष्ट आधारहरु देखिइसकेका छन,’ पौडेलले भने, ‘प्रचण्डसँग विलय हुनको लागि नेपालसमूहले आधारहरु खोजीको लागि गृहकार्य शुरु गरेको छ ।’

माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल अगल भएको तथ्य पनि उनले राखे । उनले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती पनि दिए ।

नेकपा एमालेबाट माधव नेपाल अगल भएकोमा सवैभन्दा बढी खुसी प्रचण्डलगायत माओवादी नेता र नेपाली कांग्रेसहरु भएको बताउँदै कोही खुसी हुँदैमा एमाले शक्ति कमजोर नभएको पौडेलले जिकिर गरे ।

अहिलेको नेकपा एमालेविरुद्धको पाँचदलीय गठवन्धन अब धेरै दिन नटिक्ने भन्दै त्यसका आधारहरु भत्किदै गएको निश्कर्ष पनि सुनाए । माधव समूहले पाँच दलीय गठवन्धनमार्फत चुनावमा जाने तयारी गरेपनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनीति बनाएको उनका भनाइ छ ।

पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापि स्वीकार्न नसकिने बताए । नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानुन विपरीत २० प्रतिशतको अध्यादेशको भरमा माधव समूहलाई राजनीतिक दलको रुपमा स्वीकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पारे ।

माधव नेपाल समूह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरीत बनाइदिएको अवैधानिक झुण्ड भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया